Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #रवि थुनामै
  • #भूमि विधेयक
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • राष्ट्रिय सभामा दाहालका चुनौती
राष्ट्रिय सभामा दाहालका चुनौती
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ३०, २०८०

सत्ता गठबन्धनमा रहेका सबै दलको साथ पाएसँगै नारायणप्रसाद दाहाल राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएका छन् । उनले निर्वाचित हुनासाथ राष्ट्रिय सभाको गरिमा बढाउने प्रतिबद्धता जनाएका छन् । तर, उनलाई उक्त प्रतिबद्धता पूरा गर्ने चुनौती छ । पहिलो त दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ (काकाका छोरा) हुनु । अर्को मनोनीत सदस्य भएर पनि अध्यक्षमा निर्वाचित हुनु । पेचिलो अर्को विषय हो, राष्ट्रिय सभालाई ‘पराजितहरुको क्लब’का रुपमा हेरिनु ।

संवैधानिक परिषद्मा माओवादी पार्टीको उपस्थिति बलियो बनाउन प्रधानमन्त्री दाहालले आफ्ना भाइलाई यो पद दिलाउन गठबन्धन नै फेरेको बुझ्न सकिन्छ । नेपाली कांग्रेसले कृष्णप्रसाद सिटौलालाई अध्यक्षमा अघि बढाउँदा अप्ठेरो पर्ने देखिपछि दाहालले गठबन्धन नै फेरेका थिए । राष्ट्रिय सभामा नारायणको नेतृत्वले दाहालमाथि फेरि परिवारवादको आरोप उर्लिएर आएको छ । प्रवुद्ध वर्गको परिचय बनाएको राष्ट्रिय सभामा नारायणले सबैभन्दा पहिलो तोड्नुपर्ने विषय हो– परिवारवाद यहाँ लागू हुने छैन ।

अर्को चुनौती दाहालका लागि हो मनोनीत सदस्यबाट नेतृत्वमा आउनु । २०७८ चैतमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका उनी २३ महिनापछि सभाको अध्यक्षमा निर्वाचित भएका हुन् । राष्ट्रिय सभाको इतिहासमा दाहाल नै पहिलो मनोनीत नेतृत्व हुन् । कमजोर व्यक्तिहरुलाई मनोनीतमा ल्याइने भाष्य छ । यसलाई चिर्न पनि दाहालले सक्नुपर्नेछ ।

अर्को महवपूर्ण विषय भनेको राष्ट्रिय सभालाई राजनीतिक दलहरुले विभिन्न तहमा चुनावमा पराजितहरुको क्लब नै बनाइसकेका छन् । दलहरुले प्रतिनिधिसभा, प्रदेशसभादेखि स्थानीय तहमा पराजित उम्मेदवारलाई व्यवस्थापन गर्ने थलो बनाएको छ राष्ट्रिय सभालाई । कृष्णप्रसाद सिटौला, वामदेव गौतम, नारायणकाजी श्रेष्ठजस्ता नेताहरु प्रतिनिधिसभा चुनावमा हारेर पनि यहाँ ‘सेटल’ हुन आएका छन् । यसखालका सांसदहरुको ताँती नै छ राष्ट्रिय सभामा । 

माथिल्लो सदनको गरिमा जोगाउन दाहालले यस्तो विषयमा ख्याल राख्नुपर्ने देखिन्छ । अर्को विषय अघिल्ला राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पार्टीको कदममा गुपचुप साथ दिएर प्रतिगमनलाईसमेत साथ दिएका थिए । तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गर्दा तिमिल्सिनाले साथ दिएका थिए । त्यतिमात्र हैन संवैधानिक आयोगहरुमा नियुक्ति दिँदा पुरानो मिति राखेर कीर्ते गर्ने कामसमेत तिमिल्सिनाले गरेका थिए । त्यसैले यस्तो विषयमा बच्नुपर्ने आवश्यकता दाहाललाई छ । प्रधानमन्त्री दाहालको नातेदार पर्नले स्वार्थमा काम गर्ने दबाब नआउँला भन्न सकिन्न । त्यसै त परिवारवादको तीव्र आरोप खेपेर नेतृत्व तय गरिएको छ । त्यसैले यी विषय चिर्दै दाहालले विधेयकहरुमा विद्धत ढंगले छलफल गरी आफ्नो कार्यकाल सफल पार्नुपर्ने छ ।
 


प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?   बुधबार, साउन २८, २०८२
क्षेत्राधिकार बिर्सिंदै सरकार
क्षेत्राधिकार बिर्सिंदै सरकार मंगलबार, साउन २७, २०८२
कारागारलाई अपराधको हैन सुधार केन्द्र बनाऊ
कारागारलाई अपराधको हैन सुधार केन्द्र बनाऊ सोमबार, साउन २६, २०८२
राजनीतिमा वर्षैभरि गाईजात्रा
राजनीतिमा वर्षैभरि गाईजात्रा आइतबार, साउन २५, २०८२
अभिमुखीकरण तालिममा बेथिति
अभिमुखीकरण तालिममा बेथिति शुक्रबार, साउन २३, २०८२
वैकल्पिक दलमा पनि पुरानै रोग !
वैकल्पिक दलमा पनि पुरानै रोग ! बिहीबार, साउन १५, २०८२
मधेसको समस्या सम्बोधनमा जुटौं 
मधेसको समस्या सम्बोधनमा जुटौं  बुधबार, साउन १४, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP