Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पारिवारिक कलहमा फस्यो नागरिक उन्मुक्ति 
पारिवारिक कलहमा फस्यो नागरिक उन्मुक्ति 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, फागुन ३०, २०८०
  •  प्रधानमन्त्रीलाई विश्वासको मत दिन रञ्जिताको ह्वीप, प्रधानमन्त्रीलाई समर्थन नदिने रेशम पक्षको निर्णय
  •  सुदूरपश्चिम सरकारमा शुक्रबार रेशमले मन्त्री पठाए, फिर्ता हुन रञ्जिताको निर्देशन 


काठमाडौं– थरुहट/थारुवान आन्दोलनको जगमा स्थापित नागरिक उन्मुक्ति पार्टी (नाउपा) पारिवारिक कलहमा फसेको छ । पार्टीका संरक्षक रहेका श्रीमान् रेशमलाल चौधरी र र पार्टी अध्यक्ष रहेकी श्रीमती रञ्जिता श्रेष्ठबीचको विवाद छताछुल्ल भएको हो ।

पछिल्लोपटक प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कि नदिने भन्नेमा मतभेद देखिएको छ । दाहालले आज विश्वासको मत लिँदै छन् । पार्टी संसदीय दलकी नेतासमेत रहेकी रञ्जिताले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन दलका सांसदहरूलाई ह्वीप (निर्देशन) जारी गरेकी छन् । तर, रेशमलाल पक्षले भने विश्वासको मत नदिने निर्णय गरेको छ ।

‘मिति २०८० फागुन ३० गते बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णयबमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहालले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन (ह्वीप) जारी गरिएको व्यहोरा अनुरोध छ,’ रञ्जिताले जारी गरेको ह्वीपमा भनिएको छ ।

दलका नेताको ह्वीपपछि सांसदहरूले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनैपर्छ । नभए कारबाही गर्ने गरिन्छ । नाउपासँग चारजना सांसद छन् । उनीहरू रञ्जिता, अरुणकुमार चौधरी, गंगाराम चौधरी र लालवीर चौधरी हुन् । 
तर, रेशम पक्षले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने पक्षमा छैनन् । उनीनिकट नेता दामोदर पण्डितमार्फत जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्री दाहाललाई समर्थन नगर्ने भनिएको छ । गठबन्धनमा सहभागी नहुने र प्रतिपक्षी दलकै रुपमा बस्ने विज्ञप्तिमा उल्लेख छ ।

Hardik health

‘केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने, प्रतिपक्षमा बस्ने, सरकारलाई समर्थन नदिने,’ विज्ञप्तिमा अर्को बुँदा पनि छ, ‘प्रदेश सरकारको हकमा वार्ता समितिले विभिन्न दलहरूसँग सहकार्य र समन्वय गरी संवाद अघि बढाउने ।’
नाउपासँग सुदूरपश्चिम प्रदेशसभामा सात र लुम्बिनीमा चारजना सांसद छन् । सत्ता राजनीतिको जोडघटाउमा यो संख्या गठबन्धनलाई होस् वा कांग्रेसलाई धेरै महŒवपूर्ण छ । यहीबेला रञ्जिता र रेशमबीच विवाद बढेको हो ।

मंगलबार जारी रञ्जिताको ह्वीप र रेशमनिकट नेता पण्डितले जारी गरेको विज्ञप्तिले स्पष्ट रुपमा दुईबीच टकराव बढेको देखिएको छ । प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छन् कि दिँदैनन् ? अस्पष्ट भएको छ । प्रधानमन्त्री दाहाललाई नाउपाले विश्वासको मत नदिए पनि उनकै दल माओवादी केन्द्रसँगै एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादीले समर्थन जनाए सरकार जोगिने छ । तर, प्रदेश सरकारमा भने विश्वासको मत दिनैपर्छ । होइन भने सुदूरपश्चिम प्रदेशमा गठबन्धन सरकार असम्भव छ । कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने छ । हाल रेशम र रञ्जिताको विवादबीच त्यहाँ कमलबहादुर शाह नेतृत्वको सरकार टिकेको छ । 

रेशमले कांग्रेस नेतासमेत रहेका शाह नेतृत्वको सरकारलाई सहयोग गर्ने भन्दै शुक्रबार राति तीनजना मन्त्री पठाए । घनश्याम चौधरी आर्थिक मामिलामन्त्री, खुसीराम चौधरी विनाविभागीय र इन्दिरा गिरी कृषि राज्यमन्त्री भए ।
तर, २४ घण्टा नबित्दै रञ्जिताले मन्त्रीहरूलाई फिर्ता बोलाइन् । आफूसँग सल्लाह नै नगरी प्रदेश सरकारमा गएको भन्दै श्रेष्ठले उनीहरूलाई फिर्ता बोलाएकी हुन् । रञ्जिता वर्तमान सत्ता गठबन्धनमा सहभागी हुन चाहन्छिन् । उनी यसअघि दाहाल नेतृत्वकै सरकारमा भूमि, व्यवस्था तथा सहकारीमन्त्री थिइन् । सुरूदेखि नै उनी गठबन्धनप्रति सकारात्मक छिन् । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लगातार छलफल गरेर अन्ततः जेलमा रहेका श्रीमान् रेशमलाई कैद माफी गराउँदै रञ्जिताले नै छुटाइन् । तर, यतिबेला रेशम भने गठबन्धनको विरुद्धमा छन् । उनी गत पुसमा भएको महाधिवेशनबाट पार्टी अध्यक्षमा चुनिएका थिए । तर,  निर्वाचन आयोगले उनलाई पार्टी अध्यक्षको मान्यता दिएन । यससँगै आयोगले रञ्जिता नेतृत्वकै कार्यसमितिलाई मान्यता दिएको छ । नाउपाले निर्वाचन आयोगमा केन्द्रीय समिति अद्यावधिक गराउन माघ २९ मा पत्र पठाएको थियो । आयोगले भने एक महिनापछि अद्यावधिक नगरेर पुरानै समितिलाई मान्यता दियो ।

तर, रेशमले भने रञ्जिताले नै आफूलाई अध्यक्ष हुनबाट रोकेको आरोप लगाउने गरेका छन् । एक नेताका अनुसार रेशमले पार्टी बैठकमै यस्तो आरोप लगाउने गरेका छन् । ‘उहाँ (रेशम) मा रञ्जिताका कारण जेलबाट छुटेँ भन्ने छैन । उल्टो रञ्जिताले अध्यक्ष हुन दिइनन् भन्ने सोच बनाएर बस्नुभएको छ । त्यसैमा एकरदुई जनाले उहाँलाई साथ दिएको देखिन्छ । जसका कारण पार्टीमा सबैतर्फ विवाद छ,’ ती नेताले भने । 

उसो त पुस २६ मा कैलालीको टीकापुरमा भएको राष्ट्रिय महाअधिवेशनमार्फत रञ्जिता फेरि अध्यक्ष हुन चाहन्थिन् । उनको चाहनामा रेशम बाधक बने । त्यसबेला रञ्जिता महाधिवेशन नसकिँदै बाहिरिएकी थिइन् ।
 


प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP