Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #मट्यांग्राे
  • #दक्षिण कोरिया
  • #लिपुलेक
  • #घुँगीफोर गरुड
  • #विदेसिनेको संख्या
  • #विपद्का घटना
  • #दुर्घटना
  • #गाजा
Search Here
समाचार
  • Home
  • समाचार
  • चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा
चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन २७, २०८०

चितवन– यहाँस्थित चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा आएको छ । प्रशोधन गरिएको धुलो दूध र नौनीले गोदाम भरिएपछि गत माघ २२ गतेदेखि उद्योग बन्द भएको थियो । 

किसानको दूध नबिकेपछि प्रशोधन गरिएका सामग्री सम्बन्धित संस्थाले लैजानेगरी उद्योग सञ्चालनमा ल्याइएको हो । आजबाट उद्योग सरसफाइ गरेर सञ्चालन गरिने उद्योगका प्रबन्धक दुर्गा पराजुलीले बताए। बीस हजार लिटर दूध आइसकेको छ । उद्योग सञ्चालन गर्न ४० हजार लिटर दूध आवश्यक पर्दछ । धेरै संस्थाले फोन गरिरहेकाले थप दूध आउने भएपछि मेसिन तताउन थालिएको उनले जानकारी दिए।

उद्योगले दूध प्रशोधन गरेर उत्पादन हुने धुलो दूध र बटर लैजान भनेको छ । प्रशोधन गरेबापत उद्योगले शुल्क लिने गर्दछ । यसअघि नै डेरी एशोएिएसन, सहकारी, निजी डेरी, फार्महरूलाई उद्योगले पत्र पठाएर आजबाट उद्योग सञ्चालन हुने जानकारी गराएको थियो ।

उद्योगले डेरी, सहकारी र व्यावसायिक फार्महरूको दूध भाडामा प्रशोधन गर्दै आएको छ । पछिल्लो समय दूध ल्याएका संस्थाले प्रशोधित दुग्धजन्य पदार्थ बिक्री नभएर लैजान छाडेपछि भण्डारमा थन्किएसँगै राख्ने ठाउँको अभावमा उद्योग बन्द भएको थियो ।

प्रबन्धक पराजुलीका अनुसार रु ७५ करोडभन्दा बढीको प्रशोधन गरिएका नौनी  र धुलो दूध भण्डारणमा थन्किएको छ । पाँच सय टन नौनी घ्यू भण्डारणमा रहेको भन्दै उनले उद्योगमा तीन सय र ५०–५० टनका तीनवटा चिस्यान केन्द्र तथा तिनका चार प्यासेज घ्यूले भरिएका जानकारी दिए । पाउडर दूधले गोदाम, क्यान्टिन, घ्यू तथा दही बनाउने ठाउँ, चिनीको गोदाम, कपडा फेर्ने ठाउँ सबै भरिएको छ ।

विसं २०६४ मा स्थापना गरिएको उक्त उद्योग विसं २०७२को विनाशकारी भूकम्पपछि बन्द भएको थियो । विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको रु एक सय १३ र घ्यू  (बटर) को प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ ।

एकतीसवटा डेरी उद्योग, निजी फार्म र सहकारीको दूध भण्डारण भएर बसेको छ ।  अब दूध ल्याउनेले सामग्री तयार भएसँगै तुरुन्तै लैजाने शर्तमा काम गर्न थालिएको हो । पछिल्लो समय दूधको खपत नहुँदा किसान समस्यामा परेका छन् । उद्योग सञ्चालन भएसँगै केही हदसम्म किसान लाभान्वित हुनेछन् ।
 


प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १०:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पशुपति क्षेत्र विकास कोषले तिज विशेष पार्किङ व्यवस्था 
पशुपति क्षेत्र विकास कोषले तिज विशेष पार्किङ व्यवस्था  आइतबार, भदौ ८, २०८२
राष्ट्रपतिसँग विपिन जोशीका परिवारले गरे  भेट
राष्ट्रपतिसँग विपिन जोशीका परिवारले गरे  भेट आइतबार, भदौ ८, २०८२
खोटाङमा श्रमदान अभियान
खोटाङमा श्रमदान अभियान आइतबार, भदौ ८, २०८२
 टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
 टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु आइतबार, भदौ ८, २०८२
शिक्षा विधेयकमा विरोध कायमै
शिक्षा विधेयकमा विरोध कायमै आइतबार, भदौ ८, २०८२
प्रहरी र पत्रकारबीच घम्साघम्सी 
प्रहरी र पत्रकारबीच घम्साघम्सी  शुक्रबार, भदौ ६, २०८२
क्षमता अभिवृद्धि केन्द्र उद्घाटन गर्दै: मन्त्री यादव
क्षमता अभिवृद्धि केन्द्र उद्घाटन गर्दै: मन्त्री यादव शुक्रबार, भदौ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म गएँ अब भाउजू ! 
म गएँ अब भाउजू ! 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP