Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • भक्तपुरका निजी विद्यालयले फागुनमै सुरु गरे भर्ना अभियान
भक्तपुरका निजी विद्यालयले फागुनमै सुरु गरे भर्ना अभियान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन १६, २०८०

भक्तपुर - सरकारले वैशाख १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्दैछ । चैतमा कक्षागत अन्तिम परीक्षा र त्यसको नतिजा सार्वजनिक गरेपछि बल्ल वैशाख १ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गरेर नयाँ भर्ना गर्नुपर्ने हो । 

सरकारले हरेक वर्ष वैशाख १ देखि नै सरकारी र निजी विद्यालयका लागि विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि आह्वान गर्दैछ । विद्यालयले अन्तिम परीक्षाको अन्तिम नतिजा सार्वजनिक नगरेसम्म विद्यार्थी भर्ना गर्न पाइँदैन । यहाँका निजी विद्यालयले भने सो अन्तिम परीक्षा सञ्चालन हुनु एक महिनाअगाडि नै विद्यार्थी भर्ना अभियान सञ्चालन गरेका छन् ।

मध्यपुरथिमि नगरपालिका–२ सानोठिमी जातिगालस्थित मातृभूमि माध्यमिक विद्यालयले कक्षा नर्सरीदेखि कक्षा ८ सम्म भर्ना खोलेको छ । सीमित सिटमा केही दिनका लागि भन्दै विद्यालयको पेज, सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट विद्यार्थी भर्नाका लागि आह्वान गरेको छ । विद्यार्थीसँग चर्को शुल्क असुल्ने गरेको भन्दै विवादमा पर्दै आएको यो विद्यालयले फागुन १० गतेदेखि नै भर्ना खुल्ला गरेको छ । आलोक विद्याश्रम काठमाडौँदेखि भक्तपुर, ललितपुर र काठमाडौँका सयौँ संस्थागत विद्यालयले यतिखेर विद्यार्थी भर्ना अभियान सञ्चालन गरेका छन् । 

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले फागुनमै विद्यार्थी भर्ना गरेर गलत गरेको बताउनुभयो । उहाँले सङ्घीयताको मर्मअनुसार शिक्षाको सम्पूर्ण जिम्मेवारी विद्यालय दर्ता गर्ने, व्यवस्थापन गर्ने, कक्षा सञ्चालन अनुमति दिने, अनुगमन गर्नेदेखि कारबाही गर्नेसम्मको अधिकार स्थानीय सरकारलाई दिएकाले स्थानीय सरकार सक्रिय हुनुपर्ने बताउनुभयो । प्रवक्ता सापकोटाले भन्नुभयो, “शिक्षाका सबै विषय स्थानीय सरकारको अधिकारभित्र पर्छ, त्यसको नियमन स्थानीय सरकारले गर्नुपर्ने हो ।

Hardik health

चैत त नियमित र जिल्लास्तरीय पुराना कक्षाको परीक्षा सञ्चालन र नतिजा प्रकाशनमै बित्छ । परीक्षाको नतिजा नआई नयाँ भर्ना लिन पाइँदैन । यसमा स्थानीय तहले कडाइ गर्नुप¥यो अन्यथा सङ्घीय सरकार बाध्य भएर अगाडि बढ्नुपर्ने हुन्छ ।”

    निजी तथा आवासीय माध्यमिक विद्यालय अर्गनाइजेसन (प्याब्सन) भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठले सरस्वती पूजादेखि विद्यालयहरुले विद्यार्थी भर्ना अभियान सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरस्वती पूजादेखि कक्षा प्ले ग्रुप, नर्सरीदेखि कक्षा १ सम्म विद्यार्थी भर्ना लिनु सामान्य हो तर कक्षा २ देखि भर्ना लिनु चाहिँ गलत हो । केही विद्यालयले अहिले नै नर्सरीदेखि कक्षा ९ सम्म भर्ना खुल्ला गरेको पाइएको छ । त्यसो नगर्न हामी तत्कालै प्याब्सनबाट आधिकारिक रुपमा पत्राचार तथा आह्वान गर्छौं ।”     

एन प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले केही ठूला र नाम चलेका विद्यालयले जथाभावी रुपमा नियम विपरीत फागुन पहिलो सातादेखि नै माथिल्लो कक्षामा विद्यार्थी भर्नाको आह्वान गरेकोे बताउनुभयो । उहाँले आफ्ना मातहतका विद्यालयलाई त्यसो नगर्न भनेको बताउँदै स्थानीयदेखि केन्द्रीय सरकारसम्मले यस्ता विषयमा ध्यान दिन नसकेको बताउनुभयो ।  एनप्याब्सन अध्यक्ष खड्काले भन्नुभयो, “केही नाम चलेका र ठूला भनिने विद्यालयले जे गरे पनि सरकारले देख्दैन । उनीहरुले परीक्षा सञ्चालन नहुदै माथिल्लो कक्षामा भर्ना खोल्न थालिसके । मनोमानी चर्को शुल्क निर्धारण गरिसके तर हाम्राजस्ता साना विद्यालयमाथि भने शुल्कदेखि हरेक कार्यमा सरकार अङ्कुश लगाउन खोज्छ । सरकार नै विभेद गर्छ ।”

 हाल अध्ययनरत कक्षामा विद्यार्थी उत्तीर्ण हुने हो कि होइन र उसको नतिजा कस्तो आउने हो त्यो थाहा नै नभई माथिल्लो कक्षाका लागि विद्यार्थी भर्ना गर्नु अवैध भएको अभिभावकहरु बताउँछन् । अभिभावक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष केशव पुरीले सरकार मौन बस्दा जे गरे पनि हुन्छ भन्ने मान्यता संस्थागत विद्यालय सञ्चालकहरुलाई पर्दा मनोमानी बढेको बताए  । 

उनले भने, “कक्षा ९ सम्म विद्यार्थी भर्ना खुलेको पोष्टर, ब्यानर र विज्ञापनहरु जताततै देखिन थालेका छन् । परीक्षा नसकिँदै नतिजा नआउँदै विद्यार्थी भर्ना गर्ने अधिकार उनीहरुलाई कसले दियो ? विद्यार्थी भर्नाको सरकारी शैक्षिक तालिका उल्लङ्घन गर्दा सरकार किन मौन छ ? अधिकारप्राप्त स्थानीय तह किन नियमन गर्दैन ? सरकारी निकायका कमजोरीको मारमा अभिभावक र विद्यार्थी पर्नु परेको छ ।”

 


प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु बिहीबार, माघ ८, २०८२
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण बिहीबार, माघ ८, २०८२
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’ सोमबार, माघ ५, २०८२
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख सोमबार, पुस २८, २०८२
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’ सोमबार, पुस २८, २०८२
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’ सोमबार, पुस २८, २०८२
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द मंगलबार, पुस २२, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP