Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #स्टार्टअप
  • #ज्योति_विकास_बैंक
  • #जसपा
  • #स्याकार_कम्पनी
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘भागु’ राष्ट्रिय बाल नाटक मेलाकाे सर्वाेत्कृष्ट नाटक घाेषित
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाकाे सर्वाेत्कृष्ट नाटक घाेषित
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत ४, २०८०

काठमाडाैं - राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वाेत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित ‘भागु’ ले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकाे हाे ।

नाटक मेलाकाे समापन समाराेहमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चाैधरीले विजयी नाटकका कलाकार, निर्देशक लगायतलाई ट्रफि, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिन् ।

भक्तपुरको निष्ट स्कूलले तयार पारेकाे नाटक ‘भागु’ सुदूरपश्चिमको बैतडीमा भएको भागीरथी बलात्कार तथा हत्याकाण्डको सत्य कथामा आधारित छ । भागीरथीको न्यायको लागि लडिरहेको र छोरीको सुरक्षाको कुरा नाटकले उठाएको थियो ।नाटकमा रुमानी रोकाया, ट्रेजा ढकाल, सुजन पहाडी, रेबिसा श्रेष्ठ, अपेक्षा अधिकारी, जिभिका खतिवडा, कृषा नेपाल, श्रीयम भट्टराई, आर्जन अधिकारी, स्यारोन कटुवाल, रिदम रावत, सौर्य शाह, अग्रिम थापाले अभिनय गरेका थिए । नाटकका लेखक पुष्पराज अवस्थी हुन् ।

गत फागुन १८ गते उदघाटन भएको प्रतियोगितात्मक मेलामा १० वटा विभिन्न नाटक मञ्चन भएका थिए । कार्यक्रममा मन्त्री चौधरीले विजेताहरुलाई बधाई ज्ञापन गर्दै प्रतियोगितामा हारजीत हुने र हारसँग डर नमान्ने सुझाव दिईन् । उनले आफ्नै राजनीतिक संघर्षकाे उदाहरण दिँदै बारम्बारको प्रयासपछि मात्र आफू पनि सफल भएको बताईन् । देशकै शक्तिशाली व्यक्तिसँग पटक-पटक निर्वाचनमा लड्दा आफूले गरेकाे संघर्ष र अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनकाे संघर्षकाे उदाहरण दिँदै मन्त्री चाैधरीले हारमा हताेत्साहित हुने र जीतमा धेरै उत्साहित नहुन बालबालिकाहरूलाई सुझाउँदै मेहनत गर्न प्रेरित गरिन् ।

Hardik health

समापन समारोहमा नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्दीन अन्सारी, चलचित्र निर्देशक राजेन्द्र शलभ, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला आदिले बोलेका थिए । नाटक मेलालाई नेपाल टेलिकम, आलिशान फर्निचर, नेपाल मेडिकल कलेज, सुजल फुड, फरवार्ड नेपाल, क्याम्ब्रिज काठमाडाैं, इजी केयर स्वास्थ्य सेवा, वाइवी सलुसन, नेपाल एयरलाइन्स, एभरेस्ट बैंक लगायतले प्रायाेजन गरेका थिए ।

natak-school1710655476.jpg

मेलामा भागु नाटकबाट उत्कृष्ट अभिनेता सुजन पहाडी, उत्कृष्ट अभिनेत्री रुमानी रोकाया, उत्कृष्ट सहअभिनेत्री ट्रेजा ढकाल, उत्कृष्ट प्रकाश परिकल्पना पुष्पराज अवस्थी, उत्कृष्ट नाटककार पुष्पराज अवस्थी र उत्कृष्ट निर्देशक लक्ष्मी जोशीले पुरस्कार जितेका छन् ।त्यसैगरी मृगशिरा वर्ल्ड स्कूलले प्रस्तुत गरेको नाटक बाह्राले दर्शक छनौट पुरस्कारसहित उत्कृष्ट मञ्च परिकल्पना, उत्कृष्ट भेषभूषा तथा श्रृंगार, उत्कृष्ट पाश्र्व ध्वनि तथा संगीत गरी ४ वटा पुरस्कार जितेको छ ।

नाटकमा नेवार समुदायमा बालिकाहरुलाई गुफा राख्ने परम्परामा आधारित कथा पस्केको थियो । नाटकमा प्रभा बुढा, निलम महर्जन, कृष्ण यादव, रोज देउला, स्नेहा यादव, रोमन सुन्दास, तपस्या शाक्य, रितिका खड्का, एन्जल शाही, रोशनी पाण्डे, श्रीणा तामाङ, विप्लव अधिकारी, ज्यास्लिन रन्जित, श्रृजल मानन्धरले अभिनय गरेका थिए । प्रतियोगिताको उत्कृष्ट सहअभिनेताको पुरस्कार भने काभ्रे बनेपाको विद्यासागर स्कूलको नाटक नेपालको कानून दैवले जानुन्का कलाकार प्रसिद्ध तिमल्सिनाले पाएका छन् । त्यस्तै अनुशासित समुहको पुरस्कार भक्तपुरको नेक्सस स्कूलले प्राप्त गरेको छ ।

मेलामा ग्लाडस्टोन एकेडेमी गीता नामक नाटक प्रस्तुत गरेको थियो । प्रभाकर न्यौपानेले निर्देशन गरेको नाटकमा परिवारको जिम्मेवारी निर्वाह गर्न विदेशिएका श्रीमान बेपत्ता भएपछि आईपरेको जिम्मेवारी निर्वाह गर्न श्रीमतीले गरेको संघर्ष र छोरी गीताको बाल मनोविज्ञानमा परेको असरको कथा बुनिएको थियो । नाटकमा दिप्शा श्रेष्ठ, आयुश्मा पौडेल श्रृष्टि शर्मा, श्रृष्टि खड्का, उज्ज्वल खत्री, सौरम्य दाहाल, जेनिस बलम्पाखी, रिया खत्री, तयामा राई, परिधि महतले अभिनय गरेका थिए ।

त्यस्तै पुरानो सिनामंगलको नेक्सस स्कूलले सिम्रिकको अठोट प्रस्तुत गरेको थियो । नाटकमा व्यस्त शहरिया जीवनको कारणले खासगरि बृद्ध अवस्थामा पुगेका परिवारका सदस्यहरु र बालबालिकाहरुको उचित हेरचाह नपुग्ने र त्यसको कारणले बालबालिकामा पर्ने मानसिक असरलाई नै देखाईएको छ । प्रभाकर न्यौपानेको निर्देशन रहेको नाटक उनैले लेखेका हुन् । नाटकमा गौरबी पराजुली, हेईस्का निरौला, अंशु खरेल, हृदय घिमिरे, रिसव सुवेदी, सम्भवी कार्की, रचना खरेल, जेनिस गौतम, सुस्मा स्याङताङ, आँचल पछाई, कृसु लामिछानेले अभिनय गरेका थिए ।

त्यसैगरि मेलामा बनेपा काभ्रेको विद्यासागर सेकन्डरी स्कूलले नेपालको कानून दैवले जानून् शीर्षकको नाटक प्रस्तुत गरेको थियो । सुमन रंजीतको निर्देशन रहेको नाटकमा आमेश गौतम, आर्जन खनाल, सुविन न्यौपाने, सिद्धार्थ गौतम, प्रसिद्ध तिमल्सिना, नियोमी आभा श्रेष्ठ, नितिशा गोयन्का, अदिति गौतम, प्रतिक्षा बुढाथोकी भुमिका निर्वाह गरेका थिए ।नाटक मेलामा मेरिडियन ईन्टरनेशनल स्कूल बालुवाटारले दीपेन्द्र रानाद्वारा लिखित नाटक एक म प्रस्तुत गरेको थियो । सुजिता केसीले निर्देशन गरेको नाटकले व्यस्त अभिभावकका कारणले बालबालिकाले भोग्नु परेको समस्याको विषय उठाएको थियो । हुकँदो बालबालिकाहरुलाई अभिभावकले समय दिन नसक्दा ती बालबालिकाहरुमा पर्ने मानसिक असरलाई नाटकमा प्रस्तुत गरिएको थियो । नाटकमा निशिता पौडेल, याङचेन तामाङ, दृष्टि थपलिया, इसिता खरेल, स्वेच्छा तिमल्सिना, समरा जोशी, साईना रिजाल, नृपेश गुरुवाचार्यको अभिनय रहेको थियो ।

मेलामा कोलम्बस ईन्टरनेशनल स्कूलले कथाकार गुरु प्रसाद मैनालीको कथा नासो लाई नाट्य रुपान्तर गरी प्रस्तुत गरेको थियो । राम केएसीले कथालाई नाट्य रुपान्तरण र निर्देशन गरेका थिए । नाटकमा आयुषा भण्डारी, क्रिशा बरुवाल, सौगात कक्षपती, साईना स्याङताङ, युक्ति थापा मगर, सुजल काफ्ले, सुयोग्य भण्डारी, ओसिङ आले मगर, निकेश लामा, सेजल काफ्ले, रिजन न्यौपानेलै अभिनय गरेका थिए ।त्यस्तै लिटल एन्जेल्स स्कूलले सपनाको लक्ष्य नाटक प्रस्तुत गरेको थियो । दीपा बस्नेतको लेखन र निर्देशन रहेको नाटकमा लेलिना विष्ट, सुकृम रेग्मी, रश्मी लामा, प्रशंशा दाहाल लगायत कलाकारले अभिनय गरेका थिए ।

शंखमुलको नेरिक एकेडेमी स्कूलले मैले नदेखेको देश नाटक प्रस्तुत गरेको थियो । निशा पोखरेलको निर्देशनमा प्रस्तुत उक्त नाटक नेपालको दुर्गम गाउँहरुमा विद्यमान समस्या, सामाजिक कुरीति, जीवन यापनका समस्याहरु देखाइएको थियो । मेलामा रेडियन्ट रिडर्स एकेडेमीले अटिज्मले पीडित बालिकाको कथा प्रस्तुत गरेको थियो । राजन भुजेलको लेखन तथा निर्देशन रहेको नाटकमा सदिक्षा शर्मा, स्नेहा पौडेल, आध्या श्रेष्ठ, दिव्याङ्का पंजियार, सम्बृद्धि अधिकारी लगायतले अभिनय गरेका थिए ।


प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नौ प्रकारका औषधि उत्पादनको तयारी
नौ प्रकारका औषधि उत्पादनको तयारी मंगलबार, मंसिर २, २०८२
भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता
भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता मंगलबार, मंसिर २, २०८२
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न मंगलबार, मंसिर २, २०८२
अन्नपूर्णका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा
अन्नपूर्णका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा मंगलबार, मंसिर २, २०८२
आज पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै
आज पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै मंगलबार, मंसिर २, २०८२
झापा आएका १५ हात्ती मोरङतिरै फर्किए
झापा आएका १५ हात्ती मोरङतिरै फर्किए मंगलबार, मंसिर २, २०८२
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
मिलन चाम्सको ‘सुम्निमा’ मा सोल गुरुङ
मिलन चाम्सको ‘सुम्निमा’ मा सोल गुरुङ
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP