Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एक्लिए बाबुराम
एक्लिए बाबुराम
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, चैत ४, २०८०

 

  • माओवादीबाट नयाँ शक्ति, जसपा हुँदै नेसपासम्म आइपुग्दा डा. बाबुराम भट्टराई शक्तिहीन र प्रभावहीन बनेका छन् 
  • माओवादी जनसरकार प्रमुख, गणतन्त्रकालको पहिलो अर्थमन्त्री र चौथो प्रधानमन्त्री हुँदा डा. भट्टराईको राजनीतिक कद अग्लो थियो 
  • भट्टराईलाई नेता कार्यकर्ताले क्रमशः छाडेपछि एक्लिएका छन् 

काठमाडौं– २८ वर्षअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा माओवादीको तर्फबाट ४० बुँदे माग बुझाउने नेता डा. बाबुराम भट्टराई हुन् । देउवा सरकारले भट्टराईले बुझाएका मागहरूलाई सम्बोधन भन्दा पनि उल्टै माओवादीमाथि दमन गरेपछि भएको १० वर्षे सशस्त्र विद्रोहकालमा भट्टराई युद्ध रणनीतिकार रहे । युद्धको अन्तिमतिर जनसरकार प्रमुख भएका उनी गणतन्त्र नेपालको पहिलो अर्थमन्त्री र चौथो प्रधानमन्त्री बने । उनी अर्थमन्त्री र प्रधानमन्त्री हुँदा भएका कामले उनको कद अग्लिएको थियो । उनका पछि एउटा ठूलै पंक्ति थियो । 

तर, अहिले त्यस्तो छैन । डा. भट्टराई क्रमशः एक्लिएका छन् । उनको राजनीतिक व्यक्तित्व गिर्दो छ । शक्ति क्षीण छ । अर्को शब्दमा भन्दा देशमा राजनीतिक क्रान्ति सम्पन्न भएको ठहर गरिसकेका भट्टराई आर्थिक र सामाजिक क्रान्तिको मैदानमा एक्ला खेलाडी भएका छन् । उनलाई छाड्नेहरूको लर्को छ ।

आज र भोलि पार्टीको केन्द्रीय समिति बैठक बस्दै छ । पार्टीमा छलफल नै नगरिकन भएको यो (यादव समूहको अलग हुने निर्णय) त राजनीतिक ठगी हो ।
डा. बाबुराम भट्टराई
अध्यक्ष, नेसपा

Hardik health

शनिबारमात्रै उनी नेतृत्वको नेपाल समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्य महेन्द्रराय यादव अलग भए । यादवसँग बागमती प्रदेश सांसद तथा मन्त्री गंगानारायण श्रेष्ठ पनि अलग भए । यादव नेसपाका एक जना अध्यक्ष र श्रेष्ठ सहअध्यक्ष हुन् । महासचिव रमेश यादवले पनि भट्टराईलाई छाडेका छन् । उनीहरूसँग नेसपाको ठूलै पंक्ति छ । छिट्टै यादव नेतृत्वमा नेसपाबाट अलग भएका नेता कार्यकर्ताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रसँगको एकता प्रक्रियामा जाने भएका छन् ।


माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र नेसपा महासचिव यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार माओवादी र नेसपाबीच एकता गर्ने र महाधिवेशनले एकीकृत पार्टीको नाम टुंगो लगाउने सहमति भएको छ । वैचारिक एकरुपता र संगठनामत्मक तयारी गर्न कार्यदलसमेत गठन भएको छ । जहाँ माओवादीको तर्फबाट महासचिव गुरुङ र उपमहासचिव जनार्दन शर्मा छन् भने नेसपाबाट सहअध्यक्ष श्रेष्ठ र महासचिव यादव रहेका छन् ।

माओवादी र नेसपाको यादव पक्षसँग सहमति गर्ने सन्दर्भमा भएको छलफलमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष दाहाल र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा नेसपाबाट अध्यक्ष यादव सहभागी थिए । यससँगै अर्का अध्यक्ष डा. भट्टराई एक्ला भएका छन् । वाम विश्लेषक डा. खगेन्द्र प्रसाईंको शब्दमा डा. भट्टराईको राजनीतिक यात्रामा यो करिब बिराम लाग्ने संकेत हो । हुन पनि डा. भट्टराईको अग्लो राजनीतिक कद होचिँदै गएको छ । ठूलो जमातबाट समूहको नेता भएका छन् । प्रसाईंका अनुसार डा. भट्टराई डुब्नुअघि क्षितिजमा पुगेका घामजस्तै भएका राजनीतिक नेतृत्व हुन् ।

‘डा. भट्टराई नेपाली राजनीतिको एकताका आइकनजस्तै थिए । माओवादी वार्ता टोली संयोजक भएर खेलेको भूमिकादेखि गणतन्त्र आइसकेपछि अर्थमन्त्री र प्रधानमन्त्री हुँदा जसरी उनको कद अग्लियो, अहिले ठीक उल्टो भएको छ । सहयात्रीहरूले छाडेका छन् । क्रमशः उनी कमजोर नेता भए । यो भनेको क्षितिजको घामजस्तै हो,’ उनले प्रभावसँग भने ।भट्टराईले ३ असोज २०७२ मा संविधान जारी भएको एक सातामै आफैंले सशस्त्र विद्रोह गरेको दल माओवादी त्यागे ।

एउटा राजनीतिक प्रक्रियासम्म उहाँ (डा.भट्टराई)को नेतृत्व आवश्यक थियो । स्वीका¥यौं । तर, अहिलेको सन्दर्भमा उहाँको राजनीतिक गन्तव्य उपयुक्त छैन । त्यही कारण हामी अलग भयौं । राजनीतिक रुपमा बन्धक भइरहन त सक्दैनौं ।
गंगानारायण श्रेष्ठ
सहअध्यक्ष, नेसपा

त्यसक्रममा उनको विश्लेषण भनेको देशमा राजनीतिक क्रान्ति पूरा भएको र आर्थिक तथा सामाजिक क्रान्तिको कार्यभार छ भन्ने थियो । जुन नयाँ शक्तिबाट सम्भव छ भन्दै उनले पार्टी नै नयाँ शक्ति स्थापना गरे । २०७४ सालको प्रतिनिधिसभा चुनावमा उनी एक्लैले चुनाव जिते । नयाँ शक्ति एकल सांसदमा सीमित भयो । यसपछि उनी मधेसवादी दलहरूसँग एकता प्रक्रियामा गए । अन्ततः जसपाका संघीय अध्यक्षसम्म भए । तर, यहाँ भने डा. भट्टराई टिक्न सकेनन् । दल फुटाएर हिँडे । अहिले नेसपाका अध्यक्ष हुन् । उनले यसबीचमा पार्टीको आकार बढाउन बल नगरेका होइनन् । तर, दलबाट क्रमशः नेताहरू अलग भइरहे । जुन शृंखला शनिबारसम्मै जारी रह्यो ।

नेसपाका सहअध्यक्ष श्रेष्ठका अनुसार भट्टराई जडसूत्रमा अल्झिएका छन् । उनले हजारौं नेता कार्यकर्तालाई भट्टराईले ‘राजनीतिक बन्धक’ बनाएको र त्यसलाई तोडेर अगाडि बढेको बताए । ‘एउटा राजनीतिक प्रक्रियासम्म उहाँको नेतृत्व आवश्यक थियो । स्वीका¥यौं । तर, अहिलेको सन्दर्भमा उहाँको राजनीतिक गन्तव्य उपयुक्त छैन,’ उनले भने, ‘त्यही भएर हामी अलग भयौं । राजनीतिक रुपमा बन्धक भइरहन त सक्दैनौं ।’शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकले नेसपाको यादव समूहलाई पार्टी एकता प्रक्रियामा जोड्ने निर्णय गरेको थियो । डा. भट्टराईलाई तत्काल समेट्न नसकिने निष्कर्ष पनि थियो । सोहीअनुसार शनिबार भट्टराई र उनको समूहलाई छाड्दै यादव समूह माओवादीसँगको एकता प्रक्रियामा सामेल भएको छ । 

यसलाई लिएर डा. भट्टराईले माओवादी अध्यक्ष दाहालसँग कडा आक्रोश पोखेका छन् । उनले प्रधानमन्त्री दाहालबाट ‘राजनीतिक ठगी’ भएको आरोप लगाए । ‘आज र भोलि पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ । पार्टीमा छलफल नै नगरीकन भएको यो (यादव समूहको अलग हुने निर्णय) त राजनीतिक ठगी हो,’ डा. भट्टराईले पत्रकारहरूलाई प्रतिक्रिया दिएका छन् । एकताका चर्चित राजनीतिज्ञ भट्टराई नेपालको सन्दर्भमा वैकल्पिक राजनीतिका सूत्रधारसमेत हुन् । तर, तत्कालीन पार्टी नयाँ शक्ति होस् या अहिलेको नेसपा, भट्टराईले मुखले मात्रै वैकल्पिक शक्ति बनाए । जनमतका आधारमा वैकल्पिक शक्ति बनाउन सकेनन् । परिणामतः उनका पछि लाग्ने ठूलो पंक्ति अलग भएका छन् ।

माओवादी सचिव गणेश साह भट्टराई पनि माओवादीमा आउने दाबी गर्छन् । ‘उहाँकै गृहजिल्ला गोरखा त उहाँको पकडबाट माओवादीले फिर्ता लियो । अन्यन्त्र त्यस्तै छ । एक तरिकाले भन्ने हो भने उहाँ एक्ला वृहस्पतिजस्तै हुनुभयो,’ उनले भने, ‘अझै कमजोर हुने छन् । त्यसपछि उहाँको पनि फर्काइ माओवादीमै हो ।’डा. भट्टराई यसअघि समाजवादी मोर्चाको माध्यमबाट माओवादीमा फर्किने चर्चा थियो । तर, समाजवादी मोर्चामै उनको दल अटेन । कारण, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मोर्चामा रहे । यसपछि भट्टराईले पार्टीलाई मोर्चामा आबद्ध गराएनन् र कमजोर भइसक्दा पनि माओवादीसँगको एकता प्रक्रिया बढाएनन् ।


प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १०:१८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP