Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नयाँ सरकार कि मध्यावधि ?
कोशीमा अन्योल नयाँ सरकार कि मध्यावधि ?
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, चैत २, २०८०

 

डा. चन्द्रकान्त ज्ञवाली, संविधानविदchandrakant1710478010.jpg

  • संविधानको १६८ को (५) सरकार गठनको अन्तिम आधार
  • अन्तिम आधार सकिएपछि कामचलाउ वा चुनावी सरकार (७) अनुसार

काठमाडौं– गत २७ असोजमा कोशी प्रदेशको मुख्यमन्त्रीका रूपमा केदार कार्कीको नियुक्ति संविधानको धारा १६८ को उपधारा (५) बमोजिम भयो । सरकार गठनको संवैधानिक आधारहरू हेर्दा यो नै अन्तिम आधार हो । यसअनुसार सरकार गठन सम्भव नभए सोही धाराको उपधारा (७) अनुसार मौजुदा सरकार कामचलाउमा परिणत हुन्छ । उक्त सरकारले मध्यावधि चुनाव घोषणा गरेर छ महिनाभित्र चुनाव सम्पन्न गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

तर, यस विषयमा संवैधानिक कानुनका जानकारहरूबीच नै राय बाझिएको छ । संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली कोशी प्रदेश मध्यावधि चुनावतिर जाने बताउँछन् । हालै प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिए । कोशीमा पनि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले समर्थन फिर्ता लिए मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिन नसके कार्की नेतृत्वको सरकार ढल्छ । 

Hardik health

संविधानविद् ज्ञवालीका अनुसार अब कोशीमा सरकार पुनर्गठन तत्काल सम्भव हुँदैन । नयाँ सत्ता गठबन्धनले भने त्यहाँ सरकार पुनर्गठनको छलफल गरिरहेको छ । नेकपा एमालेले मुख्यमन्त्री कार्कीको राजीनामा माग गरिसकेको छ । माओवादी, एकीकृत समाजवादी र जसपा मौन छन् । यद्यपि, कोशीमा गठबन्धनले ढिलोचाँडो सरकार गठन गर्ने देखिन्छ ।

 

रामनारायण बिडारी, वरिष्ठ अधिवक्ताramnath1710478010.jpg

  •    उपधारा ५ देखि २ मा फर्किएर सरकार गठन हुन्छ 
  •    संसद्मा सम्भावना हुञ्जेल सरकार गठन 
  •    मनमोहन र ओलीको मुद्दामा प्रतिपादित नजिरको अब प्रयोग हुने

 

वरिष्ठ अधिवक्ता रामनारायण बिडारी अब गठबन्धनले उपधारा २ अनुसार सरकार गठन गर्न सक्ने बताउँछन् । यस उपधारामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यले सरकार गठन गर्न सक्ने प्रावधान उल्लेख छ । अब सरकार गठन गर्न लागेको भने एमाले, माओवादी, एकीकृत समाजवादी र जसपाले हो । यी दलहरूको आवश्यकताभन्दा अधिक मत छ । जस अधारमा बहुमतीय सरकार गठन सम्भव रहेको वरिष्ठ अधिवक्ता बिडारीले बताए । 

उनका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले पटकपटक गरेको संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको व्याख्याले संसद्मा सम्भावना हुञ्जेलसम्म सरकार गठन हुन्छ भने प्रस्ट पारेको छ । त्यही भएर कोशीका मुख्यमन्त्री कार्की उपधारा (५) अनुसार नियुक्त भए पनि दुई वा दुईभन्दा बढी दलहरूको समर्थन लिएर सरकार गठन गर्ने संवैधानिक आधार रहेको बताए ।

‘मनमोहन अधिकारीले गरेको विघटनमा पनि सर्वोच्चको व्याख्या छ । पूर्वप्रधानमन्त्री ओलीले गरेको विघटन मुद्दामा पनि सर्वोच्चको स्पष्ट व्याख्या छ कि सरकार गठन हुने अवस्था हुँदासम्म संसद् विघटन पाइँदैन,’ उनले भने, ‘,त्यही भएर अब सरकार उपधारा २ अनुसार बन्छ ।’

संवैधानिक कानुनका जानकारहरूकै अब उपधारा (५) अनुसार सरकार गठन फेरि सम्भव छ कि छैन भन्नेमा राय बाझिएको छ । यसबारे दुईथरी राय प्रकट भएको छ । यसपछि कोशीमा सरकार गठनका लागि नयाँ गठबन्धनको फुर्तिफार्ती देखिएको छैन । प्रदेशका पूर्वमुख्मयन्त्रीसमेत रहेका एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले सरकार गठन हुने अबको आधारबारे प्रस्ट भएपछि सरकार गठन प्रक्रिया अगाडि बढ्ने बताए । अहिले संवैधानिक कानुनका जानकारहरूसँग सरकार गठनको संवैधानिक आधारबारे छलफलमा रहेको बताए । 

तर, यहीबेला कोशीको सत्ता नेतृत्व दल नेपाली कांग्रेसले कार्की नेतृत्वको सरकारले निरन्तरता पउने निष्कर्ष निकालेको छ ।पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्डमा बिहीबार बिहान बसेको छलफलले यस्तो निष्कर्ष निकालेको हो ।
छलफलमा देउवासहित दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँगै नेताहरू शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र मुख्यमन्त्री कार्कीलगायत नेताहरू सहभागी थिए । 
छलफलपछि महामन्त्री थापाले भने, ‘न यसको विकल्प छ, न यसलाई विघटन गर्न सकिन्छ, न अविश्वासको प्रस्ताव ल्याउन मिल्छ भनेर मुख्यमन्त्री कार्कीले तर्क र दलिल प्रस्तुत गर्नुभयो । हामी सबैको निष्कर्ष पनि त्यही नै रह्यो ।’गत वर्षको चुनावमा कुनै दलको एकल बहुमत नआएपछि सुरूमै सरकार गठन उपधारा (२) अनुसार गरिएको थियो । मुख्यमन्त्री हिक्मतकुमार कार्की भए । जतिबेला एमाले–माओवादीसहितको गठबन्धन थियो । तर, गत वर्षको फागुनमा उक्त गठबन्धन टुट्यो ।

अर्को गठबन्धन कांग्रेस–माओवादीसहितको बन्यो । यसबेला भने कार्की नै उपधारा ३ अनुसार मुख्यमन्त्री भए । अन्ततः संसद्मा विश्वासको मत गुमाएपछि कांग्रेसको डा. शेखर समूहका नेता केदार कार्की उपधारा ५ अनुसार गत २७ असोजमा मुख्यमन्त्री नियुक्त भए । यसरी सरकार गठनको पहिलो अधारको परीक्षण नभए पनि बाँकी २, ३ र ५ को परीक्षण भइसकेको छ । 
 


प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १०:२४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP