Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भूमि विधेयक
  • #चिकेन एनेमिया भाइरस
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • उपचुनाव इलाम–२ मा, माहोल काठमाडौंमा
उपचुनाव इलाम–२ मा, माहोल काठमाडौंमा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, चैत ५, २०८०
  • टिकट माग्न आएका कांग्रेस–एमालेका आकांक्षीहरू नेताहरूको घरघर चहार्दै 
  • पहिचान पक्षधर डकेन्द्रसिंह थेगिम र स्वतन्त्र मिलन लिम्बूद्वारा उम्मेदवारी घोषणा
  • उम्मेदवार बनाउन आदिवासी नेतामा दलहरूको नजर

काठमाडौं– अबको ४०औं दिनमा इलाम–२ मा हुने उपनिर्वाचनको माहोल देशको राजधानी काठमाडौंमा तातेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबाट उम्मेदवार हुन आकांक्षा राख्नेहरू पार्टीका सभापति/अध्यक्षका घरघर चहारिरहेका छन् । टिकटका लागि रस्साकस्सी चलिरहेको छ ।  

यहीबीच केहीले त पत्रकार सम्मेलन गरेर काठमाडौंबाटै उम्मेदवारी घोषणा गरिसके । उपनिर्वाचन हुने इलाम भने राजधानी काठमाडौंबाट निकै दूरमा छ । तर, केन्द्रमा राजनीतिक माहोल सिर्जना गरेर मात्रै उम्मेदवारहरू चुनावी क्षेत्रमा जान चाहेको देखिएको छ ।

इलाम–२ मा करिब ७५ प्रतिशत आदिवासी जनजातिको बसोबास छ । यही क्षेत्रबाट अढाइ दशक संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ निर्विकल्प जनप्रतिनिधि बनिरहे । गत भदौ अन्तिममा उनको निधन भयो । सुवासभन्दा अघि कांग्रेसका कुलबहादुर गुरुङ र त्यसअघि एमालेकै मणिकुमार सुब्बा निर्वाचित भएका थिए । यस आधारमा इलाम–२ बासीको रोजाइमा जहिल्यै आदिवासी उम्मेदवार नै परे ।

नयाँ दल रास्वपाले आदिवासी जनजाति उम्मेदवार बनाउनुपर्ने निष्कर्ष निकालेको छ । भलै, चर्चा भने इलाम पार्टी सभापति महेन्द्र थापा, लेखक धर्म गौतम, विष्णु काफ्ले र रमेश प्रसाईंसम्मको चलेको छ । थापा कांग्रेस नेता केशव थापाका छोरा हुन् । उनको त्यस क्षेत्रमा प्रभावशाली व्यक्तित्व छ । तर, जनभावना आदिवासी उम्मेदवार होस् भन्ने रहेको थाहा पाएपछि रास्वपाले उम्मेदवार आदिवासी नै बनाउने सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताइसकेका छन् ।

एमालेले पनि आदिवासी उम्मेदवार नै उठाउने तयारी गरिरहेको छ । स्रोतका अनुसार सुवासकै छोरा सुहाङबारे पार्टी अध्यक्ष सकारात्मक छन् । उनलाई उम्मेदवार बनाएको घोषणा गर्न मात्रै बाँकी रहेको स्रोतको दाबी छ । तर सुहाङले भने यसबारे कूटनीतिक शैलीमा प्रभावलाई जवाफ दिएका छन् । ‘म बिरासतको राजनीति चाहन्न र पार्टीले चुनावी मोर्चामा पठायो भने नाइँ भन्नु त भएन,’ उनले भने । 

उमेरले कलिला भए पनि सुहाङको राजनीतिक परिपक्वता झल्किएको छ । यद्यपि, उनी उम्मेदवार भए पनि चुनौती भने लारुम्बा हुने भएको छ । जुन किरात धर्म गुरु आत्मनन्द लिङ्देनको प्रभाव क्षेत्र हो । जहाँ झण्डै १० हजारको संख्यामा किरात धर्मावलम्बीहरू छन् । प्रदेशको नाम कोशी राखिएपछि लिङ्देन रुष्ट छन् । उनले प्रदेशको नाम किरात–सगरमाथा नै प्रस्ताव गरेका थिए । तर, एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्बाङलगायत नेताहरूका कारण प्रदेशको नाम कोशी पारित भएको बुझाइ लिङ्देनको छ । उनै धर्मगुरु लिङ्देनको प्रभाव क्षेत्र लारुम्बाका एमाले नेतासमेत रहेका किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डगेन्द्रसिंह थेगिमले पार्टी त्यागेका छन् । उनी पहिचान पक्षधर उम्मेदवार हुन् ।

शुक्रबार उनले उम्मेदवारी घोषणा गरे । उनका अनुसार दुई हजारभन्दा बढी पार्टी सदस्यले प्रदेशको नाम पहिचानविरोधी राखेको भनेर एमालेको सदस्यता नै नवीकरण गरेनन् । जसले गर्दा उम्मेदवार नै बनाए पनि सुहाङलाई चुनौती हुने देखिएको छ । तर सुहाङले आफू उम्मेदवार भएको अवस्थामा गठबन्धन दलहरू माओवादी र नेकपा एकीकृत समाजवादीको पनि मत पाउने विश्वास गरेका छन् ।

कांग्रेस नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहले त्यहाँ रमेश लिङ्देनलाई उम्मेदवार बनाउन चाहेको छ । रमेश नातामा किरात धर्मगुरु आत्मनन्दका बाजे पर्छन् । धार्मिक र थरगत सम्बन्धले निकट रमेशले उम्मेदवार भए आदिवासी बाहुल्य क्षेत्रबाट राम्रो मत पाउने दाबी गरेका छन् । उनी कांग्रेसअन्तर्गतको लोकतान्त्रिक आदिवासी जनजाति संघका केन्द्रीय सदस्यसमेत हुन् । यसअघि पनि कांग्रेसबाट उम्मेदवार हुन चाहन्थे । तर त्यसबेला पार्टीका जिल्ला सभापति डम्बर खड्का उम्मेदवार भए । उनलाई माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले गठबन्धनमा रहेर समर्थन गरेका थिए । झिनो मतान्तरले एमाले नेता सुवाससँग पराजित भए ।

पार्टीमा संस्थापन (देउवा) पक्षीय नेता खड्काले यसपटक पनि उम्मेदवार बन्न दौडधुप गरिरहेका छन् । हालै उनले सभापति शेरबहादुर देउवासँग भेटघाट गरेर टिकट दिन आग्रह गरेका छन् । उनीसँगै नेताहरू भेषराज आचार्य र केशव थापाले पनि टिकटको दाबी गरिरहेका छन् । 

इलाम कांग्रेसमा सभापति खड्काभन्दा पनि आचार्य सांगठनिक पकड भएका नेता हुन् । आचार्यपछि पूर्वसभापति हिमालय कर्माचार्य पक्षको ठूलो वर्चश्व छ । खड्का समूह आचार्य र कर्माचार्य समूहभन्दा कमजोर छ । जसले गर्दा टिकटमा यसपटक असर गर्न सक्ने पनि विश्लेषण भइरहेको छ । 

माओवादी नेता धीरेन शर्माका अनुसार माओवादीले उम्मेदवार उठाउने सम्भावना न्यून छ । एमाले उम्मेदवारलाई समर्थन गर्ने सम्भावना बढी रहेको उनी बताउँछन् । उसो त माओवादी छाडेरै पत्रकार मिलन लिम्बूले सोमबार स्वतन्त्र उम्मेदवार भएको घोषणा गरिसकेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघका महासचिव उनी युवा नेता हुन् । कतिपयको आशंका भने स्वतन्त्र भनेर उम्मेदवारी दिँदा जनमत प्राप्त हुने अड्कल मिलनले गरेको भन्ने छ । मिलनको घर किरात धर्मगुरु आत्मनन्द भएकै माङ्सेबुङमा पर्छ । युवा र त्यसमाथि आदिवासी पनि भएको हुनाले पहिचान पक्षधर र युवापुस्ताको मत प्राप्त हुने उनको विश्वास छ । 

गृह क्षेत्रमा झलनाथको ढिपी
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको घर इलाम–२ को साँखेजुङ हो । गत निर्वाचन भने उनले इलाम–१ मा लडे । पूर्वकार्यकर्ता महेश बस्नेतसँग पराजित भए । उनै खनाल यतिबेला गृहक्षेत्र इलाम–२ बाट एमाले उम्मेदवार बन्न सम्पूर्ण शक्ति प्रयोग गरिरहेका छन् । पछिल्लोपटक उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबार भेट गरेका थिए । तर, ओली खनालसँग सकारात्मक छैनन् । यसपछि खनालले सम्पूर्ण वामपन्थी शक्तिको समर्थन भए मात्रै चुनाव लड्ने भन्न थालेका छन् ।

‘सम्पूर्ण वाम एक ठाम होस् भन्ने पक्षमा म छु । यदि, इलामको उपचुनावमा त्यस्तो भयो भने म उम्मेदवार हुन चाहन्छु । अन्यथा मेरो उम्मेदवारीको सम्भावना छैन,’ उनले प्रभावसँग भने । खनालले हरेक चुनाव इलाम–१ मा लडे । क्षेत्र नं. २ भने सुवासलाई छाडे । तर सुवासको निधनपछि उनको घरसमेत रहेको उक्त क्षेत्रमा चुनाव लड्ने चाहना छ । त्यसका लागि वामपन्थी शक्तिहरू चुनावी मोर्चामा एक हुनुपर्ने उनले बताएका छन् ।
 


प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै आइतबार, साउन २५, २०८२
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप आइतबार, साउन २५, २०८२
सत्तारुढ दल पनि स्वमूल्यांकनको विपक्षमा
सत्तारुढ दल पनि स्वमूल्यांकनको विपक्षमा शुक्रबार, साउन २३, २०८२
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल बिहीबार, साउन १५, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP