काठमाडौं - चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सबै भन्दा बढि कृषि विकास बैंकले कर्जा दिएको छ ।   नेपाल राष्ट्र बैंकले हालै मात्र सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सबै भन्दा बढि कृषि विकास बैंकले ६६.०२ प्रतिशत कर्जा दिएको हाे ।
देशमा संचालित २० वाणिज्य बैंकहरूले विभिन्न क्षेत्रमा कर्जा दिएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमास यो अवधिमा बैंकहरूले विशेषगरी कृषि, ऊर्जा र साना तथा मझौंला उद्यममा कर्जा दिएका हुन् ।  
दोस्रो त्रैमासमा सबै भन्दा बढि कृषि विकास बैंकले कृषि क्षेत्रमा ३५.२९ प्रतिशत कर्जा दिएको छ ।  ऊर्जामा ४.५१ प्रतिशत र साना तथा मझौला उद्योगमा २६.२२ प्रतिशत कर्जा दिएको छ । 
नेपाल बैंकले कृषि, ऊर्जा र साना तथा मझौला उद्यम क्षेत्रमा जम्मा ४०.३ प्रतिशत कर्जा दिएको छ । बैंकले कृषि क्षेत्रमा ११.९६ प्रतिशत, उर्जामा ६.४७ प्रतिशत र साना तथा मझौला उद्योगमा २१.६० प्रतिशत कर्जा दिएको हो । 
राष्ट्रिय वाणिज्य बैंकले विभिन्न तीन क्षेत्रमा ३८.५० प्रतिशत कर्जा दिएको छ । बैंकले कृषि क्षेत्रमा १२.३३ प्रतिशत, ऊर्जामा ७.८६ प्रतिशत र साना तथा मझौला उद्यममा १८.३१ प्रतिशत कर्जा दिएको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।  
नबिल बैंकले यो अवधिमा कृषि क्षेत्रमा १२.८६ प्रतिशत कर्जा दिएको छ । बैंकले ऊर्जामा ६.५० प्रतिशत र साना तथा मझौला उद्यमका लागि ६.९२ प्रतिशत गरि जम्मा २६.२८ प्रतिशत कर्जा दिएको हो । 
त्यस्तै नेपाल इन्भेष्टमेण्ट मेघा बैंकले कृषि, ऊर्जा र साना तथा मझौला उद्योगमा जम्मा २६.२६ प्रतिशत कर्जा दिएको छ । चालु आवको यो अवधिमा बैंकले कृषिमा १३.५२ प्रतिशत, ऊर्जामा ८.१७ प्रतिशत र साना तथा मझौला उद्योगमा ४.८७ प्रतिशत कर्जा दिएको छ । 
चालु आवको समीक्षा अवधिमा स्टयाण्डरर्ड चार्टर्ड बैंकले कृषि, ऊर्जा र मझौला उद्यममा जम्मा २१.५५ प्रतिशत, हिमालयन बैंकले २७.११ प्रतिशत, नेपाल एसबिआई बैंकले ३२.३५ पैतिशत, एभरेष्ट बैंकले २३.१६ प्रतिशत एनआईसी एशिया बैंकले ३२.३५ र माछापुच्छ्रे बैंकले २८.०२ प्रतिशत कर्जा दिएका छन् ।  
त्यसैगरी यसै अवधिमा कुमारी बैंकले कृषि ऊर्जा र साना तथा मझौला उद्योगमा ३२.७७ प्रतिशत, लक्ष्मी सनराइज बैंकले २६.८५ प्रतिशत, सिद्धार्थ बैंकले २९.२४ प्रतिशत, ग्लोबल आईएमई बैंकले २७.५१ प्रतिशत, सटिजन्स बैंकले ३१.६० प्रतिशत, प्राइम बैंकले २९.१७ प्रतिशत, एनएमबी बैंकले ३२.६६ प्रतिशत र प्रभु बैंकले १९.८१ प्रतिशत कर्जा दिएका हुन् । 
सानिमा बैंकले कृषिमा ११.५५ प्रतिशत, ऊर्जा क्षेत्रमा ११.२० प्रतिशत र साना तथा मझौला उद्यममा ६.४२ प्रतिशत कर्जा दिएको छ । बैंकले यो अवधिमा जम्मा २९.१६ प्रतिशत कर्जा दिएको हो । 
यस्ताे छ बैंकहरुको तालिका :
	
		
			| नं | 
			a}+sx¿ | 
			s[lif | 
			pmhf{ | 
			;fgf tyf demf}nf pBf]u | 
			hDdf | 
		
		
			| १ | 
			नेपाल बैंक      | 
			११.९६  | 
			६.४७  | 
			२१.६०     | 
			 ४०.०३ | 
		
		
			| २ | 
			राष्ट्रिय वाणिज्य बैंक  | 
			 १२.३३   | 
			 ७.८६   | 
			 १८.३१ | 
			 ३८.५० | 
		
		
			| ३ | 
			कृषि विकास बैंक   | 
			३५.२९ | 
			 ४.५१  | 
			२६.२२ | 
			६६.०२ | 
		
		
			| ४ | 
			नबिल बैंक  | 
			 १२.८६ | 
			 ६.५० | 
			६.९२  | 
			 २६.२८ | 
		
		
			| ५ | 
			नेपाल इन्भेष्टमेण्ट मेघा बैंक  | 
			 १३.५२  | 
			 ८.१७ | 
			४.८७ | 
			 २६.२६ | 
		
		
			| ६ | 
			स्टयाण्डरर्ड चार्टर्ड बैंक  | 
			११.१७ | 
			 ८.२५   | 
			 २.१४  | 
			२१.५५ | 
		
		
			| ७ | 
			हिमालयन बैंक   | 
			 १७.२३  | 
			 ६.०८   | 
			 ३.८०  | 
			 २७.११ | 
		
		
			| ८ | 
			नेपाल एसबिआई बैंक  | 
			 १९.२२ | 
			७.१९  | 
			६.१२ | 
			३२.३५ | 
		
		
			| ९ | 
			एभरेष्ट बैंक | 
			१२.०२ | 
			७.८३ | 
			३.३१  | 
			२३.१६ | 
		
		
			| १० | 
			एनआईसी एशिया बैंक  | 
			१३.०७ | 
			१.६६ | 
			१३.८२ | 
			२८.५६ | 
		
		
			| ११ | 
			माछापुच्छ्रे बैंक | 
			१०.८२  | 
			८.६४  | 
			८.५६ | 
			२८.०२ | 
		
		
			| १२ | 
			कुमारी बैंक  | 
			११.१७ | 
			१०.२६ | 
			 ११.३३ | 
			 ३२.७७ | 
		
		
			| १३ | 
			लक्ष्मी सनराइज बैंक | 
			 ११.३६  | 
			७.९५ | 
			७.५४ | 
			२६.८५ | 
		
		
			| १४ | 
			सिद्धार्थ बैंक | 
			१३.११ | 
			८.२० | 
			७.९३ | 
			२९.२४ | 
		
		
			| १५ | 
			ग्लोबल आईएमई बैंक | 
			 १२.१३ | 
			 ७.००  | 
			८.३९ | 
			२७.५१ | 
		
		
			| १६ | 
			सिटिजन्स बैंक | 
			११.२८ | 
			८.५४ | 
			११.७८ | 
			३१.६० | 
		
		
			| १७ | 
			प्राइम बैंक  | 
			११.२८ | 
			 ९.४७  | 
			८.४३  | 
			२९.१७ | 
		
		
			| १८ | 
			एनएमबी बैंक  | 
			११.०८ | 
			 १०.५७ | 
			११.०२ | 
			३२.६६ | 
		
		
			| १९ | 
			प्रभु बैंक  | 
			८.३२  | 
			६.०८ | 
			५.४१  | 
			१९.८१ | 
		
		
			| २० | 
			सानिमा बैंक  | 
			११.५५ | 
			११.२० | 
			६.४२  | 
			 २९.१६ |