Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #स्टार्टअप
  • #AGM
  • #ज्योति_विकास_बैंक
  • #सिद्धार्थ_बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • लामिछानेको बचाउमा प्रधानमन्त्री
सहकारी ठगी प्रकरण लामिछानेको बचाउमा प्रधानमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १, २०८०

नियमअनुसार स्वार्थ बाझिने मुद्दामा न्यायाधीशले फैसला गर्न मिल्दैन । तर उहाँ(प्रधानमन्त्री)ले ठ्याक्कै आफ्नो मुद्दामा आफै न्यायाधीश हुन पाउनेगरी उथलपुथल हुने गरी गृहमन्त्री बनाउनुभएछ
सुशीला थिङ
सचेतक, नेपाली कांग्रेस
 

काठमाडौं– गठबन्धन जोगाउन नसकेपछि प्रमुख प्रतिपक्षी कित्तामा पुगेको नेपाली कांग्रेसले सहकारी प्रकरणको मुद्दामा गृहमन्त्री रवि लामिछानेलाई निशाना साँधेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्नुअघि नै बुधबार कांग्रेस संसदीय दलकी सचेतक सुशीला थिङले सरकारमा लामिछानेको ‘इन्ट्री’बारे प्रश्न गरेकी हुन् ।

‘सहकारी ठगीमा जोडेका, पोखरा पोखरा महानगरपालिकाले प्रतिवेदन दिएर अनुसन्धानमा रहेकालाई गृहमन्त्री बनाएर साँच्चिकै उहाँले उथलपुथल गरेर ल्याउनुभएछ,’ कांग्रेस सचेतकसमेत रहेकी थिङले प्रश्न गरिन्, ‘के नेपाल सरकारका प्रहरीले गृहमन्त्रीलाई स्यालुट गर्दै अनुसन्धानमा आफ्नो मुद्दामा आफैलाई दोषी हो भन्ने ठहर हुने गरी यो अनुसन्धान होला कि नहोला ?’ 

प्रधानमन्त्रीले मत माग्नुअघि नै विरोधमा कांग्रेस सांसदहरु उभिएपछि सभामुख देवराज घिमिरेले थिङलाई बोल्ने समय दिएका थिए । दाहाल नेतृत्वको सरकारमा फेरि उपप्रधान तथा गृहमन्त्री बनेका लामिछानेको ‘कनेक्सन’ सूर्यदर्शन बचत तथा ऋण सहकारीका  सञ्चालक जीबी राईसँग देखिन्छ । राईले बचतकर्ताको १६ अर्ब रुपैयाँ रकम अपलचन गरेको देखिएको छ । हाल उनी फरार छन् । यो प्रकरणमा माओवादी नेतासमेत रहेका पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन पनि जोडिएका छन् । 

Hardik health

गृहमन्त्री लामिछानेमाथि पनि सहकारी ठगीको आरोपमा सिआइबीले अनुसन्धान गरिरहेको छ । जबकि सिआइबीको नेतृत्वमा भने उनी नै पुगेका छन् । यसअघि लामिछाने दोहोरो नागरिकता लिएको आरोप चलिरहँदा गृहमन्त्री बनेका थिए । उनले दोहोरो नागरिकता लिएको पुष्टि भएपछि उनको सांसद पद, मन्त्री पद एकैचोटि गएको थियो । गत वैशाख १२ गतेको उपनिर्वाचनबाट लामिछाने पुनः चितवन–२ बाट निर्वाचित भएका हुन् ।  

उनीबारे राहदानी दुरुपयोगमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा विचाराधीन छ । सँगै प्रधानमन्त्री कार्यालय मातहत रहेको सम्पत्ति शुद्धीकरण विभागले पनि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत छानबिन गरिरहेको छ । यस्तो अवस्थामा स्वार्थको द्वन्द्व बाझिने गरी गृहको नेतृत्वमा लामिछाने आएको थिङको प्रश्न थियो । ‘नियमअनुसार स्वार्थ बाझिने मुद्दामा न्यायाधीशले फैसला गर्न मिल्दैन । तर उहाँले ठ्याक्कै आफ्नो मुद्दामा आफै न्यायाधीश हुन पाउनेगरी उथलपुथल हुने गरी गृहमन्त्री बनाउनुभएछ,’ थिङले भनिन् ।

यतिमात्र हैन, कांग्रेसको नेतृत्व गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि लामिछानेमाथि निशाना साँधे । गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना दलका नेताहरुलाई ‘नो नट अगेन’ अभियान चलाउँदै मत नहाल्न उर्दी गरेको थियो । यसै विषयमा शर्माले रास्वपा पुन सरकारमा गएकोप्रति प्रश्न गरेका हुन् । ‘चुनावमा जाँदा नो नट अगेन, कुनै यी देखिएका बूढा अनुहार प्रधानमन्त्री बन्नुहुन्न अनि कहिले बालुवाटार कहिले खुमलटार, अहिले त अगेन एन्ड अगेन, सरकारमा फेरि पनि फेरि पनि,’ शर्माले भने

तेस्रोपटक १५७ 
काठमाडौं– प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ मत र विपक्षमा ११० मत प्राप्त भएको हो ।
२६८ सांसद् उपस्थित भएकोमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टीलगायतले प्रधानमन्त्रीको विपक्षमा मतदान गरेका हुन् । 
प्रधानमन्त्री दाहाललाई सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ७५, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१, जनता समाजवादी पार्टी नेपालको १२, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १०, नागरिक उन्मुक्ति पार्टीको ४ सांसदले विश्वासको मत दिएका हुन् । त्यसैगरी प्रभु साह, अमरेशकुमार सिंह, योगेन्द्र मण्डलले पनि दाहालको पक्षमा मत दिए ।


मिसन २०८४ लिएर हिँडिरहेका नयाँ दलहरूलाई वर्तमानतिर ध्यान दिनसमेत शर्माले आग्रह गरे । ‘यो देशमा केही भएको छैन, २०८४ मा हामी आउँछौं र बनाउँछौं भन्ने दलहरू विभिन्न परियोजनाको पदयात्रामा जाँदा देशमा केही भएको होइन कि केही भइरहेको छ तर ढिलो भइरहेको छ भन्ने उनीहरूमा ज्ञान आएको छ,’ शर्माले भने । यी विषयमा कारबाही चित्तबुझ्दो जवाफ नआए सदन चल्न नदिने चेतावनीसमेत कांग्रेसको छ ।


राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि गृहमा लामिछानेको नेतृत्वमाथि प्रश्न उठाएका छन् । ‘नागरिकता दुई वटा मान्छे, पासपोर्ट दुईवटा भएको मान्छेलाई निर्वाचनले सांसद बनाए । वर्तमान प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री मिलेर उपप्रधान र गृहमन्त्री बनाउनुभएछ ? जसलाई गृहमन्त्री बनाउनुभएको छ, उहाँलाई सहकारीको करोडौं ठगी गरेको आइरहेको छ,’ केसीले भने । सबैले समर्थन गर्दा पनि आफ्नो पार्टीले समर्थन नगरेको भन्दै केसीले दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्न नसकिने बताए । ‘कसैले सुन चोर्ने ? कसैले सहकारी चोर्ने ? कोही मिटरब्याजी बन्ने ? यसैका लागि हो सरकार ?’ उनले प्रश्न गरे । अघिल्लो पुस २६ गते कांग्रेसले समेत मत दिँदा पनि जनमोर्चा दाहाल सरकारको विपक्षमा उभिएको थियो । त्यतिबेला २७५ सांसद रहेको प्रतिनिधिसभामा २६८ मत दाहालले पाएका थिए ।
प्रधानमन्त्री दाहाल भने बचाउमा
प्रधानमन्त्री दाहालले भने उपप्रधान तथा गृहमन्त्री लामिछानेको बचाउ गरेका छन् । ‘आफूतिर आए प्रधानमन्त्री दिने, नआए भ्रष्टाचारी ?’ कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ थियो । प्रधानमन्त्री दाहालले कांग्रेसको डबल स्ट्यान्डले आफू आजित भएकोसमेत बताए । ‘तीनै (रवि लामिछाने)लाई प्रधानमन्त्री बनाउन हिँडेको देखिरहेका छौं,’ दाहालले भने, ‘आफूतिर आए प्रधानमन्त्री बनाउन तयार, नआए भ्रष्टाचारी, कारबाही गर्नुपर्छ, यस्तो डबल स्ट्यान्ड ।’

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल २०७९ साल पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए । उनले पहिलो पटक २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला दाहाललाई नेपाली कांग्रेस, राप्रपा र जनमतलेसमेत मत दिएका थिए ।
राष्ट्रपति निर्वाचनका क्रममा सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रधानमन्त्री दाहालले दोस्रोपटक २०७९ चैत ६ गते पुनः प्रतिनिधिसभाबाट विश्वासको मत लिए । त्यतिबेला एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि १७२ मत प्राप्त गरेका थिए । 
 

 


प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट
प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट मंगलबार, मंसिर २, २०८२
हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुने अनुमान
हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुने अनुमान मंगलबार, मंसिर २, २०८२
बाग्मती प्रदेश सरकारले रोजगारीका लागि निब्र्याजी ऋण उपलब्ध गराउने
बाग्मती प्रदेश सरकारले रोजगारीका लागि निब्र्याजी ऋण उपलब्ध गराउने मंगलबार, मंसिर २, २०८२
एनपिएलः कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १६७ रनको लक्ष्य
एनपिएलः कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १६७ रनको लक्ष्य मंगलबार, मंसिर २, २०८२
नौ प्रकारका औषधि उत्पादनको तयारी
नौ प्रकारका औषधि उत्पादनको तयारी मंगलबार, मंसिर २, २०८२
भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता
भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता मंगलबार, मंसिर २, २०८२
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न मंगलबार, मंसिर २, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP