Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #स्टार्टअप
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #ज्योति_विकास_बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • सेवाग्राहीको प्रतिक्रिया अब ‘क्युआर कोड’बाट
सेवाग्राहीको प्रतिक्रिया अब ‘क्युआर कोड’बाट
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २८, २०८०

त्रिशूली - जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट संकलन गर्न सुरु गरेको छ । यसअघि ‘गुनासो पेटिका’ मार्फत सेवाग्राहीको प्रतिक्रिया संकलन गरिँदै आएकोमा समय सान्दर्भिक र आधुनिक प्रविधिको उपयोगलाई मध्यनजर गर्दै ‘क्युआर कोड’ सेवा सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिएका हुन् ।

उनको अनुसार प्रतिक्रिया संकलनको लागि राखिएको पेटिकामा न्यून सहभागिता भएसँगै त्यसलाई परिमार्जन गर्दै कार्यालयले अनलाइन माध्यमबाट सेवाग्राहीको प्रतिक्रिया संकलन गर्न सुरु गरिएको हो । “सेवाग्राहीको सन्तुष्टिको आधार थाहा पाउनदेखि सेवा प्रवाह सुधारको लागि राय संकलन गर्न ‘क्युआर कोड’को उपयोग गरेर प्रश्नावली र खुला दुवै विधिबाट राय संकलन गर्न सुरु गरेका छौँ”, उनले भने “कागजमा लेखेर गुनासो पेटिकामा प्रतिक्रिया दिन झन्झटिलो भएको पाइएसँगै मोबाइलबाट नै प्रतिक्रिया दिन सकिने प्रविधि प्रयोगमा ल्याएका छौँ ।”

प्रशासन कार्यालयले सेवाग्राहीको प्रतिक्रिया संकलनको लागि कार्यालय परिसरमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ । इन्टरनेटको माध्यमबाट कार्यालयका सबै शाखा तथा सूचना बोर्डमा टाँस गरिएका क्युआर कोड स्क्यान गरेपश्चात् देखिने प्रश्नावलीको छनोट र त्यसमा थप व्याख्यासहितको आफ्ना सुझाव राख्न सकिने गरेर सेवा सञ्चालनमा ल्याइएको प्रजिअ अधिकारीको भनाइ छ । 

Hardik health

“सरकारी सेवा प्रवाहको अवस्था थाहा पाउन यसअघि प्रयोगमा ल्याइएको गुनासो पेटिकामा नागरिकका प्रतिक्रिया कम पर्ने तर, सामाजिक सञ्जालका उपयोगबाट प्रतिक्रिया जनाउनेको सङ्ख्या धेरै हुन थालेसँगै प्रशासनले प्रविधिको उपयोगलाई प्रयोगमा ल्याएको हो”, उनले भने “कार्यालयले दिने सेवा, त्यसको गुणस्तर, कर्मचारीको ब्यवहार, आगामी दिनमा गर्नुपर्ने सुधारसहितका विषयलाई ‘क्युआर कोड’ स्क्यानपश्चात् आउने प्रश्नावलीबाट प्रतिक्रिया जनाउन सकिने छ ।”

अनलाइन माध्यमबाट गरिने गुनासोकर्ताको विवरण गुनासो सम्बोधन अधिकारीबाहेकलाई थाहा नहुने गरेर गोप्य हुने प्रबन्ध मिलाइएकाले निर्धक्क भएर प्रतिक्रिया दिन सहायक प्रजिअ तुलसीराम पौडेलले आग्रह गरे। उनको अनुसार प्रतिक्रिया दिने सेवाग्राहीको विवरण कार्यालयले गोप्य राख्नेछ भने प्राप्त गुनासोको सम्बोधनपश्चात् सम्बन्धित पक्षलाई त्यसको जानकारी दिइने छ ।

हाल परीक्षणको रुपमा सञ्चालनमा ल्याइएको प्रतिक्रिया संकलन माध्यमलाई समयअनुसार संशोधन र प्राप्त प्रतिक्रियाको आधारमा सेवा प्रवाहलाई सुधार गर्दै जिल्लाभरका कार्यालयमा विस्तार गर्ने प्रशासनको योजना छ । 


प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँः अध्यक्ष ओली
संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँः अध्यक्ष ओली मंगलबार, मंसिर २, २०८२
एनपिएलमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन
एनपिएलमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन मंगलबार, मंसिर २, २०८२
राष्ट्रिय सभाको सचिवमा कंडेल नियुक्त
राष्ट्रिय सभाको सचिवमा कंडेल नियुक्त मंगलबार, मंसिर २, २०८२
सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईंलाई  थपियाे ४ दिन म्याद
सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईंलाई थपियाे ४ दिन म्याद मंगलबार, मंसिर २, २०८२
प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट
प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट मंगलबार, मंसिर २, २०८२
हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुने
हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुने मंगलबार, मंसिर २, २०८२
बाग्मती सरकारले रोजगारीका लागि निर्ब्याजी ऋण उपलब्ध गराउने
बाग्मती सरकारले रोजगारीका लागि निर्ब्याजी ऋण उपलब्ध गराउने मंगलबार, मंसिर २, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP