Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #स्टार्टअप
  • #ज्योति_विकास_बैंक
  • #स्याकार_कम्पनी
  • #होण्डा
Search Here
समाचार
  • Home
  • समाचार
  • काण्डैकाण्डमा ‘महरा सर’
काण्डैकाण्डमा ‘महरा सर’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत ६, २०८०

काठमाडौं– पञ्चायतको अन्तिम दशकतिर कृष्णबहादुर महरा गणित र विज्ञानका शिक्षक थिए । विद्यार्थीहरूबाट ‘एम सर’ भनेर बोलाइन्थे । उनी सम्मानित थिए ।तत्कालीन नेकपा मसालबाट प्रजातन्त्र पुनर्वहालीपछि रोल्पा ३ बाट निर्वाचित भएर संसद् पुगेका उनी अन्ततः माओवादी सशस्त्र विद्रोहमा सहभागी भएर शान्ति प्रक्रियामा आएसँगै सञ्चार, उपप्रधान तथा परराष्ट्र, गृह र अर्थमन्त्री हुँदै सभामुखसमेत भए ।

हाल माओवादी उपाध्यक्ष रहेका उनी एकपछि अर्को प्रकरणमा मुछिएका छन् । जसले गर्दा पहिलेजस्तो सम्मानित छैनन् । यसअघि एक महिलामाथि बलात्कार प्रयासको आरोपमा पक्राउ पर्दा सभामुख पद गुमाएका उनी पुनः सुन तस्करीमा संलग्न रहेको आरोपमा समातिएका छन् ।

मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई इलेक्ट्रिक चुरोट (भेप)मा लुकाएर ल्याएको नौ किलो तस्करीको सुनकाण्डमा मुछिएका कारण पक्राउ ग¥यो । कपिलवस्तुमा पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । र, उनी बिरामी भएको भन्दै हिरासत अवधिभर अस्पतालमा बस्न अनुमति दिएको छ । अदालतको आदेशअनुसार उनी सोमबार नै थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । 

आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तत्काल महरालाई कारबाही गर्न प्रहरी प्रमुख वसन्तबहादुर कुँवर र सिआइबी प्रमुख (एआइजी) श्यामलाल ज्ञवालीलाई निर्देशन दिएका थिए । दुई दिन नबित्दै महरा पक्राउ परेका हुन् । सुन तस्करी जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा महराको संलग्नता रहेको किटान गरेको छ । सोही आधारमा महरा पक्राउ परेका हुन् । 

Hardik health

सिआइबीले महराको बयान कागज पहिल्यै गरेको थियो । अनुसन्धान प्रतिवेदनमा भने महरालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिइएन । जबकि चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको भेप छुटाउन तत्कालीन भन्सार प्रमुखलाई फोन गरेको स्वीकारेका थिए । अनुसन्धानकै क्रममा उनको सीधा सम्बन्ध चिनियाँ सुन तस्कर दाओजिन वाङसँग खुलेको थियो । तर, त्यसबेला उनी सिआइबीबाटै जोगाइए । उनको पक्राउपछि प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजे बैठक बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा महराको पक्राउबारे नै छलफल हुने छ ।

 उनका छोरा राहुल यसअघि नै पुर्पक्षका लागि थुनामा छन् । उनी थुनामा पुगेको नौ किलो सुनकाण्डले नै हो । चिनियाँ तस्कर वाङसँग उनको १९५ पटक टेलिफोन कुराकानी भएको खुलेको थियो । बुबा कृष्णबहादुरले पनि वाङसँग २२ पटक टेलिफोन कुराकानी गरेको विवरण यसअघि नै सार्वजनिक भएको थियो । यसबारेको समाचार तथ्यहीन भन्दै खण्डन गर्दै आएका थिए । जाँचबुझ आयोगले बयान लिँदा पनि आफूले भन्सार अधिकारीलाई रोकिएको सामान (भेप) कानुनअनुसार छाड्न मिल्छ भने छाड्नु भनेको बयान दिएका थिए । 

उनी आपराधिक घटनाका कसुरदार बनेर पक्राउ परेको भने यो पहिलोपटक होइन । २०७६ को असोज दोस्रो साता उनी सभामुख छँदै संसद् सचिवालयकी एकजना कर्मचारीलाई बलात्कार प्रयास गरेकोजस्ता गम्भीर अपराधमा मुछिए । सोही आरोपमा उनले सभामुख पदसमेत गुमाउनुप¥यो ।सुरुमा उनले तथ्यहीन भन्दै खण्डन गरे । तर, प्रहरीले महरा ती महिलाको कोठामा गएको सिसिटिभी फुटेजको आधारमा निक्र्योल गरेपछि पक्राउ ग¥यो । यसपछि सभामुख पदबाट उनले राजीनामा दिए । त्यसबेला १३३ दिन थुनामा बसे । पछि अदालतबाट उनले सफाइ पाए । यसले महरालाई राहत पुगेको थियो । तर, यतिबेला पुनः सुन तस्करका संरक्षक बनेको अभियोगमा महरा पक्राउ परेका छन् ।

पहिलो संविधानसभा विघटन संघारमा पुग्नुभन्दा अघि संसद्बाट सरकार गठन गर्ने प्रयास जारी रहेकै बेला एक जना चिनियाँ भनिएका नागरिकसँग ५० करोड रुपैयाँ मागेको टेलिफोन वार्ता पनि महराकै थियो । त्यसबेला पनि उनी विवादमा तानिए । तर, त्यो विवाद त्यसै सेलायो । कहीँ कतै उठेन । उनी लडाकु शिविर घोटाला काण्डमा पनि मुछिएका नेता हुन् । उनीविरुद्ध २०६९ मा भएको हेटौँडा महाधिवेशनमा नाराबाजीसमेत भएको थियो । यसरी महरा सर राजनीतिक जीवनमा लाभको पदमा पुग्दा अनेकन विवादित गतिविधिमा जोडिए । 

करिब पाँच दशकदेखि कम्युनिस्ट राजनीतिमा लागेका उनलाई तुलनात्मक रुपमा छिटो उचाइ लिएका नेता मानिन्छन् । २०४८ सालमा नेकपा (मशाल) को रोल्पा जिल्ला सेक्रेटरी भएका उनी त्यही वर्ष प्रतिनिधिसभा सदस्यमा निर्वाचित मात्रै ३२ वर्षका थिए । त्यसको दुई वर्षपछि नै २०५० सालमा उनी संयुक्त जनमोर्चाको संसदीय दलको नेता बने । पछि जनमोर्चा फुट्यो । जतिबेला केन्द्रीय सदस्यसमेत थिएनन् । जबकि त्यसबेला हरिबोल गजुरेल, हरिभक्त कँडेल, पम्फा भुषाल, देव गुरुङ, टोपबहादुर रायमाझी, अग्नि सापकोटा, लोकेन्द्र विष्ट, मातृका यादवलगायतका नेता केन्द्रीय समितिमा थिए ।

महरा माओवादी सशस्त्र विद्रोह सुरु भएको एक वर्षपछि मात्रै केन्द्रीय सदस्य भए । राजनीतिक उचाइ भने छिटो लिए । आफूभन्दा अग्रज नेताहरू अग्निप्रसाद सापकोटा र टोपबहादुर रायमाझी सम्मिलित वार्ता टोलीको संयोजक भएर युद्धकै क्रममा सरकारी वार्ता टोलीसँग शान्तिवार्ता गरे । पार्टीको प्रवक्ता भए । माओवादीभित्र संसदीय मर्यादा र अभ्यासमा पारंगत नेता मानिन्थे । त्यही भएर १२ बुँदे समझदारीको जगमा हतियार बिसाएर माओवादी शान्ति प्रक्रियामा आएपछि अन्तरिम व्यवस्थापिका संसद्मा उनले माओवादी संसदीय दलको नेताका रुपमा जिम्मेवारी पाएका थिए । सरकारका प्रवक्ता पटक–पटक भए । महŒवपूर्ण मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्री भए । 

पार्टीको हेटौँडा महाधिवेशनमा अध्यक्ष दाहालको उत्तराधिकारीको रुपमा महरालाई अघि बढाउने आवाज उठेको थियो । तर, त्यसबेला पोष्टबहादुर बोगटी महासचिव भए । उनी दिवंगत भइसकेका छन् । यसबेला भने उनै उत्तराधिकारीको रुपमा हेरिएको भनिएका महरा काण्डैकाण्डमा मुछिएका छन् ।

धरौटीमा छुटे गुरुङ
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा छुटेका छन् । उनी सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी उक्त रकम बुझाएर सोमबार रिहा भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठले बताए । प्लाटिनम कलेजका सञ्चालकसमेत रहेका उनलाई सिआइबीले १४ फागुनमा पक्राउ गरेको थियो ।
 


प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अन्नपूर्णका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा
अन्नपूर्णका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा मंगलबार, मंसिर २, २०८२
आज पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै
आज पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै मंगलबार, मंसिर २, २०८२
झापा आएका १५ हात्ती मोरङतिरै फर्किए
झापा आएका १५ हात्ती मोरङतिरै फर्किए मंगलबार, मंसिर २, २०८२
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
मिलन चाम्सको ‘सुम्निमा’ मा सोल गुरुङ
मिलन चाम्सको ‘सुम्निमा’ मा सोल गुरुङ
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP