Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • निशानामा अध्यक्षको कुर्सी
निशानामा अध्यक्षको कुर्सी
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, फागुन २७, २०८०
  •  माओवादीका झक्कुप्रसाद सुवेदी र कृष्ण अधिकारीमध्ये एकजना अध्यक्षको उम्मेदवार हुने सम्भावना
  •  कांग्रेसबाट कृष्णप्रसाद सिटौला, जितजंग बस्नेत र किरणबाबु श्रेष्ठ दाबेदार
  •  भोलि (सोमबार) अध्यक्षको मनोनयन र मंगलबार निर्वाचन हुने
  •  हाल ५८ जना राष्ट्रिय सभा सदस्य छन्, एक जना मनोनीत गर्न बाँकी
  •  निर्वाचन जित्न २९ मत आवश्यक तर सत्ता गठबन्धनसँग ३९ मत

 काठमाडौं– कार्यकाल सकिएर राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना एक साताअघि बिदा भएपछि रिक्त रहेको अध्यक्ष पदका लागि मंगलबार चुनाव हुँदै छ । सत्ता गठबन्धन र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका उम्मेदवारबीच चुनावमा प्रतिस्पर्धा हुने देखिएको छ । उम्मेदवार भने गठबन्धन र कांग्रेस दुवैले छानेका छैनन् । 

गठबन्धनको तर्फबाट अध्यक्ष पदमा माओवादीका उम्मेदवार हुने छन् । गएको साता गठबन्धन दलहरूबीच भएको भागबण्डाअनुसार माओवादीलाई अध्यक्ष र एमालेलाई उपाध्यक्ष पद परेको थियो ।

सोहीअनुसार अध्यक्ष पदका उम्मेदवार छनोट गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक आज बिहान बस्दै छ । बैठकले छ वर्षे कार्यकाल भएका राष्ट्रिय सभा सदस्यमध्येबाट एक जनालाई उम्मेदवार बनाउने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । 

‘अध्यक्षको रेसमा त थुप्रै सांसदहरू हुनुहुन्छ तर दुई वर्षे र चार वर्षे कार्यकाल भएकालाई भन्दा छ वर्षे कार्यकाल भएकालाई छान्ने हुन्छ,’ उनले प्रभावसँग भने ।  

Hardik health

स्रोतको दाबी भने हालै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदी उम्मेदवार बन्ने सम्भावना बढी छ । उनी माओवादी स्थायी समिति सदस्य हुन् । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै निर्वाचित सुवेदीको कार्यकाल छ वर्ष छ । 

उनी २०६४ मा संविधानसभा सदस्य थिए । त्यसबेला काठमाडौं–२ मा तत्कालीन नेकपा एमालेका महासचिव माधवकुमार नेपाललाई पराजित गरेर राष्ट्रिय राजनीतिमा चर्चित पात्र भएका थिए । उनै सुवेदीलाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले अघि सार्ने मनस्थिति बनाएको दाबी स्रोतको छ । 

बागमती प्रदेशबाट निर्वाचित राष्ट्रिय सभा सदस्य कृष्ण अधिकारी पनि अध्यक्षको दौडमा छन् । उनी अपांगता भएका राष्ट्रिय सभा सदस्यसमेत हुन् । उनको पक्षमा नेताहरूले लबिइङ गरिरहेका छन् । उनको घर नुवाकोट हो । त्यहाँबाट नै हालै प्रधानमन्त्री दाहालले सांसद हितबहादुर तामाङलाई पर्यटनमन्त्री बनाएपछि एकै भूगोलबाट तत्काल दुई नेताले अवसर पाउने सम्भावना न्यून रहेको चर्चा छ ।

उसो त अध्यक्ष हुन उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष उर्मिला अर्यालको नाम पनि चर्चामा आएको छ । माओवादी अध्यक्ष दाहालकै भाइ नारायण पनि अध्यक्ष पदको दाबेदार छन् । तर, संवैधानिक पदमा थन्किएर बस्ने रुचि मन्त्री श्रेष्ठको छैन । उनी पार्टीको वरिष्ठ उपाध्यक्षसमेत हुन् । सक्रिय राजनीतिमै रहने चाहनाले उनी अध्यक्ष पदमा उम्मेदवार बन्ने दौडमा नरहेको निकट एक नेताले जानकारी दिए । 

उपाध्यक्ष अर्याल र दाहालको भने पदावधि दुई वर्षमात्रै छ । पार्टी अध्यक्ष दाहाल दुई वर्षेलाई भन्दा पनि छ वर्षे कार्यकाल भएकालाई उम्मेदवार बनाउने पक्षमा छन् । यसले गर्दा अर्याल र दाहाललाई माओवादीले उम्मेदवार बनाउने सम्भावना टरेको देखिएको छ । यसो हुँदा अध्यक्ष पदमा सुवेदी बलिया दाबेदार देखिएका छन् । 

छ वर्षे कार्यकाल भएका माओवादी सांसदहरू सुवेदी र अधिकारी मात्रै होइनन् । गण्डकीबाट निर्वाचित मनरूपा शर्मा, कर्णालीबाट निर्वाचित विष्णु विक र सुदूरपश्चिमबाट निर्वाचित रेणु चन्द पनि छन् । तर, यी तीनै जना सांसद सुवेदी र अधिकारीको तुलनामा कनिष्ट नेता हुन् । जसले गर्दा यी नेताहरूको सम्भावना न्यून रहेको बताइएको छ ।  
‘हुन त अध्यक्षमा उपाध्यक्ष उर्मिला अर्याल बलिया दाबेदार हुनुहुन्थ्यो । तर, उहाँको कार्यकाल सकिन दुई वर्ष बाँकी छ । सांसदहरू शर्मा, विक र चन्द सुवेदीभन्दा कनिष्ठ नेता हुन् । त्यही भएर सुवेदी करिब कन्फर्म उम्मेदवार हो,’ स्रोतको दाबी छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजै उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ । किनभने भोलि (२८ फागुन)मा उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन कार्यतालिका छ । त्यही भएर कांग्रेसले अध्यक्ष पदको उम्मेदवार तय गर्ने भएको हो ।
गत ११ माघमा राष्ट्रिय सभा चुनावअघि कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने भनेर ह्वीम फैलाइएको थियो । निर्वाचित भएको दिन पत्रकारहरूले ‘तपाईं अब राष्ट्रिय सभा अध्यक्ष हुने हो ?,’ भन्दै सोध्दा हाँस्दै मुन्टो हल्लाएर हो भन्ने संकेत गरेका थिए । शनिबारमात्रै उनलाई कांग्रेसले राष्ट्रिय सभा संसदीय दलका नेता बनाएको छ । 

कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेका अनुसार सिटौला नै कांग्रेसको तर्फबाट उम्मेदवार बन्न सक्छन् । कांग्रेसबाट निर्वाचित भएकामध्ये वरिष्ठ नेता सिटौला नै हुन् । उनलाई शान्ति प्रक्रियाका एक जना सूत्रधार मान्ने गरिन्छ । फेरि, शान्ति प्रक्रियासँग सम्बन्धित दुईवटा विधेयक पारित गर्ने चरणमा पुगेको छ । यस्तो बेला सिटौलाको भूमिका थप निर्णायक चाहिन सक्ने भएकाले पनि अध्यक्षमा सिटौलालाई कांग्रेसले अघि सार्ने सम्भावना रहेको आंदेम्बेले बताए । 

तर, बागमतीबाट निर्वाचित जितजंग बस्नेत र गण्डकीबाट निर्वाचित किरणबाबु श्रेष्ठ पनि दाबेदार छन् । दुवै नेता उम्मेदवार हुन लबिइङमा छन् । राष्ट्रि सभा अध्यक्षको चुनाव यही फागुन २९ गते (पर्सी) हुँदै छ । हाल राष्ट्रिय सभामा ५८ सदस्य छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गर्ने विज्ञको एक सिट रिक्त छ । 

राष्ट्रिय सभामा १८ सांसदसहित माओवादी पहिलो दल हो । माओवादी उम्मेदवारलाई एमाले, रास्वपा र जसपाका मतदाताले मतदान गर्ने छन् । यो गठबन्धनसँग ३९ सांसद छन् । अध्यक्षमा निर्वाचित हुन २९ मत भए पुग्छ । तर, आवश्यकताभन्दा भन्दा १० मत बढी छ । यसले गर्दा माओवादीले बनाउने उम्मेदवार राष्ट्रिय सभा अध्यक्ष बन्ने देखिन्छ ।
 


प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP