Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
विचार
  • Home
  • विचार
  • म्हेन्दोमाया नाच्य गीतको परिचय र विशेषता
म्हेन्दोमाया नाच्य गीतको परिचय र विशेषता
गोपाल फ्युबा तामाङ
गोपाल फ्युबा तामाङ शुक्रबार, फागुन ११, २०८०

लोकसाहित्य कुनै पनि जाति वा समुदायको भाषा, साहित्य, कला र संस्कृतिको आधार हो । लोक दर्शनबाटै समाजका आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक पक्षहरू सञ्चालित भएका हुन्छन् । जसले मानव हुनुको पूर्णतालाई अघि सार्दै जीवनलाई बाँच्न र बचाउन प्रेरित गर्दछ । त्यही लोकसाहित्यको एक पाटो लोकगीत पनि हो । लोकले सिर्जना गरेको लोकको भाकाहरू नै लोकभाका हुन् । तामाङ समुदायमा प्रचलित धेरै लोक भाकाहरूमध्ये म्हेन्दोमाया पनि एक हो ।

२८६०औं डुक (गरुड) सोनाम ल्होछारको अवसरमा यही माघ २६, २७ र २८ गते काठमाडौंको टुँडिखेलमा बृहत् कार्यक्रम सम्पन्न गरियो । नेपाल तामाङ घेदुङको संयोजन तथा विभिन्न तामाङ संघसंस्थाहरुको सहभागितामा गठित ल्होछार मूल आयोजक समितिले तामझामका साथ टुँडिखेलमा ल्होछार मनाएको हो । ल्होछारको आगमनसँगै देश तथा विदेशमा विभिन्न कार्यक्रम, महोत्सव गरी ल्होछार मनाएका खबरहरु आए । र, अझै मनाउने क्रम जारी छ । 

सुखद संयोग नै मान्नुपर्छ २८६०औं ल्होछारको मुख्य स्टेजमा म्हेन्दोमायाको खोज भयो । अझ हुने क्रम जारी छ । ल्हाप्साङकर्पो (नुवाकोट, धादिङ र रसुवाको उत्तरी क्षेत्र) र त्यस क्षेत्रका तामाङहरु बसाइ सरेर बसेका स्थानहरुमा म्हेन्दोमाया कलाकारको माग बढ्दो छ ।

यसै क्रममा संघीय ल्होछार कार्यक्रममा माघ २६ गतेका दिन म्हेन्दोमाया कलाकार संघको तर्फबाट प्रस्तुतिका लागि समय दिइयो । दोस्रो दिन माघ २७ गते गायक राम गोम्जा र गायक तथा कलाकार रोशन फ्युबा संगुलले म्हेन्दोमाया गाएर आमदर्शकलाई नचाए । सम्भवतः यसरी म्हेन्दोमायालाई पनि मुख्य कार्यक्रममा समेटेको पहिलोपटक हुनुपर्छ । यसअघि म्हेन्दोमाया गाउनेहरु स्वयंले पनि स्टेज चढेपछि अन्य गीत गाएर म्हेन्दोमायाप्रेमीलाई निराश पारेका तथ्य लेखक स्वयंले भोगेको यथार्थ छ ।

Hardik health

यसरी हेर्दा म्हेन्दोमायाको दायरा बढिरहेको छ । अझ २७ गते १० बजेसम्म पोस्टरमा प्रचार गरेर पनि रोशन फ्युबाको पालो नआएपछि दर्शकदीर्घबाट ‘म्हेन्दोमाया लभर्स’हरुले होहल्ला गरेका थिए । त्यसैले त स्टेजबाटै गायक फ्युबाले ‘आफैं संयोजक रहेकाले मैले अरू साथीहरुलाई पालो दिनुपरेको’ भनेर दर्शकमाझ स्पष्टीकरण दिनुपरेको थियो । यसले म्हेन्दोमायाको क्रेज अबका दिनमा झन् बढ्दै जाने निश्चित बनेको छ ।

पृष्ठभूमि
‘लोकसाहित्य कुनै पनि जाति वा समुदायको भाषा, साहित्य, कला र संस्कृतिको आधार हो । लोक दर्शनबाटै समाजका आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक पक्षहरू सञ्चालित भएका हुन्छन् । जसले मानव हुनुको पूर्णतालाई अघि सार्दै जीवनलाई बाँच्न र बचाउन प्रेरित गर्दछ ।’ त्यही लोकसाहित्यको एक पाटो लोकगीत पनि हो । लोकले सिर्जना गरेको लोकको भाकाहरू नै लोकभाका हुन् । तामाङ समुदायमा प्रचलित धेरै लोक भाकाहरूमध्ये म्हेन्दोमाया पनि एक हो ।

परिचय
म्हेन्दोमाया नाचमूलक (स्यलु) तामाङ गीत हो । ‘म्हेन्दोमाया गाउँदै नाच्ने तामाङ गीतको एक विधा हो । यो परम्परागत गीत भने हैन । आधुनिककालका लोकदोहोरी शैलीका तामाङभाषी गीत नै म्हेन्दोमाया गीत हो ।’ यसमा ङ्योत्लु र स्यत्लुमार्फत नाम थर, ठेगाना, दुःख, पीडा, वेदनालगायत आफ्नो कहानी सुनाउँदछ । एकअर्कामा आदानप्रदान गरिन्छ । ‘प्रायः युवक समूह र युवती समूहमा यस्तो दोहोरी चले पनि कहिलेकाहीँ एकै प्रकारको लिंगबीच पनि हुन सक्दछ ।’ म्हेन्दोमाया तामाङ समुदायमा अत्यन्तै लोकप्रिय एउटा गाउँदै नाच्ने विधा हो ।

क्षेत्र
खासगरी म्हेन्दोमाया ल्हाप्साङकर्पो क्षेत्रका गाउँघरमा चलेको एक भाका हो । राजधानीदेखि पश्चिमका तामाङहरूको मौलिक र परम्परागत भाकाहरू तामाङ पहिचान र चिनारीका लागि अत्यन्तै महत्व छ । जसमध्ये म्हेन्दोमाया विशेष अत्यन्त लोकप्रिय भाका हो । बागमती प्रदेशअन्तर्गत नुवाकोट, धादिङ र रसुवा जिल्लाका प्रायः गाउँहरूमा म्हेन्दोमाया सुन्न र नाचेको हेर्न सकिन्छ । बसाइसराइसँगै यो भाका पनि अन्य गाउँहरूमासमेत फैलिएको पाइन्छ । आधुनिक पद्दतिबाट अर्थात् ‘रेकर्डेड’ गीतहरू भने सबै तामाङ गाउँहरूमा सुनेको पाइन्छ ।

अध्ययनको थालनी
म्हेन्दोमायालाई अमृत योञ्जन–तामाङ, बिगेन्द्र एस वाइबा, गोपाल फ्युबा, लेक योञ्जन, रोशन फ्युबा तामाङ, सागर एस वाइबा, च्याउकीमाया तामाङ, आशिक गोङ्बो तामाङ, हेम वाइबा तामाङ, श्याम मम्बा, थर्चा लामालगायतले परिभाषा, प्रचलनबारेमा छलफल र बहस चलाउने गरेका छन् । तर व्यवस्थित र वैज्ञानिक अध्ययन अनुसन्धान भने कसैले गरिरहेको पाइँदैन । लेखक तथा पत्रकार फूलमान वलले ‘म्हेन्दोमाया’ नामक नाटक ल्याए तर त्यसमा गीतको चर्चा थिएन । उनैले वृत्तचित्र बनाइरहेको सूचना पाए पनि अहिलेसम्म बजारमा आइसकेको छैन ।

प्रारम्भ
म्हेन्दोमाया मनोरञ्जन गर्न सिर्जिएको मौलिक गीत हो । ‘एकले अर्कोलाई प्रश्न गर्ने तथा जवाफ दिई मनका कुराहरू पोखेर उपस्थित सबैलाई रमाइलो गर्ने तथा गराउने गर्दछन् ।’ यसलाई गाउँदै नाच्नुपर्छ । हात र कुम जोडेर अँगालो मारी दुई समूहबीच आमनेसामने नाच्दै सवालजवाफ हुने गर्दछ । यो गीत युवायुवतीबीच प्रेमालाप गराउनै प्रारम्भ भएको अनुमान छ ।

पशुपालन, कृषिमा व्यस्त जीवनमा कहिलेकाहीँ आउने जात्रा, पर्व, मेला र उत्सवमा पनि धार्मिक गीतको विकल्पमा म्हेन्दोमायाको प्रारम्भ भएको बुझ्न सकिन्छ । यस्तै प्रकारको वरवर, डम्बा आदि गीतहरू म्हेन्दोमायाभन्दा अघि अस्तित्वमा थिए । पछि एकाएक म्हेन्दोमाया प्रचलनमा आएपछि ती गीत छायामा परेका हुन् ।

आधुनिकतातर्फ म्हेन्दोमाया
म्हेन्दोमायाको प्रयोग र प्रचलन गाउँगाउँमा मज्जाले चलेपश्चात् सञ्चारको माध्यमसमेत खोजेको पाइन्छ । म्हेन्दोमायालाई सञ्चारको दुनियामा ल्याउने काम लेक योञ्जनले गरे । उनले रेडियो नेपालको फूलबारी कार्यक्रममा २०४८ पुस २ गते प्रत्यक्ष गाएर सञ्चार क्षेत्रमा प्रवेश गराएका हुन् । त्यसैले म्हेन्दोमायालाई परम्परागत युगबाट आधुनिकतातर्फ ल्याउने श्रेय योञ्जनलाई नै जान्छ (हे. तामाङ, गोपाल फ्युबा, सन्दर्भ म्हेन्दोमाया साँझको, कुरा इतिहासको) ।

‘म्हेन्दोमाया युवा समाज नामक संस्थाले म्हेन्दोमायाको सामूहिक र संस्थागतरूपमा विकास, संरक्षण र संवद्र्धनमा लागेको इतिहासलाई कसैले नजरअन्दाज गरिनु हुँदैन ।’ म्हेन्दोमाया युवा समाजकै पहलमा पहिलो एल्बम ‘म्हेन्दोमाया’ वि.सं. २०५६ मा ल्याएको थियो । दोस्रो एल्बम ‘कप्चङ’ वि.सं. २०५९ मा निकालियो ।

त्यसपछि म्हेन्दोमाया युवा समाजमा सिथिलता आयो र व्यक्तिगत पहलमा वि.सं. २०६२ मा आइपुग्दा हेम वाइबाको ‘ल्हल्हुङ’ र सागर वाइबाको ‘साइकल कोरोरो’सम्म आइपुग्दा म्हेन्दोमायाले सहरी कार्यक्रमहरूमा पनि एक प्रकारको स्थान बनाइसकेको थियो । त्यसपछि म्हेन्दोमाया क्षेत्रमा सयौं गीतहरू आइसकेका छन् । अब हजारौंको यात्रामासमेत लाग्दै छन् ।

अहिले म्हेन्दोमाया गीत संगीतको उत्पादन, प्रचारप्रसार गर्नका लागि कम्पनी नै सञ्चालन गरी व्यावसायिकता दिइरहेका छन् । दर्जनौं म्हेन्दोमायाप्रेमीहरू लागिरहेका छन् । म्हेन्दोमाया गाउनका लागि देशका विभिन्न गाउँहरूसँगै विदेशमासमेत कलाकारहरू पुगेका छन् । यो सुखद पक्ष हो ।

अझ ‘म्हेन्दोमाया म्युजिक अवार्ड’ समेत आयोजना गरिसकेका छन् । जसले म्हेन्दोमायामा पनि उत्कृष्ट खोज्ने क्रमको सुरूआत भएको मान्न सकिन्छ । ‘समय र परिस्थितिअनुसार म्हेन्दोमाया गीतहरूले बिस्तारै आफ्नो सीमित घेरालाई बिट मार्दै विश्वव्यापीकरणको बाटोतर्फ उन्मुख हुँदै गइरहेको छ । म्हेन्दोमाया संगीतमा समर्पित स्रस्टाहरूले यहाँसम्म ल्याउनका लागि धेरै वर्ष कडा मिहेनत गर्नुपर्‍यो । धेरै संघर्षपश्चात् म्हेन्दोमायाको दायरा फराकिलो भएको छ ।’ तर गाउँमा गाउने लोकसर्जकहरू भने बिस्तारै ओझेल पर्दै गइरहेका छन् । यसरी वास्तविक लोकसर्जकहरूलाई नजरअन्दाज गरिनु कोठे गीतको सिर्जना बढ्नु हो । जसले पहिचान र मौलिकता सिध्याउँछ । अपनत्व गुमाउँदछ ।

म्हेन्दोमायाको महत्व
मौसम र प्रकृतिमा आधारित गाउँले तामाङहरूको दिनचर्यामा मनोरञ्जन दिलाउने म्हेन्दोमाया ‘पश्चिमी भेगका तामाङ जातिले आफ्नो समाजको मुख्य सांस्कृतिक नाच, मुख्य गीत र अति महत्वपूर्ण गहनाको रूपमा लिएको पाइन्छ ।’ दुःख, पीडा भुलेर रमाउने अवसर म्हेन्दोमायाले दिन्छ । प्रेमालाप गर्ने मौका दिन्छ ।

तत्कालीन परिवेशमा मौखिकरूपमा सिर्जना गरिएका म्हेन्दोमायामा यथार्थ परिवेश र सन्दर्भहरू समेत पर्दछन् । विभिन्न प्रतीक र विम्बहरूको प्रयोगले लोकसाहित्यको महत्व बढाउँदछ, यो गुण म्हेन्दोमायामा पाइन्छ । म्हेन्दोमाया नाच्दा एकताबद्ध भएर नाचिन्छ, जसले एकताको प्रवद्र्धन गरिरहेको हुन्छ ।

अरू वरवर गीतहरूले जस्तै म्हेन्दोमायाले भाषासमेत जोगाइ एकताको भावना जोगाउने हुनाले म्हेन्दोमायाको महत्व विशेष रहेको छ । त्यसैले भाषा, संस्कृति, परम्पराको सम्झना, जगेर्ना र अनुभवसमेत म्हेन्दोमायाले दिलाउने हुनाले भाषिक, सांस्कृतिक र सामाजिक महत्वसमेत रहेको छ ।

संगति र विसंगति
गाउँघर, मेलापात, जात्रापर्व वा कुनाकाप्चामा मात्र गाइने नाचिने म्हेन्दोमाया अहिले सहरबजारका डिजे पार्टी तथा कन्सर्टहरूमासमेत घन्किन थालेको छ ।यसले म्हेन्दोमायाको दायरा फराकिलो बनाउँदछ । तर गीत चलाउने नाममा ‘भल्गर’ (अपाच्य) शब्दहरू समेत राख्नु मौलिकताको उपहासबाहेक केही हैन ।

बन्द कोठामा सिर्जना गरिएका गीतले गाउँको यथार्थ चित्रण हुन सक्दैन । पछिल्लो समयमा आएका अधिकांश गीतमा ठेट तामाङ शब्द भेटिदैनन् । म्हेन्दोमाया शब्द दोहोर्‍याउँदैमा म्हेन्दोमाया गीत बन्दैन भन्ने हेक्का राख्नु जरूरी छ । म्हेन्दोमाया गीत सामान्य मनोरञ्जन दिलाउने गीतमात्र नभएर मौलिकता र पहिचानका आवाजहरू बुलन्द गर्नसक्ने शब्द चयन हुन सक्नुपर्दछ । साथै म्हेन्दोमाया बिटभन्दा अन्य गीत तामाङ गीतमात्रै हुन्, म्हेन्दोमाया हैन ।

चासो र चिन्ता
‘शेलु, दोरा लु, दे लु, चोम्लु, थुलु, छेर्लु, क्षाङ्लु, ह्याच्युङ, से से बोम्बो, मानी, नम्दर आदि तामाङका ठेट गीतहरू हुन् ।’ यस्तो बाहेकको गीत म्हेन्दोमाया हो । ‘म्हेन्दोमायाको अर्थ फूलमाया हुन्छ । फूल फक्रिँदा बास्ना हुन्छ । राम्रो देखिन्छ । भगवान्लाई चढाइन्छ । मायालाई फूलसँग यसरी दाँजेर राम्रो बनाउने यो कति राम्रो काइदा हो ।

साँचो मायालाई पवित्र मानिन्छ । तामाङ भाषा र साहित्यमा प्रतीक र विम्बलाई विशेष जोड दिएको हुन्छ । यो नै सुन्दर पक्ष हो । यसलाई मर्न दिनु हँुदैन ।’ पवित्र फूलसँग दाजिएको मायालुको सम्झना अंग्रेजी वा नेपाली भाषामा महसुस गर्न सकिन्न । अपनत्व महसुस नगरिने गीत संगीतले बजार भाउ पाइन्न । तत्काल केही प्रभाव देखे पनि कालान्तरमा ती गीतहरू सम्झिने छैनन् ।

अन्त्यमा
‘तामाङ समुदायमा अत्यन्तै चर्चित म्हेन्दोमाया बोलको गीतको आफ्नै ऐतिहासिक महत्व छ । यो गीत ठ्याक्कै यही मितिबाट सुरू भएको भन्ने यकीन तिथि र मिति नभएता पनि त्रिशूली खोला पारिका तामाङ गाउँहरूमा पुस्तौं पुस्ता अगाडिदेखि मेलापात गाउँघर वनपाखामा गुञ्जिँदै आइरहेकोमा दुईमत छैन । कन्सर्टको नाममा आधुनिक युवायुवतीलाई मनोरञ्जन दिनकै निमित म्हेन्दोमायाले आधुनिकता अँगाल्ने हो भने आफ्नो मौलिकता हराएर जाने छ ।’ यसबारेमा सबै सर्जक तथा म्हेन्दोमायाप्रेमीहरू सोचनीय बन्नुपर्दछ । हामीले आफ्नो मौलिकता जोगाउनेतर्फ पाइला बढाउनुपर्दछ । मौलिकतामा नै हाम्रो पहिचान लुकेको हुन्छ ।

(त्रिभुवन विश्वविद्यालयबाट नेपाली र पाठ्यक्रम तथा मूल्यांकन विषयमा स्नातकोत्तर गरेका लेखक फ्युबाले तामाङ लोकसाहित्य, लोकदर्शन, इतिहासमा नियमित कलम चलाउँदै आएका छन् । उनका तामाङ गाउँखाने कथा (२०७१), म्हन्दङ (स्थान परिचय, २०७२), क्रान्तिकारी सेक्के: खनियावास विद्रोहका अगुवा (जीवनी, २०७४) र रङक बोम्बो (कथा संग्रह २०७५) प्रकाशित छन् ।)


प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १७:४६
#म्हेन्दोमाया
प्रतिक्रिया दिनुहोस्
थप विचार
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन सोमबार, कात्तिक ३, २०८२
तिहारमा दाजुभाइलाई स्वस्थ उपहार 
तिहारमा दाजुभाइलाई स्वस्थ उपहार  सोमबार, कात्तिक ३, २०८२
आयुर्वेदको संरक्षण र समृद्धितर्फ नेपालको प्रतिबद्धता
आयुर्वेदको संरक्षण र समृद्धितर्फ नेपालको प्रतिबद्धता आइतबार, कात्तिक २, २०८२
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ? शनिबार, कात्तिक १, २०८२
क्रिकेटमा नयाँ इतिहास
क्रिकेटमा नयाँ इतिहास शुक्रबार, असोज ३१, २०८२
क्रिकेटमा नयाँ इतिहासः नेपाल तेस्रोपटक विश्वकपमा
क्रिकेटमा नयाँ इतिहासः नेपाल तेस्रोपटक विश्वकपमा बिहीबार, असोज ३०, २०८२
नेपालमा विकास प्रशासनको अवस्था
नेपालमा विकास प्रशासनको अवस्था बिहीबार, असोज ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP