Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
  • #‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • शान्ति प्रक्रिया टुंगोमा पुर्‍याऔं
शान्ति प्रक्रिया टुंगोमा पुर्‍याऔं
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २१, २०८०

आइतबार कानुन, न्याय तथा मानवअधिकार समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम खुसी सुनिएकी थिइन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टिआरसी) विधेयक’ समितिबाट पारित हुनै लागेपछि सांसद गौतम भन्दै थिइन्– म जन्मेको बेला सुरू भएको द्वन्द्वको निरुपण म संसद्मा आइपुग्दा बल्ल सहमति जुटेको छ । मलाई त निकै खुसी लागेको छ । दलहरुबीच यस्तै मेलमिलाप हुनु जरुरी छ ।

सोबितालाई लागेको खुसी भने धेरै बेर टिक्न सकेन । सबै दल र नेपाली कांग्रेसका धेरैजसो सांसदले पनि सहमत जनाइसकेको विधेयकमा अन्तिममा कानुनमन्त्री धनराज गुरुङले अंकुश लगाए । ‘माननीय सोबिता गौतमको खुसीमा केही समय ब्रेक लाग्ने भयो । सरकारलाई यो विषयमा सोच्न केही समय चाहिने भयो,’ मन्त्री गुरुङले भने । यसअघि कानुन नबनेको भन्दै आफैं असन्तुष्टि जनाउने कानुनमन्त्री एकाएक पारित भएर संसद्मा जान लागेको विधेयक रोक्न अघि सरे ।

यो आफैंमा उदेगलाग्दो विषय नै हो । विपक्षी सांसदको विरोधले विधेयक रोक्न खोज्नु संसदीय अभ्यासमा सामान्य मानिन्छ, तर सरकारकै सम्बन्धित मन्त्रीले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन रोक्न खोज्नु असामान्य घटना हो । २०५२ बाट सुरू भएको सशस्त्र युद्धको विराम भएसँगै सत्ता पक्ष र तत्कालीन विद्रोही माओवादी पक्षबीछ विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष भइसक्यो ।

Hardik health

१७ वर्षको समयमा दलहरुले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन शब्दहरुकै विषयमा विवाद गर्दै समय खेर फाल्यो । मुख्यतया नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गम्भीर प्रकृतिका मानवअधिकारका विषयलाई ‘हत्या’ भनेर उल्लेख गर्नुपर्ने अडान नछाडि बसे ।

त्यसैगरी कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो नेतृत्वमा टुंगोमा पुर्‍याएर जस लिने अडानमा बसे । अहिले सबैभन्दा राम्रो अवसर के छ भने त्यतिबेलाका विद्रोही पक्षका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री छन् । दाहाल आफैं सत्य निरुपण तथा मेलमिलापलाई टुंगोमा पुर्‍याउन दत्तचित्त भएर लागेका देखिन्छन् । यो निकै सुखद विषय हो नेपालको लागि ।

यो बीचमा कैयन् द्वन्द्वपीडितले अभावमा जीवन बिताएका छन् । सरकारले क्षतिपूर्ति देलान् र केही होला भनेर पीडित पक्ष कुरिरहेका छन् भने जे पनि हुनसक्छ भनेर पीडक पक्ष त्रसित भएर बसेका छन् । यस्तो अवस्थामा राज्यले न्यायोचित तरिकाले चाँडै टिआरसीलाई टुंग्याइदिनुपर्छ ।

यसले एक त मुद्दाहरु किनारा लाग्छन् भने घाउका खाटाहरु पनि चाँडै निको हुन्छ । वारपार भएपछि सबैलाई एक किसिमको शान्ति नै मिल्नेछ । यदि कोही कसैप्रति अन्याय भएको रहेछ भने अदालतको ढोका खुल्ला नै रहन्छ । त्यसैले सरकारले लम्बेतान नगरी शान्ति प्रक्रियालाई शीघ्र टुंगोमा पुर्‍याउनु नै हितकर हुन्छ ।
 


प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP