Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राष्ट्रिय सभामा आजदेखि फेरिँदै दलीय हैसियत
राष्ट्रिय सभामा आजदेखि फेरिँदै दलीय हैसियत
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, फागुन २०, २०८०
  • राष्ट्रिय सभा अध्यक्ष, दुई मन्त्रीसँगै २० सांसद आज बिदा हुँदै
  •  ५९ सदस्यीय राष्ट्रिय सभामा माओवादीको १८, कांग्रेसको १६, एमालेको १०, एकीकृत समाजवादीको आठ, जसपाको तीन, लोसपाको एक, जनमोर्चाको एक र मनोनीत बामदेव गौतम 
  • एमाले सांसद डा. विमला राई पौडेलको स्थानमा राष्ट्रपतिबाट मनोनीत गर्न बाँकी 

काठमाडौं– संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा आजदेखि दलीय हैसियत फेरिँदै छ । आज राष्ट्रपतिबाट मनोनीत एक जनासहित २० जना सदस्यको पदावधि सकिएसँगै सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्र पहिलो दल बनेको छ । माओवादी १८ सदस्यसहित राष्ट्रिय सभामा पहिलो दल बनेको हो ।

प्रतिनिधिसभामा भने ३२ सिटसहित माओवादी तेस्रो हैसियतमा छ । तर, ११ माघमा भएको निर्वाचनको परिणामले माओवादीलाई आजदेखि राष्ट्रिय सभामा भने पहिलो दल बनाएको हो । अब राष्ट्रिय सभामा माओवादीका नयाँ सांसदहरू श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, झक्कुप्रसाद सुवेदी, विष्णुबहादुर विश्वकर्मा र रेणु चन्द थपिँदै छन् । 

पुराना सांसदहरू सुरेश आले मगर, राधेश्याम पासवान, मायाप्रसाद शर्मा, भुवनबहादुर सुनार, नारायणकाजी श्रेष्ठ (गृहमन्त्री), नरबहादुर विष्ट, तारामान स्वाँर, जगतबहादुर पार्की, जगप्रसाद शर्मा, गंगाकुमारी बेलबासे,  गोपीबहादुर अछामी, उर्मिला अर्याल (राष्ट्रिय सभा उपाध्यक्ष) र नारायणप्रसाद दाहाल (मनोनीत) छन् । 

राष्ट्रिय सभा ५९ सदस्यीय हो । यसमध्ये सर्वाधिक १८ जना सांसद माओवादीको छ । यो भनेको प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेसको भन्दा दुई सिट बढी हो । कांग्रेस १६ सांसदसहित राष्ट्रिय सभामा माओवादीभन्दा पछि छ । कांग्रेसका कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट नयाँ सांसद हुन् । उनीहरूको भोलि राष्ट्रिय सभा प्रवेश हुने छ । हाल संसद्मा कांग्रेसका युवराज शर्मा, नारायणदत्त मिश्र, दुर्गा गुरुङ, गोपालबहादुर बस्नेत, कृष्णप्रसाद पौडेल र कमला पन्त छन् । यसरी संसद्मा नयाँ र पुराना गरी कांग्रेसका १६ जना सांसद छन् । यसअघि कांग्रेस राष्ट्रिय सभामा तेस्रो दलको हैसियतमा थियो । गठबन्धन गरेर पछिल्ला दुई राष्ट्रिय सभा चुनाव लडेपछि भने कांग्रेसको सांसद संख्या यसअघि पहिलो रहेको एमालेको भन्दा बढी भयो । 

Hardik health

प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमाले भने राष्ट्रिय सभामा खुम्चिएको खुम्चिएकै छ । पछिल्ला दुई राष्ट्रिय सभा निर्वाचन राप्रपासँग मात्रै गठबन्धन गरेर लड्दा एमाले एक÷एक सिटमा मात्रै सीमित भए । जसकारण एमाले १० सिटसहित तेस्रो दलको रूपमा राष्ट्रिय सभामा हुने छ । अब राष्ट्रिय सभामा एमालेका रुक्मिणी कोइराला (नयाँ), सोनाम ग्याल्जेन शेर्पा, सुमित्रा बि.सी., शारदादेवी भट्ट, भगवती न्यौपाने, विमला घिमिरे, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, गोपाल भट्टराई र इन्दिरादेवी गौतम हुने छन् ।

कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलहरू गठबन्धनमा रहँदा एमालेले चुनावी नतिजा आफ्नो पक्षमा पार्न सकेन । परिणामतः एमाले क्रमशः राष्ट्रिय सभामा कमजोर बन्दै गएको हो । बरू, एमालेबाटै फुटेर बनेको दल नेकपा एकीकृत समाजवादी राष्ट्रिय सभामा थप बलियो भएको छ । एमालेको भन्दा यस दलसँग दुई सांसद कम छ । 

संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार यस दलसँग घनश्याम रिजाल (नयाँ), सावित्री मल्ल (नयाँ), राजेन्द्रलक्ष्मी गैरे, मदनकुमारी शाह (गरिमा), डा. बेदुराम भुसाल (कृषिमन्त्री), जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना र उदयबहादुर बोहरा सांसद छन् । राष्ट्रिय सभाको गत दुवै निर्वाचनमा यस दल पनि कांग्रेस, माओवादी, जसपालगायत दलहरूसँग गठबन्धन गरेर चुनाव लडेको थियो ।

संसद्को छैटौं दल जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय सभामा पाँचौं स्थानमा छ । यस दलसँग नयाँ र पुराना गरी तीन जना सांसद छन् । नयाँ पूजा चौधरी र पुराना मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद खालिद छन् । यही दलबाट फुटेर बनेको दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एक जना सांसद छ । उनी शेखरकुमार सिंह हुन् । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा राष्ट्रिय सभा सदस्य छन् । गत ११ माघमा चुनाव हुनुभन्दा अघि सत्ता गठबन्धन दलहरूबीच भएको भनिएको भद्र सहमतिअनुसार भने यस दलको एक जना सांसद थपिन सक्छ । जुन राष्ट्रपतिबाट मनोनीत हो । चलेको चर्चाअनुसार जनमोर्चाको मातृपार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहकी पत्नी दुर्गा पौडेल राष्ट्रपतिबाट मनोनीत हुनेछिन् । उनी यसअघि प्रतिनिधिसभा सदस्य थिइन् । उनै पौडेल यदि राष्ट्रपतिबाट मनोनीत भएको अवस्थामा जनमोर्चाको दुई जना सांसद राष्ट्रिय सभामा हुने छ । 

राष्ट्रिय सभामा बामदेव गौतम पनि छन् । उनी राष्ट्रपतिबाट मनोनीत हुन् । पूर्वएमाले नेता उनी नेकपा एकता राष्ट्रिय अभियानका संयोजक हुन् । एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपाको सिफारिसमा उनी राष्ट्रपतिबाट मनोनीत भएका थिए । तर, नेकपा विघटनपछि भने उनी एमाले र माओवादी दुवैतिर खुलेका छैनन् । यसले गर्दा राष्ट्रिय सभामा स्वतन्त्र सांसदजस्तै छन् । 

२० सांसद, जो बिदा हुँदै छन् 
पदावधि सकिएपछि आज राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदै छन् । बिदा हुनेमा सर्वाधिक प्रमुख विपक्षी दल नेकपा एमालेका नौ जना सांसद छन् ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सांसदहरू दीपा गुरुङ,  इन्दिरा कडरिया, दिलकुमारी रावल पार्वती, कुमार दसौंदी, नरपति लुवार,  भैरवसुन्दर श्रेष्ठ (प्रमुख सचेतक), रामचन्द्र राई र डा. विमला राई पौडेल (मनोनीत) बिदा हुँदै छन् ।
नेपाली कांग्रेसबाट दलको नेता रमेशजंग रायमाझी, प्रमुख सचेतक अनिता देवकोटासँगै जितेन्द्रनारायण देव र प्रकाश पन्थ बिदा हुँदै छन् ।
माओवादी केन्द्रबाट बिना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा तथा नेकपा एकीकृत समाजवादीबाट भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाई र सिंहबहादुर विश्वकर्मा बिदा हुँदै छन् । संसद् सचिवालयका अनुसार जनता समाजवादी पार्टी (जसपा)बाट शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारी र स्वतन्त्र सांसद डा. खिमलाल देवकोटा पनि पदावधि सकिएपछि आजै बिदा हुने भएका छन् ।
 


प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP