Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #स्टार्टअप
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #ज्योति_विकास_बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • यूएन वुमनको अन्तर्राष्ट्रिय सम्मेलनमा महिलामन्त्री चौधरीको नेतृत्वमा प्रतिनिधि मण्डल जाँदै
यूएन वुमनको अन्तर्राष्ट्रिय सम्मेलनमा महिलामन्त्री चौधरीको नेतृत्वमा प्रतिनिधि मण्डल जाँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २५, २०८०

काठमाडौं - महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी यूएन वुमनको कार्यक्रममा सहभागी हुन अमेरिका जानु हुने भएको छ । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लाग्नु भएको हो ।

२६ फागुन (शनिबार) मन्त्री चौधरीको नेतृत्वमा  मन्त्रालयका सचिव सुमनराज अर्यालसँगै २ सहसचिव सहित ७ जनाको टोली सम्मेलनमा भाग लिन जानेछ । मन्त्री चौधरीको नेतृत्वको टोलीलाई सम्मेलनमा भाग लिन बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको नेतृत्वमा सम्मेलनमा भाग लिने भनेर अघिल्लो गठबन्धनको सरकारको मन्त्रिपरिषद्ले नै निर्णय गरेको थियो । सोहि निर्णय अनुसार नवनियुक्त मन्त्री चौधरीले प्रतिनिधि मण्डलको नेतृत्व गरेकी हुन् । देशको प्रतिनिधित्व गर्दै मन्त्रीकै नेतृत्वमा सम्मेलनमा भाग लिन जाने अन्तराष्ट्रिय प्रचलन रहेकोले मन्त्री चौधरीले भ्रमणको नेतृत्व गरेकी हुन् ।

Hardik health

सम्मेलनमा महिला आयोगबाट ३ जना पदाधिकारी र २ कर्मचारीसहित ५ जना, राष्ट्रिय योजना आयोगबाट महिला मामिला हेर्ने सदस्य, समाज कल्याण परिषदबाट २ जनासहित महिला अधिकारवादीहरु समेतको सहभागिता रहनेछ । कार्यक्रममा सहभागी हुन विभिन्न महिला अधिकारवादी संघ संस्थाबाट पनि प्रतिनिधिहरु गइरहेका छन् ।

यसैविच सामाजिक सञ्जालमा आएको अफवाह प्रति महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको सचिबालयले ध्यानाकर्षण भएको जनाएको छ । अघिल्लो गठबन्धन सरकारको मन्त्रिपरिषद्ले सम्मेलनमा भाग लिन जाने निर्णय गरेकोमा सरकार परिवर्तन भएसँगै अघिल्लो मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार नवनियुक्त मन्त्री चौधरीको नेतृत्वमा सम्मेलनमा जान लागिएको सचिवालयले जनाएको छ ।
 
मन्त्री नेतृत्वको प्रतिनिधि मण्डलमा अमेरिकास्थित नेपाली दूतावासबाट ३ जना सहभागी हुने बताइएको छ । मन्त्रालयका अधिकारी सहित मन्त्री र सचिवको भ्रमण खर्च सरकारले ब्यहोर्ने छ । अन्यहरु व्यक्तिगत खर्चमा अमेरिका जानेछन् ।

चौधरी बुधबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएकी हुन् । बुधबारै मन्त्रालयको कार्यभार सम्हालेसँगै मन्त्री चौधरीले सचिव, सहसचिव लगायत कर्मचारीहरुसँग महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका सवालमा प्रत्यक्ष देखीने कार्यहरु गर्न आफु आएकोले सकारात्मक र रचनात्मक सहयोग गर्न अनुरोध गर्नुभएको थियो । सोही बखत मन्त्री चौधरीले महिलाका सवालमा ग्रासरुटसम्मै काम गर्न ७७ वटै जिल्लाहरुमा पुग्ने गरी आउँदो आर्थिक वर्षको बजेट तथा कार्यक्रम बनाउन पनि निर्देशन दिएको थियो ।


प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँः अध्यक्ष ओली
संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँः अध्यक्ष ओली मंगलबार, मंसिर २, २०८२
एनपिएलमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन
एनपिएलमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन मंगलबार, मंसिर २, २०८२
राष्ट्रिय सभाको सचिवमा कंडेल नियुक्त
राष्ट्रिय सभाको सचिवमा कंडेल नियुक्त मंगलबार, मंसिर २, २०८२
सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईंलाई  थपियाे ४ दिन म्याद
सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईंलाई थपियाे ४ दिन म्याद मंगलबार, मंसिर २, २०८२
प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट
प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट मंगलबार, मंसिर २, २०८२
हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुने
हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुने मंगलबार, मंसिर २, २०८२
बाग्मती सरकारले रोजगारीका लागि निर्ब्याजी ऋण उपलब्ध गराउने
बाग्मती सरकारले रोजगारीका लागि निर्ब्याजी ऋण उपलब्ध गराउने मंगलबार, मंसिर २, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP