Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #जुडो
  • #सकुन_सुनुवार
Search Here
कृषि
  • Home
  • कृषि
  • अठार वर्षपछि स्वदेश फर्केर बाख्रापालन 
अठार वर्षपछि स्वदेश फर्केर बाख्रापालन 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २९, २०८०

गल्याङ –  स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीँखोलास्थित सिस्नेरीका लालप्रसाद गुरुङले गाउँमा बाख्रापालक किसानको पहिचान बनाएका छन् ।  भारत, सिङ्गापुर, मलेसिया, कङ्गो, कुवेतलगायत देशमा १८ वर्ष रोजगार गरेर फर्किएपछि उनले गाउँमै बाख्रापालन व्यवसाय सुरु गरेका हुन् । 

परम्परागत रूपमा बाउबाजेले गरेको बाख्रापालनलाई विस्थापित गरेर आधुनिक बाख्रापालन गर्ने सोचसहित गुरुङले अढाई वर्षपहिले रु पाँच लाख लगानी गरेर कृष्टिना गुरुङ बोयर बाख्रा तथा कृषि पशुपक्षी फार्ममार्फत १२ बाख्राबाट व्यवसाय सुरु गरेका थिए । 

गुरुङले २०७८ सालमा म्याग्दीबाट रु एक लाख ५० हजार बोयर बाख्राको पाठो र चापकोटबाट रु एक लाख २० हजार बोयर माउ ल्याएर बाख्रापालन थालेको बताए । “बाख्रापान गर्दै जाँदा रु सात लाख लगानी गरेर आधुनिक खोर बनाएँ,” उनले भने, “फार्ममा अहिले ५६ बाख्रा छन् ।” गुरुङको फार्म चरन क्षेत्र, घाँसे बारी, खोरसहित १५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

“लामो समय विदेश बस्दा पनि खासै उपलब्धि हुन सकेन, अलिअलि कमाएको पैसाले बाख्रापालन गरेर परिवारसँग बस्छु भन्ने सोच थियो, युट्युब हेर्दै जाँदा नेपालमा बोयर बाख्राको राम्रो सम्भावना रहेको देखेँ”,उनले भने, “हाम्रोजस्तो ठाउँमा सिधै बाहिरबाट ल्याएको शुद्ध बोयर राम्रो नहुने भएकाले खरी जातका बाख्रामा बोयर क्रस गरेर बाख्रा पाल्दै आएको छु ।” गुरुङले खोर निर्माण, घाँस रोपण, चरन क्षेत्र व्यवस्थापनलगायत संरचनामा अहिलेसम्म रु १८ लाख लगानी पुगेको सुनाए ।

Hardik health

उनले खरी जातका बाख्रामा बोयर क्रस गर्दै शुद्ध बोयर बनाउने लक्ष्यका साथ बाख्रापालन सुरु गरेको बताए । “हाल मेरो फार्ममा ७५ प्रतिशत, ६२ प्रतिशत र ५० प्रतिशतका बोयर बाख्रा रहेका छन्”, उनले भने, “आगामी तीन वर्षमा शत्प्रतिशत बोयर बाख्रा बनाउने उद्देश्य छ ।”

गुरुङले कोरोनाकालमा लकडाउनले गर्दा बाख्रापालन व्यवसायलाई सोचेअनुसार गति दिन नसकेको गुनासो गरे । “स्वदेश फर्केर बाख्रापालन गर्छु भन्ने सोचले रकम जम्मा पारेको थिएँ”, उयनले भने, “स्वदेश फर्किएपछि लकडाउन भयो, सोचेजस्तो लगानी गर्न सकिएन, लगानीको अभावमा व्यवसाय विस्तारमा अल्लि ढिला भयो ।”

अहिले व्यवसाय राम्रो हुँदै गएको उनले बताए । “उत्पादन गर्न सके बजार पनि राम्रो छ”, गुरुङले भने, “प्रतिकिलो रु नौ सय ५० मा वालिङ बजारमै काटेको मासु बिक्री गर्दै आएको छु, उत्पादन कम भएकाले बाहिरको माग धान्न सकिरहेको छैन ।”

खोर अग्लो भएका कारण जाडो मौसममा समस्या देखिने गरेको सुनाउँदै उनले हालसम्म विभिन्न रोगका कारण ४४ बाख्रा मरेको बताए । गुरुङले पशुपक्षीमा स्वास्थ्य समस्या आएमा गल्याङ नगरपालिकाको पशु स्वास्थ्य समूहले तत्काल सेवा दिँदा आफूलाई सहज भएको बताए ।

जिल्ला पशु विज्ञबाट खोर सुधार कार्यक्रमअन्तर्गत रु एक लाख ५० हजार र नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु ३३ हजार अनुदान दिएको उनले सुनाए । गाउँमा गरेको व्यवसाय फस्टाउँदै गएपछि गाउँलेहरू र विभिन्न सामाजिक व्यक्तित्वले व्यवसायलाई थप विस्तार तथा व्यवस्थित गराउन सुझाव दिने गरेको उनले बताए । 

उनले चरन क्षेत्रको पनि राम्रो सुविधा भएको बताए। “बाख्रापालन गर्दा घाँसको व्यवस्थापन गरेर पाल्न सकियो भने उत्पादन लागत मूल्य घट्न जान्छ”, गुरुङले भने, “मैले स्थानीय जातका घाँसबाहेक उन्नत जातका १२ प्रकारका घाँस लगाएको छु ।”

उनले करिब चार सय बोट सुन्तला पनि लगाएका छन् ।  उनको सुन्तला बगैँचामा केहीले उत्पादन दिएका छभने केहीले निकट भविष्यमै उत्पादन दिने बताए । गुरुङ बिहान ४ः३० देखि साँझ छ बजेसम्म नै बाख्राको स्याहारसुसार र रेखदेखमा खटिने गर्छन् । उनको लकामलाई श्रीमती भीमकुमारी गुरुङले पनि राम्रो साथ दिँदै आएका छन् । उनका  एक छोरी पनि छन् ।

गुरुङलाई १८ वर्ष विदेश बसेकामा पछुतो छ । उनले विदेशको श्रम स्वदेशमा गर्ने हो भने विदेशभन्दा राम्रो कमाई गर्न सकिने अनुभव सुनाए । गुरुङले आफूले गर्ने कामको प्राविधिक ज्ञान लिएर निरन्तर काम गर्न सकेमा सफलता प्राप्त हुने विश्वास व्यक्त गरे । उनले कृषकलाई आधुनिक प्रविधिसहितका तालिमको व्यवस्था निरन्तर गरिदिन सरोकारवालासँग आग्रह गरे । 


प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
थप कृषि
रामेछापका जुनार किसानको सक्रियता बढ्यो
रामेछापका जुनार किसानको सक्रियता बढ्यो बुधबार, मंसिर २४, २०८२
कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह
कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह बुधबार, मंसिर २४, २०८२
मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु
मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु बुधबार, मंसिर २४, २०८२
बागलुङमा बढ्यो धान उत्पादन
बागलुङमा बढ्यो धान उत्पादन बुधबार, मंसिर २४, २०८२
आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य बुधबार, मंसिर २४, २०८२
बैतडीको सुर्नयामा चियाखेतीका लागि सम्भाव्यता अध्ययन
बैतडीको सुर्नयामा चियाखेतीका लागि सम्भाव्यता अध्ययन मंगलबार, मंसिर २३, २०८२
जुम्लामा कृषि जैविक विविधतासम्बन्धी प्रदर्शनी मेला हुँदै
जुम्लामा कृषि जैविक विविधतासम्बन्धी प्रदर्शनी मेला हुँदै मंगलबार, मंसिर २३, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP