Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #मुग्लिन–पोखरा सडक
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #विप्रेषण
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #अन्तरराष्ट्रिय बैंक दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • ‘तालिबान युद्धबन्दी लडाकूलाई अहिल्यै छाड्न सकिन्न’
‘तालिबान युद्धबन्दी लडाकूलाई अहिल्यै छाड्न सकिन्न’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन १९, २०७६
Mohammad-Ashraf-Ghani
Hardik health
काबुल–अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले सात दिने आंशिक युद्धबिराम जारी रहने बताएका छन् तर उनले अमेरिका–तालिबानबीच सम्पन्न नयाँ सम्झौताको प्रमुख अङ्शका रूपमा रहेको हजारौँ तालिबानी विद्रोही बन्दीलाई रिहा गर्ने निर्णय अफगान सरकारलाई अस्वीकार्य रहेको बताए । शनिबार दोहामा अमेरिका र तालिबानबीच सम्पन्न ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुनुअघिको हप्तासम्म ‘हिंसामा कमी’ आएको थियो । सम्झौतामा मुख्यरूपमा अमेरिकीसमेत सबै विदेशी सैनिक १४ महिनाभित्र स्वदेश फर्किने उल्लेख छ । यसको बदलामा तालिवानले धेरै प्रतिज्ञालाई सम्मान गर्नु पर्नेछ भने अझ विस्तृत शान्ति सम्झौताका लागि काबुलसँग वार्ता गर्नु पर्नेछ । ‘पूर्ण युद्धविरामको अवस्था सिर्जना गर्न हिंसामा कमी आउनु पर्नेछ,’ काबुलमा आयोजित पत्रकार सम्मेलनमा घानीले भने । ‘जनरल स्कट मिलरले तालिवानलाई यही गर्न सल्लाह दिनुभएको छ । यो अवस्थाले निरन्तरता पाउने अपेक्षा गरिएको छ,’ अफगानिस्तानमा तैनाथ विदेशी सेनाका संयोजक अमेरिकी कमाण्डरतर्फ देखाउँदै राष्ट्रपति घानीले भने । शान्तिको मार्गमा गतिरोध ल्याउन सक्ने एउटा बुँदातर्फ ध्यानाकर्षण गर्दै घानीले सम्झौताका शर्त निकै विवादास्पद रहेको बताए । सम्झौताको एउटा धारामा तालिबानले बन्धक बनाएका एक हजार सरकारी सैनिक र सरकारी कारागारमा थुनिएका करिब पाँच हजार तालिबानी लडाकूलाई रिहा गर्नुपर्ने उल्लेख छ । ‘पाँच हजार तालिबानी बन्दीलाई रिहा गर्ने प्रतिबद्धतामा अहिल्यै सहमत हुन सकिन्न,’ घानीले भने । ‘यो अफगानिस्तानका जनताको अधिकार र आत्मनिर्णय हो । यस विषयलाई अन्तर–अफगान वार्ताको समयमा एक एजेन्डा बनाउनु पथ्र्यो, र वार्तामा यसलाई पूर्वशर्तका रूपमा लिन सकिन्न ।’ उनले कुनै पनि बन्दी रिहाई गर्ने कुरा ‘अमेरिकी अधिकारको विषय होइन, यो अफगान सरकारको अधिकार क्षेत्रभित्रको कुरा हो’ भने । राष्ट्रपति घानी तालिवान र अफगान सरकारबीच हुने वार्तातर्फ सङ्केत गर्दै थिए । यो वार्ता पनि अमेरिका–तालिबानबीचको सम्झौताको एक हिस्साका रूपमा स्वीकार गरिएको छ । तालिबानीले अहिलेसम्म घानीको प्रशासनसँग वार्ता गर्न अस्वीकार गरिरहेको थियो । उनीहरूले अफगान सरकारलाई अमेरिकी कठपुतली शासनका रूपमा लिएका थिए । राष्ट्रपति घानीको बन्दी रिहाइसम्बन्धी प्रश्नले आगामी दिन निकै कठिन हुने सङ्केत गरेका छन् । महिनौं ढिलाई गरेर गत साता घोषणा गरिएको घानीको राष्ट्रपति पदमा पुनः विजयलाई अमेरिकाले अझै मान्यता दिएको छैन भने मुख्य प्रतिस्पर्धी अब्दुल्लाअब्दुल्लाले पनि चुनावमा धाँधली भएको आरोप लगाउँदै घानीलाई अस्वीकार गर्ने यसअघि नै घोषणा गरिसकेका छन् । (रासस÷एएफपी)
प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६  ०८:०७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी बिहीबार, मंसिर १८, २०८२
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’ बिहीबार, मंसिर १८, २०८२
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो बुधबार, मंसिर १७, २०८२
गाजनहरुलाई आगामी दिनमा इजिप्ट जान अनुमति दिने तयारीमा इजरायल
गाजनहरुलाई आगामी दिनमा इजिप्ट जान अनुमति दिने तयारीमा इजरायल बुधबार, मंसिर १७, २०८२
एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी
एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी बुधबार, मंसिर १७, २०८२
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि बुधबार, मंसिर १७, २०८२
अष्ट्रेलियाली सरकारद्वारा राष्ट्रिय ‘एआई योजना’ सार्वजनिक
अष्ट्रेलियाली सरकारद्वारा राष्ट्रिय ‘एआई योजना’ सार्वजनिक बुधबार, मंसिर १७, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP