Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • टेरामक्स र टिआरसीले ततायो राजनीति
टेरामक्स र टिआरसीले ततायो राजनीति
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, फागुन २१, २०८०
  • टिआरसी विधेयक रोकिँदा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको फिनल्यान्ड भ्रमण रद्द
  •   फिनल्यान्डको राजधानी हेल्सिन्कीमा आयोजना हुने ‘सेकेन्ड युएन एलडिसी फ्युचर फोरम’ मा सहभागी हुन मन्त्री साउद आइतबार राति प्रस्थान गर्ने कार्यक्रम थियो
  • टेरामक्समा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई बिदामा बस्न प्रधानमन्त्री दाहालको निर्देशन 

काठमाडौं– दूरसञ्चारसम्बन्धी टेरामक्स प्रकरण र ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टिआरसी) विधेयक’ का कारण राजनीति तरंगित बनेको छ । टेरामक्स भ्रष्टाचार प्रकरणमा मुछेका मन्त्रीलाई सरकारबाट हटाउनैपर्ने र टिआरसी पारित गर्नैपनै अल्टिमेटमका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रस्तुत भएका छन् ।

यही विषयलाई लिएर प्रधानमन्त्री दाहालले आफ्नो कामको रफ्तार बढाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आइतबारमात्र दाहालले दुईपटक भेटे । ओलीसँगको भेटपछि सत्ता साझेदार नेपाली कांग्रेससँग दाहालले घुर्की लगाएसँगै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आफ्ना पार्टीका मन्त्रीहरुसँग छलफल गरेका छन् ।
आइतबार साँझ ५ बजे बूढानीलकण्ठ पुगेर मन्त्रीहरुले अहिले नै पदबाट नहटाउन अनुरोध गरेका थिए । तर देउवाले दाहालले निकै अप्ठेरोमा पारेको भन्दै मन्त्रीहरुलाई पद छाड्न तयार रहन निर्देशन दिएर पठाए । बैठकमा परराष्ट्रमन्त्री साउद भने जान पाएनन् । फिन्ल्यान्ड उड्न तयारी गरेकाले उनी बैठकमा छुटेका थिए । तर पछि उनको फिन्ल्यान्ड भ्रमण नै रद्द भयो ।
फिनल्यान्डको राजधानी हेल्सिन्कीमा आयोजना हुने ‘सेकेन्ड युएन एलडिसी फ्युचर फोरम’ मा सहभागी हुन मन्त्री साउद आइतबार राति प्रस्थान गर्ने कार्यक्रम थियो । पछिल्ला दिनमा नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा दाबी गरेपछि कांग्रेससँग सम्बन्ध र गठबन्धनमा तिक्तता आएको बताइएको छ । 

प्रधानमन्त्री दाहालको आफ्नै अडान
आइतबार जसरी पनि ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पारित हुनेमा ढुक्क थिए दाहाल । त्यसका लागि दाहालले बिहानै एमाले अध्यक्ष ओली र कांग्रेसका सभापति देउवासँग बालुवाटारमा भेटेका थिए । त्यतिमात्र हैन प्रधानसेनापति प्रभुराम शर्मासँग पनि सहमति नजुटेका विषयमा समन्वय गर्न भन्दै बिहानै भेटेका थिए । 

Hardik health

प्रधाननसेनापति शर्मा एमाले अध्यक्ष ओली भेट्न बालुवाटारबाट बालकोट पुगे । त्यसपछि ओली पनि यो विधेयक पारित गर्न लचक बने । जबकि ओलीले मानवअधिकारको गम्भीर उल्लंघनमा दोहोरो भिडन्तमाबाहेक गरिएको हत्या राख्नुपर्ने अडान छाडेका थिएन । कांग्रेससँगको गठबन्धन फुटाउने बिन्दुमा आएर एमाले यस विषयमा सहमत भएपछि दाहाल ढुक्क बने ।
दिउँसो कानुन, न्याय तथा मानवअधिकार समितिमा टिआरसी विधेयकमा दलहरुबीच गम्भीर छलफल भयो । एमाले, माओवादी, राप्रपा र रास्वपा विधेयक पारित गर्न तयार भए । यहीबेला कानुनमन्त्री धनराज गुरुङले विधेयक पारित नहुने संकेत गरे । आफ्नो कार्यकालमा विधेयक पारित हुन लाग्दा कानुनमन्त्री धनराज गुरुङ खुसी हुनुपर्ने हो तर उल्टै उनैले विधेयक समितिबाट पारित गर्नका लागि समय मागे ।

‘माननीयज्यूहरु, यो विधेयक पारितका लागि केही समय चाहिने भयो,’ गुरुङको प्रस्ताव गरे । सबैको सुझाव समेटेर मस्यौदा तयार गरेपछि समितिमा छलफलका लागि फेरि ल्याउने मन्त्री गुरुङले थप प्रस्ताव गरे । मन्त्रीकै आग्रहमा समितिकी सभापति विमला सुवेदी राजी भइन् । उनले कुनै मिति नतोकी अर्को सूचना जारी गरेर अर्को बैठक राख्ने जानकारी दिइन् । आइतबार राति समितिका सचिव अधिराज राईले एक सूचना जारी गर्दै यसै विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफलका लागि आज (सोमबार) ७ः४५ का लागि बैठक डाकेको जनाएका छन् ।
कांग्रे सभापति देउवाका स्वकीय सचिव भानु देउवाले मन्त्रीहरुसँग टिआरसी विधेयकमा कसरी जाने भन्ने विषयमामात्र छलफल गरेको बताए । ‘ण्टिआरसीको विषयमा छलफल गर्न मन्त्रीहरुलाई बोलाउनुभएको हो । भोलि बैठक छ समितिमा । यसलाई भोटिङमा लाने कि सहमतिमा लाने भन्ने विषयमा छलफल भएको हो,’ सभापति देउवाका स्वकीय सचिव देउवाले भने । सकेसम्म सहमतिमा जाने नभए भोटिङमा पारित गर्ने भन्ने निर्णय बैठकको रहेको उनले बताए ।

कांग्रेस मन्त्रीको सेट नै फेर्ने तयारी
कांग्रेस सभापति देउवाले कांग्रेसका मन्त्रीहरुलाई प्रधानमन्त्री दाहाल निकै रिसाएको भन्दै ‘ब्रिफ’ गरेका थिए, बूढानीलकण्ठमा । मन्त्रीहरुलाई देउवाले मन्त्रिमण्डल हेरफेर हुनसक्छ तयार रहनु भन्ने निर्देशन दिए । एक जनालाई मात्र हटाउँदा कारबाही हुने देखिएकोले सबै मन्त्री फेर्न कांग्रेस लगभग तयार रहेको स्रोतले जनायो । ‘मोहन बस्नेतको केसमा पार्टी सिरियस हो । तर उहाँलाई मात्र हटाउँदा कारबाही गरेजस्तो देखिन्छ । त्यसैले सबैजना फेरिन सक्छ भनेर सभापतिले निर्देशन दिनुभएको छ,’ स्रोतले भन्यो । प्रधानमन्त्री दाहाल भने अर्थमन्त्री डा. प्रकाशशरण महतसँग रुष्ट थिए । महतलाई ‘सुपर मन्त्री’ भन्दै दाहालले रोष प्रकट गरे पनि देउवाले कुनै हालतमा उनलाई हटाउन चाहेका थिएनन् ।
माओवादी अध्यक्षसमेत रहेका दाहाल टिआरसी आफ्नै पालामा पारित भएको जस लिन गठबन्धन नै फेरबदलको बार्गेनिङमा लागेको बताइन्छ । टिआरसी विधेयक शीर्ष नेताहरु ओली र देउवा पनि आफ्नो नेतृत्वमा पारित गर्न चाहन्छन् । राष्ट्रिय सभा अध्यक्ष र मन्त्री फेरबदलको निहुँ बनाएर दाहालले आफ्नो पालामा टिआरसी विधेयक पारित गर्न खोजेको माओवादी नेताहरु बताउँछन् । 

मुख्यसचिवलाई बिदामा बस्न निर्देशन
यसैबीच प्रधानमन्त्री दाहालले मुख्यसचिव बैकुण्ठ अर्याललाई बिदामा बस्न निर्देशन दिएका छन् । आइतबार सिंहदरबारमा भेटेर दाहालले मुख्यसचिवलाई बिदामा बस्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
टेरामक्स खरिद प्रकरणमा अनियमितताको आरोप लागेका र अनुचित आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव अर्याललाई बिदामा बस्न निर्देशन दिएका हुन् । टेरामक्स खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव अर्यालसँग यसअघि नै बयान लिइसकेको छ । उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव हुँदा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसँग तेस्रो व्यक्तिको बैंक खातामार्फत दुईपटकमा गरी १४ लाख रुपैयाँ बुझेको पनि सार्वजनिक भएको छ ।

उनीमाथि पौडेललाई दोस्रोपटक नियुक्ति दिलाउन भूमिका खेलेको आरोप छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार गरेको भन्दै गत वैशाख ३ गते ६९ करोड आठ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएका पौडेल अकुत सम्पत्ति आर्जनको आरोपमा माघ १० देखि अख्तियारको हिरासतमा छन् । यही प्रकरणमा स्वास्थ्यमन्त्री बस्नेतको नामसमेत जोडिएको छ । यही प्रकरणमा मुछिएका कारण बस्नेतलाई मन्त्रीबाट हटाउनुपर्ने माग कांग्रेसभित्रै उठेको छ । 
 


प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १०:२८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP