Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #स्टार्टअप
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #ज्योति_विकास_बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • सुन्तलाको बोट मर्न थालेपछि किसान चिन्तित
सुन्तलाको बोट मर्न थालेपछि किसान चिन्तित
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन २७, २०८०

फिक्कल– गत वर्षसम्म रु दुई लाख ५० हजार आम्दानी दिएको इलामका रोङ गाउँपालिका–६ सलकपुरका किसान यामप्रसाद अधिकारीको सुन्तला बगैँचाले यस वर्ष रु एक लाखमात्र आम्दानी दियो ।  सुन्तलाको मूल्य घटेर नभइ  अज्ञात रोगले बोट मरेपछि आम्दानी पनि घटेको हो । 

यस वर्ष बोट मरेका कारण सुन्तला नफलेपछि अधिकारीको परिवारलाई आफ्नो परिवार चलाउन त्यति सहज छैन । “विगतका वर्षहरूमा बर्सेनि सुन्तला बिक्रीबाट रु दुईदेखि रु दुई लाख ५० हजारसम्म कमाई हुन्थ्यो तर, यस वर्ष रोगले सुन्तला फलेन”,  उनले भने, “बल्लतल्ल रु एक लाख आम्दानी गरियो, उत्पादन नै नभएपछि आम्दानी पनि घट्यो ।” 

व्यावसायिक सुन्तलाखेती गर्दै आएका किसान अधिकारीको बगैँचामा पहिले एक सय ५० बोटसम्म थियो अहिले यो सङ्ख्या घटेर  ७० मा सीतित भएको  छ । रोगको पहिचान नभएको रोगका कारण अधिकांश बोट मरेका छन् । केही बोट मर्न थालेका छन् । बाँकी बोटमा पनि अन्य समयको जस्तो सुन्तलाका दाना फलेन । फलेका दाना पनि साना र स्वादमा समेत अमिलो हुने गरेको उनी बताउछन् ।
 
सुरुमा रोगको सामान्य मात्र लक्षण देखिएको थियो । सुन्तलाको बोट फूल फुल्ने बेलामा पात झर्ने, पहेँलो हुने, पात झर्ने र विस्तारै जरा कुहिएर बोट नै मर्ने समस्या उत्पन्न भएको उनले बताए । रोग नियन्त्रणका लागि विभिन्न विज्ञको टोली आए पनि कुनै उपलब्धि नभएको उनी बताउछन् । 

Hardik health

“हामीले रोग नियन्त्रणका लागि विभिन्न निकायमा हारगुहार गर्यौँ, विज्ञको टोली पनि आउनुभयो”, उनले भने, “तर टोलीले स्थलगतरूपमा अनुगमन गरे पनि रोग पत्ता लागेन । के कारणले सुन्तलाको बटो मरेको भन्ने कारणसमेत जानकारी गराएन ।” रोग नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यान गए सुधार हुने आशा अझै रहेको उनले सुनाए ।
 
किसान अधिकारीको मात्र होइन, अन्य किसानको पनि अवस्था उस्तै छ । किसान देवराज खनालले सुन्तलाको बगान नै मासिएको बताए। वार्षिक रु दुई लाखको सुन्तला बेच्ने गर्नुभएका खनालको बगानमा यस वर्ष एक दान पनि सुन्तला नफलेको जानकारी दिए। “मेरो बगैँचामा ६० भन्दामाथि सुन्तलाको बोट थियो, सिजनमा रु दुई लाखसम्म आम्दानी दिन्थ्यो”,उनले भने, “तर मुख्य उत्पादन दिने बेलामा सबै बोट मरे, यसपटक बेचिएन ।”

व्यावसायिक सुन्तलाखेती गरेका सलकपुरका दर्जनौँ किसानको बगैँचामै बोट मरेको अर्का किसान टार्जन रानामगरले बताए । विगतका वर्षमा रु ६० हजारको सुन्ताला बेच्दै आउनुभएका उहाँले यस वर्ष रु २० हजारको मात्र उत्पादन भएको बताए । पछिल्लो समय सुन्तालको बोट मर्ने समस्या बढ्दो क्रममा रहेको उनको भनाइ छ ।

मुख्य नगदेबालीका रूपमा खेती गरिँदै आएको सुन्तलामा रोगले सङ्क्रमण गर्न थालेपछि यहाँका दर्जनौँ किसान वैकल्पिक खेतीको खोजी गर्न बाध्य भएका छन् । सलकपुरका दुई सय ५० किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएकामा रोगको सङ्क्रमणका कारण अहिले करिब ३५ घरधुरीले मात्र सुन्तलाखेती गरिरहेका छन् । 

कुनैबेला सुन्तालको पकेट क्षेत्रका रूपमा घोषणा गरिएको सलकपुरका किसानले लगाएको सुन्तलामा रोगले सङ्क्रमण गरेपछि उत्पादनमा ह्रास आएको किसान अधिकारीको भनाइ छ । “विगत यहाँबाट वार्षिक करिब चार करोडको सुन्तला उत्पादन हुने गरेको थियो”, उनले बताए, “बगैँचाबाटै प्रतिकिलो रु एक सय २० का दरले बेच्दासमेत यस वर्ष करिब रु एक करोडको मात्र सुन्ताला उत्पादन भएछ ।” यहाँ उत्पादित सुन्तला झापाको चारआली, विर्तामोड, दमक तथा भारतको मिरिक, दार्जिलिङ, सिलगुडीलगायत विभिन्न क्षेत्रमा निकासी हुने गरेको छ ।
 
मुख्यगरी इलामको रोङ गाउँपालिकाको सलकपुर, माईजोगमाई गाउँपालिकाको नामसालिङ, सूर्योदय नगरपालिकाको कन्याम, पशुपतिनगर तथा इलाम नगरपालिकाको सुम्बेक, बरबोटे, सोयाक र गोदक क्षेत्रमा व्यावसायिकरूपमा सुन्तलाखेती गरिँदै आएको छ । 


प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ११:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँः अध्यक्ष ओली
संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँः अध्यक्ष ओली मंगलबार, मंसिर २, २०८२
एनपिएलमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन
एनपिएलमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन मंगलबार, मंसिर २, २०८२
राष्ट्रिय सभाको सचिवमा कंडेल नियुक्त
राष्ट्रिय सभाको सचिवमा कंडेल नियुक्त मंगलबार, मंसिर २, २०८२
सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईंलाई  थपियाे ४ दिन म्याद
सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईंलाई थपियाे ४ दिन म्याद मंगलबार, मंसिर २, २०८२
प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट
प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट मंगलबार, मंसिर २, २०८२
हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुने
हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुने मंगलबार, मंसिर २, २०८२
बाग्मती सरकारले रोजगारीका लागि निर्ब्याजी ऋण उपलब्ध गराउने
बाग्मती सरकारले रोजगारीका लागि निर्ब्याजी ऋण उपलब्ध गराउने मंगलबार, मंसिर २, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP