Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मट्यांग्राे
  • #दक्षिण कोरिया
  • #लिपुलेक
  • #घुँगीफोर गरुड
  • #संसद
  • #विदेसिनेको संख्या
  • #दुर्घटना
  • #गाजा
  • #विपद्का घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • चित्र कोरेर गुजारा
चित्र कोरेर गुजारा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत ४, २०८०

बेदकोट- कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडाका ५५ वर्षीय तुलसीराम चौधरीले चित्र कोर्न थालेको दशकौँ भइसक्यो । कक्षा २ मा अध्ययन गर्ने बेलादेखि चित्रकलाका सौखिन उनले यही सीपलाई जीविकोपार्जनको आधार बनाएको छ । 

आफूले व्यावसायिक रुपमा चित्र कोर्न तथा भित्तेलेखन सुरु गरेको दुई दशकबढी समय भएको उनले सुनाए । “विद्यालयमा छँदा गृहकार्य गर्न छोडेर चित्र बनाउथे । रातमा टुकी बालेर भारतीय अभिनेता गोविन्दा, सञ्जयदत्तको चित्र बनाएर दाईलाई देखाउथे”, उनले भने, “चित्रकलाप्रति सानैदेखि इच्छा भएकाले यसतर्फ आकर्षित भएँ ।”

तुलसीरामले चित्र बनाउनका लागि कुनै तालिम भने लिएका छैनन् । विद्यालयमा चित्रकला प्रतियोगितामा प्रथम भएपछि यसप्रति झनै लगाव बढेको तुलसीराम चौधरीले बताए । “सगरमाथामा नेपालको झण्डा फहराएको चित्र बनाएको थिएँ । देशको पहिचान झल्काएको भन्दै शिक्षक धेरै प्रशंसा गर्नुभयो”, विद्यालयमा छँदाको अनुभव सम्झँदै उनले भने, “त्यसबेला मलाई सगरमाथा विश्वकै अग्लो शिखरको भन्ने थाहैँ थिएन ।  दिमागमा त्यस्तै फुर्‍यो, बनाएँ ।”

उनी चित्र कोर्ने कामका साथै खेती किसानीमा पनि संलग्न छन्  । बेलौरी नगरपालिका–२ बैजुडाँडामा डेढ बिघा जमिनमा खेती गरिरहेको तुलसीरामले बताए । “फुर्सदको समयमा खेतीपाती गरिन्छ । चित्र तथा लेखनको काम आएपछि त्यो पनि छोडिदैन ।”, उनले भने, “विगतभन्दा अहिले नयाँ प्रविधि आउनाले हस्तकलाको काम कम पाइन्छ ।”

उनका अनुसार विगतमा मासिक रु ५० हजारभन्दाबढी कमाउन सकिन्थ्यो । प्रविधिको बढ्दो प्रयोगले हस्तकला हराउँदै गएको उनले बताए । विगतको तुलना काम कम पाइने भए पनि हाल दैनिक रु एक हजारसम्म आम्दानी भइरहेको उनको भनाइ छ । 

“विगतमा सरकारी कार्यालय, पसल सबैतिर हातैले लेख्थे । अहिले डिजिटल मेसिन आइसके । विगतको भन्दा काम कम पाइन्छ”, उनले भने, “त्यहीँ पनि दिनहुँ रु एक हजार भन्दा बढी आम्दानी हुने गर्छ ।”

भित्तेलेखन तथा चित्र कोरेबापत प्रतिवर्ग फिट रु तीन सयदेखि पाँच सयसम्म शुल्क लिने गरिएको छ । तुलसीराम भारत्तोलनको खेलाडी पनि हुन् । विसं २०४६ मा क्षेत्रीय प्रतियोगितामा भारत्तोलनमा प्रथम र राष्ट्रिय प्रतियोगितामा द्वितीय स्थान हासिल गरेको उनले बताए । 

तुलसीरामको बेलौरी नगरपालिका–२ बैजुडाँडामा श्रीमती र  छोरा बस्छन् । “दाइछोरीहरु पनि राम्रो चित्र बनाउँछन् । अन्य पेसामा हुँदा उहाँहरुले व्यवसायिकता दिन पाउनुभएको छैन”, उनले भने, “चित्र कोरेर र भित्तेलेखन गरेर गुजारा चलेको छ । कामको खोजीमा विदेशिनु परेको छैन । यसमै खुसी छुँ ।”


प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १९:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पशुपति क्षेत्र विकास कोषले तिज विशेष पार्किङ व्यवस्था 
पशुपति क्षेत्र विकास कोषले तिज विशेष पार्किङ व्यवस्था  आइतबार, भदौ ८, २०८२
राष्ट्रपतिसँग विपिन जोशीका परिवारले गरे  भेट
राष्ट्रपतिसँग विपिन जोशीका परिवारले गरे  भेट आइतबार, भदौ ८, २०८२
खोटाङमा श्रमदान अभियान
खोटाङमा श्रमदान अभियान आइतबार, भदौ ८, २०८२
 टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
 टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु आइतबार, भदौ ८, २०८२
शिक्षा विधेयकमा विरोध कायमै
शिक्षा विधेयकमा विरोध कायमै आइतबार, भदौ ८, २०८२
प्रहरी र पत्रकारबीच घम्साघम्सी 
प्रहरी र पत्रकारबीच घम्साघम्सी  शुक्रबार, भदौ ६, २०८२
क्षमता अभिवृद्धि केन्द्र उद्घाटन गर्दै: मन्त्री यादव
क्षमता अभिवृद्धि केन्द्र उद्घाटन गर्दै: मन्त्री यादव शुक्रबार, भदौ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
म गएँ अब भाउजू ! 
म गएँ अब भाउजू ! 
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
कोरियाली प्रहरीले थाल्यो विशेष कारबाही
कोरियाली प्रहरीले थाल्यो विशेष कारबाही
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP