Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
  • #‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • पुष्पकमल अर्थात् ‘निर्देशन मास्टर’
पुष्पकमल अर्थात् ‘निर्देशन मास्टर’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २८, २०८०

तेस्रो कार्यकालमा पनि प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिनमा रेकर्ड नै कायम गरेका छन् । दिनको शुरुवात नै दाहाल निर्देशन दिनबाट शुरु गर्छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा आइतबार प्रधानमन्त्री दाहालले यस्तै व्यवहार प्रदर्शन गरे । सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

२०७३ मा प्रधानमन्त्री हुँदा पनि प्रधानमन्त्री दाहालले एउटा न एउटा निर्देशन नदिएको दिनै हुँदैनथ्यो । नानीदेखि लागेको बानी भने झैं दाहालले यसपटक पनि मन्त्रीदेखि कर्मचारीलाई निर्देशन दिन बाँकी राखेका छैनन् । प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ६८ कर्मचारी कटौति गर्न निर्देशन दिएको पुस १० गते नै हो । तर यो अझै कार्यान्वयनमा आएको छैन । यसैगरी टेरामक्स खरिद प्रकरण मुछिएका मुख्यसचिव वैकुण्ठ अर्याललाई पनि बिदामा बस्न निर्देशन दिइसकेका हुन् । तर उनी बिदामा बसेका छैनन् ।

यसअघि मिटरब्याज पीडितको समस्या समाधान गर्न पनि प्रधानमन्त्री दाहालले निर्देशन दिएका थिए । गृह मन्त्रालयले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्न आयोग गठन गरेको थियो । प्रधानमन्त्री नियुक्त भएको चौथो दिन दाहालले नेपाल दूरसञ्चार प्राधिकरणले लागू गर्न खोजेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएएमएस) रोक्न निर्देशन दिए । भन्सार नतिरी भित्रिने मोबाइलको कारोबार रोक्न भन्दै प्राधिकरणले यो प्रविधि लागू गराउन खोजेको थियो ।

Hardik health

गत पुस २१ गते प्रधानमन्त्री दाहालले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिए । प्रधानमन्त्रीको निर्देशनपछि पुस २५ गते पेट्रोल र डिजेलमा प्रतिलिटर तीन–तीन रुपैयाँ मोल पनि घट्यो। प्रतिलिटर पेट्रोल १७८ बाट १७५ रुपैयाँमा र डिजेल १७५ बाट १७२ रुपैयाँमा झर्‍यो । तर, एक महीना नबित्दै निगमले पेट्रोल र डिजेलको मूल्य पुरानै दरमा बढोत्तरी गर्‍यो ।

प्रधानमन्त्रीको पदभार सम्हालेपछि दाहालले निर्देशनको चाङ नै बनाएका छन् । कतिसम्म भने बस दुर्घटनापछि घाइतेको उद्धार गर्न निर्देशन दिन भ्याइहाल्छन् । जबकी सवारी दुर्घटनामा कसैले निर्देशन दिनै पर्दैन, स्थानीय सुरक्षा निकाय तत्कालै परिचालन भइहाल्छन् ।निर्देशनपछि निर्देशन गर्न थालेपछि कर्मचारीले पनि एक कानले सुन्ने अर्को कानले उडाइदिने गरेको देखिन्छ ।

तेस्रो कार्यकालको नियुक्तिको ९ दिनपछि १९ पुस २०७९ मा सबै मन्त्रालय र निकायका सचिवहरुलाई बोलाएर ३० बुँदामा २७ वटा निर्देशन दिएका थिए उनले । तर, ११ महिना बित्दासम्म पनि निर्देशनअनुसार काम नभएपछि सचिवहरुसँग दाहालले असन्तुष्टि पोखेका थिए । यसरी निर्देशन शब्दकै गरिमा नरहने गरी निर्देशन मास्टर हुनु कतिसम्मको ठीक होला ? प्रधानमन्त्रीले बेलैमा सोच्नुपर्ने देखिन्छ । 
 


प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP