Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दाहाल- शर्मा आमनेसामने
राष्ट्रिय सभा अध्यक्ष निर्वाचा दाहाल- शर्मा आमनेसामने
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, फागुन २९, २०८०

कूल मतदाता: ५८
निर्वाचित हुन चाहिने मत:  २९
गठबन्धनको मत:  ३८ 
(माओवादी १७, एमाले १०, एकीकृत समाजवादी ८ र जसपा ३)
नेपाली कांग्रेसको मत: १६
अन्य (जनमोर्चा, लोसपा र बामदेव गौतम): ३

  • राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले युवराज शर्मा र अर्का सदस्य गोपीबहादुर सार्की आछामीले नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने छुट्टा–छुट्टै प्रस्ताव पेस गर्ने
  • राष्ट्रिय सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमत पाउने उम्मेदवार निर्वाचित भएको घोषणा हुने

 
काठमाडौं– राष्ट्रिय सभा अध्यक्षको चुनाव आज हुँदै छ । चुनावमा सत्ता गठबन्धन र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।


सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल साझा उम्मेदवार छन् । दाहाललाई उनी आबद्ध रहेको दल नेकपा माओवादी केन्द्रसँगै, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीको समर्थन छ । उनीसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवराज शर्माले प्रतिस्पर्धा गर्दै छन् ।


निर्वाचनका लागि आज बिहान ११ बजेर ९ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । संसद् सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीअनुसार बैठकको सुरूमा कांग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले आफ्ना दलका उम्मेदवार युवराज शर्मालाई सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । अर्का सदस्य गोपीबहादुर सार्की आछामीले नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यतालिका छ । सभाको अध्यक्षता उपाध्यक्ष उर्मिला अर्यालले गर्ने छिन् । उनैले दुवै प्रस्तावलाई निर्णयार्थ सदनमा प्रस्तुत गर्ने छिन् ।

Hardik health


त्यसपछि दुवै प्रस्तावमाथि संक्षिप्त छलफल हुने छ । छलफल सकिएपछि बैठकको अध्यक्षता गर्ने व्यक्तिले सबै प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिकामा उल्लेख छ । उम्मेदवारको प्रस्तावको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनबाट हुने नियमावलीमा व्यवस्था रहेको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए । उनका अनुसार यसपछि भने राष्ट्रिय सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमत पाउने उम्मेदवार निर्वाचित भएको घोषणा गरिने छ । जो वर्तमान संविधानअनुसार दोस्रो राष्ट्रिय सभा अध्यक्ष हुने छन् । 
हालको संसदीय अंकगणितलाई आधार मान्दा सत्ता गठबन्धनका उम्मेदवार दाहाल निर्वाचित हुने करिब निश्चित छ । निर्वाचित हुन २९ मत आवश्यक हुन्छ । तर, माओवादीका १७, एमालेका १०, एकीकृत समाजवादीका आठ र जसपाका तीन गरी ३८ जना सांसद गठबन्धनसँग छ ।


दाहालका प्रतिद्वन्द्वी शर्माको दल कांग्रेससँग १६ जनामात्रै छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एक जना, जनमोर्चासँग एक जना र तत्कालीन नेकपाको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत बामदेव गौतम राष्ट्रिय सभामा छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना सांसदको मनोनयन हुन बाँकी छ । त्यसैले राष्ट्रिय सभामा ५८ जना सांसद छन् । जसमध्ये ३८ जना सांसदको समर्थन दाहाललाई हुने देखिन्छ ।


सोमबार दाहालले उम्मेदवारी दर्ता गरेपछि राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भए पार्टीको ‘ह्याङओभर’भन्दा माथि उठेर सभा सञ्चालन गर्ने बताए । कानुनअनुरुप चल्नुपर्ने कुरामा मानसिक रूपमा तयार भइसकेको पनि उनको भनाइ छ । राष्ट्रिय सभालाई संविधानमा उल्लेख गरिएअनुरुपको स्तरमा पु¥याउन आफ्नो भूमिका हुने उनले बताए । समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दलहरूलाई एकताबद्ध बनाएर लैजाने पनि उनको भनाइ छ । तत्काल बनाउनुपर्ने कानुनहरूमा ध्यान दिइने उनले बताए ।


‘पार्टीको त्यहाँ कुनै छाया आउनु भएन र हाम्रा कुनै अभिव्यक्तिहरू, हाम्रा काम कारबाहीहरू र हाम्रा व्यवहारहरू हिजो पार्टीमा हुँदाभन्दा फरक भइहाल्छ,’ उनले पत्रकारहरूसँग भने, ‘कानुनी रूपमा चल्नुपर्छ भन्नेमा म मानसिक रूपमा तयार छु । त्यस कारण पार्टीको ह्याङओभर हुन्छ भन्ने मलाई लाग्दैन ।’


कांग्रेसका तर्फबाट राष्ट्रिय सभाको अध्यक्ष पदका उम्मेदवार शर्माले आफू निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्ने बताएका छन् । लामो राजनीतिक यात्रा गरिसकेको, शिक्षामा पनि आफू अरूभन्दा कमजोर नभएको भन्दै संसदीय नियममा रहेर काम गर्ने बताए ।


‘मेरो धेरै लामो राजनीतिक यात्रा छ । शिक्षाको हकमा पनि म अरूभन्दा कमजोर छैन । मलाई लाग्छ कि म भइदिएको खण्डमा मैले यस (राष्ट्रिय सभा)को गरिमा बढाउने नै काम गर्ने थिएँ । घटाउने काम गर्ने थिइनँ,’ उनले भने, ‘संसदीय नियममा रहेरै काम गर्ने थिएँ । संसद् नियमावलीअनुसार नै अगाडि बढाउने थिएँ सभालाई ।’


गत ११ माघमा राष्ट्रिय सभा चुनाव हुँदा भने कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने जनाएको थियो । त्यसबेला कांग्रेस सत्ता गठबन्धनमा थियो । तर, डेढ साताअघि गठबन्धनमा आएको परिवर्तनसँगै सिटौला अध्यक्ष हुने दौडबाट बाहिरिए । कारण, उनी अध्यक्षमा निर्वाचित हुने अंकगणित भएन । यसपछि हार्ने अवस्थामा सिटौला पछि हटे । शर्मालाई अघि सारे । उनले आज सत्ता गठबन्धनका उम्मेदवार दाहालसँग प्रतिस्पर्धा गर्दै छन् । दाहाल प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालको भाइ (काकाको छोरा) हुन् । उनी राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । शर्मा भने निर्वाचित सदस्य हुन् । यी दुई उम्मेदवारमध्ये जो निर्वाचित भए पनि वर्तमान संविधानअनुसार दोस्रो राष्ट्रिय सभा अध्यक्ष हुने छन् । पहिलो त गणेशप्रसाद तिमिल्सिना भए । यही २० फागुनमा उनको छ वर्षे पदावधि सकियो । यसपछि रिक्त रहेको पदमा आज निर्वाचन हुन लागेको हो ।


राष्ट्रिय सभा अध्यक्ष संवैधानिक परिषद्को सदस्य हुने व्यवस्था संविधानमा छ । जहाँ प्रधानमन्त्री अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, उपसभामुख र प्रधानन्यायाधीश सदस्य हुने प्रावधान छ ।
 


प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP