Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • अर्थव्यवस्था र आप्रवासनको अवस्थामा सुधार आएको बाइडेनको दाबी
अर्थव्यवस्था र आप्रवासनको अवस्थामा सुधार आएको बाइडेनको दाबी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २५, २०८०

एजेन्सी -  अमेरिकी अर्थव्यवस्था र आप्रवासनको अवस्थामा सुधार आएको बाइडेनn]  दाबी गरेका छन् ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संयुक्त सदनमा आफ्नो वार्षिक ‘स्टेट अफ द यूनियन’ सम्बोधनका त्रममा नोभेम्बरमा हुने निर्वाचनमा आफ्ना सम्भावित प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पमाथि कडा प्रहार गर्दै मुद्रास्फीति र आप्रवासनजस्ता विषयमा उहाँले हासिल गरेका उपलब्धिको प्रशंसा गरेका हुन् । 

महिनौंसम्म बाइडेनको अनुमोदन दर ४० प्रतिशतभन्दा कम रहेको अवस्थामा उहाँको टिप्पणीअझै पनि उच्च मूल्य, अनिश्चित अर्थतन्त्र, सीमा संकट र भूराजनीतिक द्वन्द्वलगायतका कारण निराश भएका अधिकांश अमेरिकीसँग मेल नखाने सम्भावना छ ।“मेरा पूर्ववर्तीबाट मैले अमेरिकी अर्थव्यवस्थालाई संकट उन्मुख अवस्थामा सम्हालेको थिए । अहिले हाम्रो अर्थतन्त्र संसारको ईष्र्या बिषय बनेको छ”, बाइडेनले अमेरिकी अर्थव्यवस्था सुधारोन्मुख रहेको बताउँदै भने, “ज्याला बढ्दै जान्छ र मुद्रास्फीति घट्दै जान्छ !”  

तर ग्यालोपले हालै गरेको एक सर्वेक्षण अनुसार ४५ प्रतिशत अमेरिकीले देशको वर्तमान आर्थिक अवस्थालाई खराब ठान्छन्, एक चौथाइभन्दा बढीले मात्र अवस्थालाई सन्तोषप्रद ठान्छन् । पाँच प्रतिशतभन्दा बढीले मात्र अवस्थालाई उत्कृष्ट ठान्छन् भने २२ प्रतिशतले राम्रो ठान्छन् र अन्य २९ प्रतिशतले स्वाभाविक (न्यायोचित) भएको विश्वास गर्छन् ।  मुद्रास्फीतिले बहुसङ्ख्यक अमेरिकीहरूलाई प्रभावित गरिरहेको सर्वेक्षणले देखाएको छ, जसमा १७ प्रतिशतले उनीहरूको जीवनस्तर कायम राख्ने क्षमतामा असर पार्ने ‘गम्भीर’ कठिनाइ भएको बताएका छन् भने ४६ प्रतिशतले यसलाई ‘मध्यम’ कठिनाई भएको बताएका छन् ।

Hardik health

आफ्नो भाषणमा बाइडेनले आफ्नो टोलीले दुवै दलका सिनेटरहरूसँग वार्ता गरेको र सीमा सुरक्षा सुधारको ‘सबैभन्दा कठिन’ द्विदलीय समर्थन रहेको विधेयकको नेतृत्व गरेको बताए । उनको यो टिप्पणीलाई त्यहाँ उपस्थित रिपब्लिकन सांसदहरूले चर्को स्वरमा आलोचना गरेका थिए ।रिपब्लिकनहरूले हालैको सीमा सम्झौतालाई कठिन कार्य नभएको बताएका थिए ।

अलाबामाका रिपब्लिकन सिनेटर केटी ब्रिटले बिहीबार राति बाइडेनको सम्बोधनमा रिपब्लीकनको औपचारिक प्रतिक्रिया दिँदै राष्ट्रपतिले सीमा संकट सिर्जना गरेको र ‘अपराधीलाई विश्वासमा’ लिने र भोट बैंक सुरक्षित गर्ने प्रयास गरेको बताए  । ब्लुमबर्ग न्यूज र मर्निङ कन्सल्टको हालैको सर्वेक्षणअनुसार अमेरिका–मेक्सिको सीमामा आप्रवासीको सङ्ख्यामा भएको वृद्धिका लागि बाइडेनले जिम्मेवारी वहन गर्नुभएको १० मध्ये छ जनाले बताएका छन् । यो सीमा क्षेत्रमा दुबै दलको राजनीतिक प्रभाव बराबरी रहेको मानिन्छ ।

युक्रेन र रूसबीच लामो समयदेखि जारी द्वन्द्वका बीच राष्ट्रपति बाइडेनले युक्रेनलाई निरन्तर अमेरिकी सैन्य सहायताका साथै गाजामा इजरायली हवाई तथा स्थल आक्रमणजारी रहेका कारण प्यालेस्टिनी नागरिकले भोग्नुपरेको मानवीय संकट दिन प्रतिदिन भयावह बन्दै गएको भन्दै सांसदहरू निराश हुँदै गएका बेला उक्त सम्बोधन गरेका हुन्।

इजरायली र प्यालेस्टिनीबीचको द्वन्द्वबारे बाइडेनको व्यवस्थापन र अमेरिकी अडानबारे युवा मतदाता रूष्ट देखिएका सर्वेक्षणले देखाएको छ ।युवा अमेरिकीहरू विशेष गरी आलोचनात्मक छन्, इजरायलको कारबाही र गाजा द्वन्द्वमा अमेरिकी प्रशासनको व्यवस्थापन दुवैप्रति असन्तोष व्यक्त गर्छन् ।
 
स्टेट अफ द युनियनको सम्बोधनका क्रममा बाइडेनले मतदातालाई आफ्नो नीति सफल भएको विश्वास दिलाउने प्रयास गरेका थिए । सम्बोधनमा  उनले ट्रम्पको नाम उल्लेख नगरी निरन्तर उनको आलोचना गर्दै ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकालको आवश्यकता पुष्टि गरेका थिए । उनले आफ्नो प्रशासनले गरेका राम्रा कामको खुलेर प्रशंसा गरेका थिए । 


प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात
वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात बिहीबार, पुस १०, २०८२
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध बिहीबार, पुस १०, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
नेपालगञ्जमा सुशील कोइराला स्मृति भवन निर्माण
नेपालगञ्जमा सुशील कोइराला स्मृति भवन निर्माण बुधबार, पुस ९, २०८२
बुधबारदेखि ‘विराट ट्रेड एक्स्पो’ सुरु
बुधबारदेखि ‘विराट ट्रेड एक्स्पो’ सुरु बुधबार, पुस ९, २०८२
पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात
पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात बुधबार, पुस ९, २०८२
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP