Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कोशी मध्यावधिको डिलमा, बागमती र गण्डकीमा मुश्किल
प्रदेश सरकार पुनर्गठनको तयारी कोशी मध्यावधिको डिलमा, बागमती र गण्डकीमा मुश्किल
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, चैत १, २०८०
  • प्रदेशहरूमा सरकार पुनर्गठनको गृहकार्य थाल्दै सत्ता गठबन्धन
  •  कोशी सरकार धारा १६८ को (५) अनुसार गठन भएको, अब ७ अनुसार मध्यावधि कि के ? अन्यौलता 
  •  बाग्मती र गण्डकीमा सत्ता गठबन्धनलाई सरकार गठन गर्न एक÷एक सिट अभाव
  •  मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा स्पष्ट बहुमत


काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदको विश्वास रहेको बुधबार परीक्षण भएपछि सत्ता गठबन्धनलाई प्रदेशहरूमा सरकार पुनर्गठनको बाटो खुला भएको छ । पुनर्गठन हुने प्रदेश सरकारमा नेकपा एमाले समेटिने छ । एमाले वर्तमान गठबन्धनको प्रमुख साझेदार दल पनि हो ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार प्रदेशहरूमा सरकार पुनर्गठनको पहल अब सुरु हुने छ । ‘प्रधानमन्त्रीले विश्वासको मत लिइसक्नुभयो । यसपछि त प्रदेश सरकार पुनर्गठन हुने हो’, उनले प्रभावसँग भने, ‘सम्भवतः केही दिनभित्रै पुनर्गठन भइसक्ने छ ।’
राजीनामा नदिने मुडमा केदार
एमालेले कोशीमा मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागिसकेको छ । कार्की राजीनामा दिने मुडमा देखिएका छैनन् । बरु, उनले मध्यावधि चुनाव हुने भनेर भाषण गरिरहेका छन् । संविधानको धारा १६८ को उपधारा (५)अनुसार उनी नेतृत्वको सरकार गठन भएका कारण अबको विकल्प नै उपधारा (७)मा टेकेर मध्यावधि निर्वाचन रहेको कार्कीले बताउँदै आएका छन् । 

प्रदेशस्थित माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो पनि कोशीमा सरकार पुनर्गठनको आधारबारे कानुनी रुपमा स्पष्ट भइनसकेकेको बताउँछन् । त्यही भएर एकातिर संवैधानिक कानुनका जानकारहरूसँग परामर्श लिने र अर्कातिर गठबन्धन दलका केन्द्रीयस्तरबाट आउने निर्णयको प्रतिक्षारत रहेको बताए ।  

Hardik health

‘२८ असार २०७८ मा सर्वोच्चले गरेको फैसलालाई आधार मान्दा त संसदमा सरकार बन्ने अवस्था छउञ्जेलसम्म सरकार गठनको अभ्यास गर्नुपर्छ । जस आधारमा त सरकार बन्छ’, उनले भने, ‘तर , ५ अनुसार सरकार पहिल्यै गठन भयो अब उपधारा ७ अनुसार मध्यावधि चुनावमा जानू भनेर भोलि न्यायालयबाट विवेचना भयो भने समस्या आउँछ । जसले गर्दा हामी नेताहरूको निर्णय कुरिरहेका छौं ।’

कोशीमा सरकार पुनर्गठन गरिएको अवस्थामा नयाँ गठबन्धनलाई स्पष्ट बहुमत छ । त्यहाँ एमालेको ४० जना, माओवादीको १३ जना र नेकपा एकीकृत समाजवादीको चार जना सांसद छन् । प्रदेश संसद्मा भने ९३ सांसद हो । सरकार गठन ४७ जना सांसदको समर्थनले सम्भव छ । तर, गठबन्धन दलहरूको सांसद संख्या आवश्यकताभन्दा बढी सांसद छन् । एमालेको ४०, माओवादीको १३, नेकपा एसको ४ र जसपाको एक जना गरी ५८ जना सांसद छन् । यसले गर्दा त्यहाँ नयाँ गठबन्धनको सरकार बन्नेगरिको बहुमत देखिएको छ । 
मधेशमा कांग्रेस हटाउने तयारी
कोशीको छिमेकी प्रदेश मधेशमा जसपा नेतृत्वको सरकार छ । १०७ सिट रहेको मधेशमा सरकार गठनका लागि ५४ सिट आवश्यक हुन्छ । त्यहाँ एमालेको २३, जनता समाजवादी पार्टीको १८, नेकपा माओवादी केन्द्रको ९, नेकपा एसको ७ र नागरिक उन्मुक्ति पार्टीको एक जना सांसद छन् । यहाँ यी दलहरूका सांसद संख्या ५८ पुग्छ । 

एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले केही दिनमै सरकारमा जाने बताए । त्यसअघि भने मन्त्रालय बाँडफाँट आवश्यक रहेको बताए । 

‘गठबन्धन सरकार बनाउने कसरतमै छौं । तर मन्त्रालय बाँडफाँट भइसकेको छैन’, यादवले भने, ‘भएलगत्तै सरकार पुनर्गठन हुन्छ ।’
बागमतीमा कांग्रेसको दाउ
यहाँ कांग्रेस, जनमत पार्टी, लोसपालगायत दलले सरकार गठन गर्न सक्ने अवस्था छैन । ११० सदस्यीय बागमती प्रदेशमा सरकार पुनर्गठनका लागि भने जटिलता छ । बहुमतका पु¥याएर सरकार गठनका लागि ५६ जना सांसदको समर्थन चाहिन्छ । त्यहाँ एमालेको २७ जना, माओवादीको २१ जना र नेकपा एसको ७ जना गरी ५५ जना सांसद छन् । एक जना पुग्दैन । स्रोतका अनुसार त्यहाँ हाम्रो नेपाली पार्टीलाई सरकारमा सहभागी हुन गठबन्धन दलका नेताहरूले फकाउन थालेको छ । यस दलसँग दुई सिट छ । जुन गठबन्धन वा कांग्रेस नेतृत्वमा सरकार गठनका लागि निर्णायक सिट हो । 
हाल त्यहाँ माओवादीका नेता शालिग्राम जमकट्टेल नेतृत्वको सरकार छ । 
गण्डकीमा मुश्किल
६२ सदस्यीय गण्डकी प्रदेशमा सरकार गठनका लागि ३२ सांसद चाहिन्छ । यहाँ एमालेको २२ जना र माओवादीको ८ जना तथा नेकपा एसको १ जना सांसद छन् । यी तीन दलको सांसद संख्या ३१ जना हो । जुन सरकार गठनका लागि एक जना सांसद अभाव हो । यहाँ दुई सांसद रहेको राप्रपालाई सरकारमा ल्याइएन भने सरकार गठन असम्भव छ । प्रदेश संसद्मा कांग्रेसँग २७ जना सांसद छ । सरकार गठनका लागि कांग्रेसलाई यहाँ पाँच जना सांसद अभाव हो । यहाँ राप्रपाले गठबन्धनलाई समर्थन गर्न सक्ने सम्भावना छ । किनभने राप्रपाले केन्द्रमा प्रधानमन्त्रीलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको अवस्थाबीच प्रदेशमा भने समर्थन गर्ने आशयको निर्णय गरेको छ । त्यहाँ राप्रपाको एक सिटले वर्तमान सत्ता गठबनधन टिक्ने छ । सरकार पुनर्गठन हुने छ । माओवादीबाट मुख्यमन्त्रीमा दाबेदार मानिएका संसदीय दलका नेता हरिबहादुर चुमानले राप्रपासँग सहकार्यको प्रस्ताव गर्न बाँकी रहेको बताए । उनका अनुसार राप्रपाले प्रस्ताव स्वीकारे प्रदेशमा सरकार गठन हुन्छ । 
लुम्बिनीमा सहज
८७ सिट रहेको लुम्बिनी प्रदेशमा नेकपा सरकार गठनका लागि ४४ सिट आवश्यक हुन्छ । यहाँ गठबन्धनको मुख्य दल एमालेसँग २९, माओवादीसँग ११, नागरिक उन्मुक्तिसँग चार, जसपासँग तीन जना र नेकपा एससँग गरी ४८ जना सांसद छन् । यो भनेको सरकार गठनका लागि आवश्यकताभन्दा बढी सांसद संख्या हो । यहाँ कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री छन् । तर, त्यहाँ नाउपाका चार जना सांसदले के गठबन्धनलाई नै समर्थन गर्छन् कि गर्दैनन् ? टुंगो छैन । किनभने नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र संरक्षक रेशमलाल चौधरीबीच बेमेल सिर्जना भएको छ । यद्यपि, बुधबार केन्द्र सरकारमा प्रधानमन्त्री दाहाललाई नाउपाका चारै जना सांसदले विश्वासको मत दिए । लुम्बिनीमा चाहिँ विश्वासको मत दिने र गठबन्धनमा नाउपाका सांसदहरू रहन्छन् कि रहँदैनन् भन्ने निश्चित छैन । रेशमले त्यहाँ नाउपाका सांसदलाई कांग्रेस नेतृत्वको सरकारमा पठाउने चाहना राखेका छन् । रञ्जिताको भने त्यस्तो छैन । 

लुम्बिनीको छिमेकी प्रदेश कर्णालीमा भने गठबन्धनले सरकार सहजै बनाउने भएको छ । ४० सिट रहेको प्रदेशमा सरकार गठनका लागि २१ सांसद चाहिन्छ । त्यहाँ माओवादीको १३ र एमालेको १० जना सांसद छन् । यी दुई दलकै सांसद संख्या २३ छ । यसमा नेकपा एसको एक जना सांसद थपिँदा २४ सांसद पुग्छ । यहाँ पनि गठबन्धनको सरकार बन्ने निश्चित देखिएको छ । 
सुदूरपश्चिममा नागरिक उन्मुक्तिको भर
सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनको सरकार बन्न नागरिक उन्मुक्तिको भर पर्नुपर्नेछ । ५३ सदस्यीय प्रदेश संसद्मा २७ जना सांसद सरकार गठनका लागि आवश्यक हुन्छ । यहाँ माओवादीसँग ११, एमालेसँग १०, नागरिक उन्मुक्तिसँग सात जना र नेकपा एससँग चार जना सांसद छन् । यी दलसँग ३२ जना सांसद छन् । तर, सरकारमा मुख्यमन्त्री चाहिँ कुन दलको हुन्छ ? स्पष्ट छैन । नाउपा सांसद अरुणकुमार चौधरीका अनुसार भने मंगलबार नै गठबन्धन दलहरूसँग सुदूरपश्चिममा सरकारको नेतृत्व नाउपाले गर्ने समझदारी भएको बताए । उसो त यहाँ यसअघि पनि नाउपाले मुख्यमन्त्री मागेको थियो । त्यसबेला दिएन । यसपटक भने नेताहरू सकारात्मक रहेको चौधरीले बताए । यहाँ कांग्रेसको १९ जना सांसद छन् । एक जना स्वतन्त्र सांसद छन् । 


प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP