Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
  • #‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सेवाग्राहीलाई सास्ती दिने कार्यशैली सुधार
सेवाग्राहीलाई सास्ती दिने कार्यशैली सुधार
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १३, २०८०


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डको कामप्रति बेलाबेला प्रश्न उठ्ने गरेको छ । सरकारले वैदेशिक रोजगार व्यवसायलाई प्रवद्र्धन गर्न, सो व्यवसायलाई  सुरक्षित, व्यवस्थित र मर्यादित  बनाउन तथा वैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण कार्य गर्ने प्रयोजनका लागि बोर्ड गठन गरेको थियो । वैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ मा भएको व्यवस्थाबमोजिम गठन भएबो बोर्डले उद्देश्यअनुरुपको काम भने गर्न सकेको छैन । जसले गर्दा बोर्डको कामप्रति प्रश्न उठ्नु स्वाभाविक हो ।

हाल बोर्डको अनलाइन प्रणाली निरन्तर अवरुद्ध बन्दा सेवाग्राहीलाई सास्ती भएको छ । दुई हप्तादेखिको यो समस्या हटाउन बोर्ड असफल देखिएको छ । जसको प्रत्यक्ष प्रभाव सेवाग्राहीमा परेको छ । यति लामो समयसम्म पनि अनलाइन प्रणालीमा देखिएको समस्या सुझाउन नसक्नु बोर्डको चरम लापारवाही हो । बोर्ड नेतृत्वले यसको जिम्मेवारी लिनुपर्छ । किनकि सूचना प्रविधिले छलाङ मारिसकेको वर्तमान अवस्थामा अनलाइन प्रणालीको समस्या दुई हप्तासम्म पनि ‘रिकभर’ गर्न नसक्ने भन्ने हुन्न ।

यही फागुन १ गते सफ्टवेरमा समस्या आएको भन्दै बोर्डले सूचना जारी गरेको थियो । सूचनामा आर्थिक सहायतालगायतका सेवाग्राहीलाई दिनुपर्ने सेवा अवरुद्ध हुन पुगेको उल्लेख गरिएको थियो । वेबसाइटको सर्भरमा केही दिनदेखि आएको समस्या छिट्टै सञ्चालन हुने बताए पनि झण्डै दुई हप्ता बित्दासम्म समस्या समाधन भएको छैन । बोर्डले अझै पनि अनलाइन प्रणाली अवरुद्ध रहेको सूचना आफ्नो वेबसाइटमा राखिरहेको छ । वेबसाइटको भण्डारण क्षमता (स्पेस)भन्दा बढी ‘डेटा’ तथा फाइल अपलोड हुँदा सफ्टवेयरमा समस्या आएको बोर्डका निर्देशक एवं सूचना अधिकारी टीकाराम ढकाल बताउँछन् ।

Hardik health

बोर्डको प्रणाली अवरुद्ध बन्दा मुख्यगरी रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका आफन्तलाई राहत दिने कार्य प्रभावित बनेको छ । आफन्त गुमाएर शोकमा रहेका परिवारलाई बोर्डले थप सास्ती दिइरहेको छ । मृतकका परिवारलाई आर्थिक सहायता, बिरामी एवं अंगभंग भएकालाई उपचार खर्च उपलब्ध गराउने, विदेशमा अलपत्र परेका शव ल्याउन सहयोग, रोजगारदाता मुलुकमा आन्तरिक विद्रोह, आर्थिकमन्दीका कारण अलपत्र परेका कामदारलाई उद्धार गर्ने, जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन, विदेशमा सुरक्षित गृह सञ्चालन गर्ने जिम्मेवारी बोर्डले बोकेको छ । तर, एउटा अनलाइन प्रणाली रिकभर गर्न नै दुई हप्ताभन्दा बढी समय लगाउनुले नै बोर्डको काम कति प्रभावकारी भइरहेको छ भन्ने प्रस्ट्याउँछ । यस्तो कार्यशैली तत्काल सुधार गरी सेवाग्राहीलाई राहत दिलाउन ढिला नगरियोस् ।
 


प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १२:१६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP