Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #स्टार्टअप
  • #ज्योति_विकास_बैंक
  • #स्याकार_कम्पनी
  • #होण्डा
Search Here
समाचार
  • Home
  • समाचार
  • चालकको लापरबाहीले दुर्घटना
चालकको लापरबाहीले दुर्घटना
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत ७, २०८०

पातीहाल्नेबाट निसीखोलातर्फ लाग्ने सडक निकै घुमाउरो र ओरालो छ । यात्रुहरूले ओरालोमा अलिक सुस्त चलाउनु भन्दा पनि चालक अटेर गर्दै अघि बढेका थिए । ड्राइभरले घुम्तीमा मोड्न नसक्दा गाडी खस्यो ।
दशरथ नेपाली
घाइते यात्रु

ढोरपाटन- ‘सोमबार दिउँसो १२ बजेतिर रुकुम पश्चिमबाट काठमाडौंका लागि छुट्नुपर्ने बस करिब एक घण्टा ढिला गरी छुट्यो । साँझ पाँच बज्नै लाग्दा निसीखोला आइपुग्दासम्म गाडीको गति तीव्र भइसकेको थियो । पहाडी बाटोमा तीव्र गतिकै कारण बस दुर्घटनामा प¥यो,’ धौलागिरी अस्पतालको आकस्मिक कक्षमा उपचाररत घाइते दशरथ नेपालीले सुनाए ।

उनका अनुसार यात्रु कुर्दा रुकुममै ढिला भएपछि चालकले रानीकोटमा जाम छल्ने भन्दै गाडीको गति बढाएका थिए । ‘रुकुम र बागलुङको सीमाना पातीहाल्ने आइपुग्दा पनि गाडीको गति कम भएको थिएन । गाडी हुँइकिएपछि मैले म सिट समातेर आफूलाई सम्हालिरहेको थिएँ,’ उनले भने, ‘पातीहाल्नेबाट निसीखोलातर्फ लाग्ने सडक निकै घुमाउरो र ओरालो छ । यात्रुहरूले ओरालोमा अलिक सुस्त चलाउनु भन्दा पनि चालक अटेर गर्दै अघि बढेका थिए । ड्राइभरले घुम्तीमा मोड्न नसक्दा गाडी खस्यो ।’


गाडी अनियन्त्रित भएपछि म हालफाल्न ढोकासम्म पुगेको थिएँ । तर ढोका खोल्न नपाउँदै बस खस्यो । म होसमा आउँदा शरीर रुखले च्यापेको थियो । साथीले उद्धार नगरेको भए सायद त्यहीँ मर्थे हुँला ।
हेमराज केसी
घाइते यात्रु

Hardik health


घाइते दशरथको नाक, मुख र टाउकोमा चोट लागेको छ । उनी अन्य घाइतेहरूसँगै अस्पतालको आकस्मिक कक्षमा उपचाररत छन् । आकस्मिक कक्षमा केही घाइतेहरू पीडाले कराइरहेका छन् भने केही मलिन अनुहारमा शोक मनाइरहेका छन् । उनीहरूको उपचारमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटिएको छ ।

रुकुम पश्चिम मुसीकोट नगरपालिका–१ का नेपालीले आफू पसलका लागि सामान लिन र त्यही मेसोमा आफन्त भेट गर्न काठमाडौंका लागि गाडी चढेको बताए । उनले गाडी अनियन्त्रित भएपछि केही यात्रुले हामफाल्न खोजे पनि सफल नभएको सुनाए । ‘केही यात्रु गाडी पल्टिन्छ भन्ने लागेर हामफाल्ने प्रयास गरेका थिए । तर गाडी सडकबाट तल खसिहाल्यो,’ उनले भने । बस खसेपछिको केही समयसम्म आफूले केही थाहा नपाएको उनले बताए । ‘केही बेरपछि होस आउँदा वरिपरि यात्रुका शव र घाइतेमात्रै थिए । एकैछिन मेरो हातै चलेन । जसोतसो उठेर रुख र ढुंगाले च्यापिएका घाइतेलाई निकालें ।’

दुर्घटनाका घाइते भन्छन्– चालकको लापरबाहीले दुर्घटना भयो

- डम्मर बुढा मगर

 

उनीसहितका घाइतेलाई प्रहरीले उद्धार गरी बुर्तिबाङमा सामान्य उपचारपछि सोमबार राति नै बागलुङ ल्याएको थियो । उनका अनुसार गाडीको अघिल्लोपट्टि बसेका धेरैको मृत्यु भएको छ । दशरथसँगै आकस्मिक कक्षमा उपचार गराइरहेका रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१ का हेमराज केसीको टाउको र नाकमा चोट लागेको छ भने बाँया हात राम्रोसँग चलेको छैन । उनी पनि चालकको लापरबाहीले दुर्घटना भएको बताउँछन् ।
‘म गाडीको पछिल्लो सिटमा थिएँ । गाडी अनियन्त्रित भएपछि म हालफाल्न ढोकासम्म पुगेको थिएँ । तर ढोका खोल्न नपाउँदै बस खस्यो,’ उनले सुनाए । उनले बस पल्टिएपछि आफूले केही थाहा नपाएको बताए । ‘म होसमा आउँदा शरीर रुखले च्यापेको थियो । साथीले उद्धार नगरेको भए सायद त्यहीँ मर्थे हुँला,’ उनले भने । उनका अनुसार होसमा आउँदा केही कान्लामा अड्किएका थिए त केही घाइतेहरू चिच्याइरहेका थिए ।

दुर्घटनामा परी घाइते भएकाहरूले धौलागिरि अस्पतालले विपद् व्यवस्थापन टिममार्फत उपचार गराइरहेको छ । सो अस्पतालकी सूचना अधिकारी शान्ति भण्डारीले अस्पतालमा दुर्घटनाका २१ घाइतेको उपचार भइरहेको मंगलबार बताइन् । उनका अनुसार सात जनालाई भने पोखरा रेफर गरिएको छ । घाइतेमध्येका धेरैको स्वास्थ्यमा सुधार हुँदै गएको उनको भनाइ छ । पोखरा पठाइएका घाइतेहरूको अवस्था भने गम्भीर रहेको भण्डारीले बताइन् । 

बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । उक्त दुर्घटनामा परी मृत्यु हुनेमा दाङका १८ वर्षीय लक्की पुन मगर, रुकुम पश्चिम मुसिकोट–१ की २७ वर्षीया विनिता केसी, रुकुम पश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारीधनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीय टिका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवाष गौतम भनिने मानसिंह विक, गोरखा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

बस सडकदेखि अन्दाजी १५० मिटर तल खसेको थियो । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु हुने अधिकांश रुकुमका छन् । बसमा ३७ जना यात्रु सवार थिए ।

रासस


प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अन्नपूर्णका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा
अन्नपूर्णका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा मंगलबार, मंसिर २, २०८२
आज पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै
आज पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै मंगलबार, मंसिर २, २०८२
झापा आएका १५ हात्ती मोरङतिरै फर्किए
झापा आएका १५ हात्ती मोरङतिरै फर्किए मंगलबार, मंसिर २, २०८२
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
मिलन चाम्सको ‘सुम्निमा’ मा सोल गुरुङ
मिलन चाम्सको ‘सुम्निमा’ मा सोल गुरुङ
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP