Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #स्टार्टअप
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #ज्योति_विकास_बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • राष्ट्रपतिबाट टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन
राष्ट्रपतिबाट टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २५, २०८०
तस्विर : रत्न श्रेष्ठ

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६१औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएका छन् ।  सो अवसरमा उनले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरे । 

RatnaShrestha_shivaratri1709882754.jpg

राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन् । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ । समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०८०’ वार्षिक पत्रिका विमोचन गरे । उनले ‘फ्री फल जम्प’ मा प्रथम भएका अमलदार टङ्कबहादुर डाँगी र दोस्रो हुनुभएका सेनानी जगनाथ दनैलाई पुरस्कार प्रदान गरे । राष्ट्रपति पौडेलले सेना दिवस समारोहमा ब्याण्ड प्रस्तुत गर्नुहुने भारतीय, बेलायती र अमेरिकी सेनाका टोली प्रमुखलाई सम्झनास्वरुप उपहार प्रदान गरे ।

Hardik health

यसअघि सेनाको हेलिकप्टरमार्फत पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०८०’ लेखिएको ब्यानर प्रदर्शन गरियो । त्यस अवसरमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ तथा कवाज प्रस्तुत गरेको थियो । समारोहमा सेनाद्वारा विभिन्न रणकौशल तथा परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरियो । कार्यक्रममा मार्चपास समेत प्रस्तुत गरिएको थियो । 

सो अवसरमा नेपाली सेनाले शान्ति मिसनमा प्रयोग गर्दै आएका विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारको प्रदर्शन गरिएको थियो । सेनाको टोलीबाट नेपालको झण्डा, देशको नक्सा, डमरु आकृतिलगायतको प्रस्तुति भएको थियो ।

RatnaShrestha_pm-prsi1709882881.jpg

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ उपस्थित हुन्। उपप्रधानमन्त्री, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमख एवं पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका लब्ध प्रतिष्ठित महानुभाव पनि शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल पुगेका थिए ।

शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो । उक्त समारोहको नेपाल टेलिभिजनलगायत विद्युतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए । समारोहपछि प्रधानसेनापति प्रभुराम शर्माले समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गरे ।


प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँः अध्यक्ष ओली
संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँः अध्यक्ष ओली मंगलबार, मंसिर २, २०८२
एनपिएलमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन
एनपिएलमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन मंगलबार, मंसिर २, २०८२
राष्ट्रिय सभाको सचिवमा कंडेल नियुक्त
राष्ट्रिय सभाको सचिवमा कंडेल नियुक्त मंगलबार, मंसिर २, २०८२
सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईंलाई  थपियाे ४ दिन म्याद
सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईंलाई थपियाे ४ दिन म्याद मंगलबार, मंसिर २, २०८२
प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट
प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट मंगलबार, मंसिर २, २०८२
हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुने
हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुने मंगलबार, मंसिर २, २०८२
बाग्मती सरकारले रोजगारीका लागि निर्ब्याजी ऋण उपलब्ध गराउने
बाग्मती सरकारले रोजगारीका लागि निर्ब्याजी ऋण उपलब्ध गराउने मंगलबार, मंसिर २, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP