Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रतिपक्षीको नजर सडकमा, निशाना सत्ताको कुर्सी 
प्रतिपक्षीको नजर सडकमा, निशाना सत्ताको कुर्सी 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, फागुन ८, २०८०
  • एमाले र राप्रपा सडक आन्दोलनको तयारीमा
  • सरकारमाथि दबाब बढाउँदै रास्वपा
  • दुर्गा प्रसाईंको समूह र कमल थापाको दल पनि सरकार विरोधी आन्दोलनमा


काठमाडौं– संसद्मा रहेका प्रतिपपक्षी दलहरूले सरकारविरुद्ध सडक आन्दोलन चर्काउने भएका छन् । भिन्नभिन्न एजेण्डा लिएर नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सडक आन्दोलन गर्ने भएका हुन् । 

एमालेले आजदेखि बस्ने केन्द्रीय समिति बैठकबाट आन्दोलनबारे टुंगो लगाउने भएको छ । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा प्रस्तुत गर्नेगरी सरकारविरुद्ध जनपरिचालनसहितका छ वटा एजेण्डा तय छन् । देशको आर्थिक अवस्था, महँगी, सुशासनलगायत मुद्दामा सदन र सडकबाट आन्दोलन गर्नेसम्बन्धी प्रस्ताव तयार गरिएको गौतमले बताए ।

‘यो सरकारले जनताको पक्षमा र देशहितको पक्षमा कामै गर्न सकेन । खाली सत्ता टिकाउने मात्रै फोहोरी खेलमा सरकार छ,’ गौतमले प्रभावसँग भने, ‘यस्तो सरकारलाई फाल्न हामी सडक र सदन दुवै मोर्चा प्रयोग गर्छौं । यसबारे निर्णय केन्द्रीय समिति बैठकले गर्छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस, जसपा, नेकपा एससहितका दलहरू सम्मिलित सत्ता गठबन्धन बनेसँगै बारम्बार सरकार ढाल्ने चेतावनी दिँदै आएका छन् । सत्ता जोगाउने खेलबाहेक देश र जनताको पक्षमा केही गर्न नसकेको भन्दै उनी पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारको आलोचना गर्छन् ।

Hardik health

यसबीचमा उनले सरकार ढाल्न नखोजेका पनि होइनन् । कोशीमा माओवादीबाट इन्द्र आङ्बो मुख्यमन्त्रीका उम्मेदवार गठबन्धनबाट बनेको अवस्थामा गठबन्धनमै रहेको दल कांग्रेसको शेखर कोइराला पक्षीय सांसद केदार कार्कीलाई बोकेर मुख्यमन्त्री बनाए । गठबन्धन भत्काउने प्रयास गरे । अन्ततः सकेनन् । अब सडक र सदनको मोर्चा प्रयोग गरेर जसरी पनि सरकार ढाल्ने आन्दोलनमा एमाले अघि बढ्ने देखिएको छ । तर, सडक आन्दोलनको स्वरुप कस्तो हुन्छ ? एमालेले खुलाएको छैन । 
एमालेले भन्दा अघि राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राप्रपाले आन्दोलनमा जाने निर्णय गरेको हो । आन्दोलनको पहिलो चरणअन्तर्गत राप्रपाले भोलि (बुधबार) बिहान साढे ११ बजे देशभरबाट प्रधानमन्त्री दाहाललाई विभिन्न मागसहित ज्ञापनपत्र बुझाउने भएको छ । 

पार्टी प्रवक्ता सगुनसुन्दर लावतीले पार्टीको केन्द्रीय समितिसँगै काठमाडौं उपत्यकाको तीन जिल्लाले प्रधानमन्त्री कार्यालय सिंहदरबारमै पुगेर दाहाललाई ज्ञापनपत्र बुझाउने बताए । उनका अनुसार देशमा हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना, प्रदेश खारेजी, महँगी, भ्रष्टाचारजस्ता माग राखेर राप्रपाले ज्ञापनपत्र बुझाउने भएको हो । माग सम्बोधन नभए राप्रपा सडक आन्दोलनमा जाने प्रवक्ता लावतीले बताए । 

‘गत पुसको १, २ र ३ गते बसेको केन्द्रीय समिति बैठकले नै फागुनदेखि आन्दोलनमा जाने निर्णय गरेको हो । त्यसअनुसार हामी आन्दोलनका लागि तयार भइसक्यौं,’ उनले भने, ‘सुरुमा माग राख्ने, सम्बोधन नभए सडक आन्दोलनमा जानेछौं ।’
पार्टी अध्यक्ष लिङ्देन केन्द्रीय आन्दोलन परिचालन समिति संयोजक हुन् । महामन्त्री धवलशमशेर जबरा आन्दोलन परिचालन समितिका संयोजक छन् । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जबराले समितिको बैठक डाकेका छन् । पार्टी अध्यक्ष लिङ्देनको उपस्थितिमा बस्ने बैठकमा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यसँगै प्रतिनिधि र प्रदेश संसद्का सांसदहरू हुने छन् । सरकार विरोधी कित्तामा गत वर्षदेखि नै उभिँदै आएको राप्रपाले पनि गर्ने भनिएको सडक आन्दोलनको मोडालिटी थाहा दिएको छैन । तर, अध्यक्ष लिङ्देनले व्यवस्था र अवस्था परिवर्तन गर्न निर्णायक आन्दोलन हुने बताउँदै आएका छन् ।

गत ७ मंसिरमा बल्खुमा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले आन्दोलन गर्दा हजारौं मानिस सडकमा उत्रिएपछि हौसिएको राप्रपा झापाको विर्तामोडमा ठूलै प्रदर्शन गर्न सफल भएसँगै आन्दोलनको पक्षमा उभिएको हो । यो दललाई आन्दोलनमा जान भारतको सत्तासिन कट्टर हिन्दूवादी दल भारतीय जनता पार्टीको दबाब रहेको पनि गाइँगुइँ चर्चा चल्दै आएको छ ।  

संसद्को अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सरकारविरोधी गतिविधिमा सक्रिय छ । सडक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइप्रति सरकार र ठेकेदारलाई रास्वपाले ध्यानाकर्षण गराउँदै आएको छ । सरकारको काम कारबाहीप्रति यो दल पनि सन्तुष्ट छैन । संसद्मा यस दलले सरकारलाई बारम्बार खबरदारी गर्दै आएको छ ।

दुर्गा प्रसाईं नेतृत्वको समूह त तीन महिनादेखि लगातार आन्दोलनमा छ । आन्दोलनको घोषणा गरेको भने एक वर्ष पूरा भइसकेको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि घरिघरी प्रदर्शन गरेर सरकारमाथि दबाब बढाउने गरेको छ । 
सानादेखि ठूला विपक्षी दलहरूको घेराबन्दीले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको सरकार अप्ठेरोमा पर्ने देखिएको छ । एकातिर गठबन्धनको मुख्य दल कांग्रेसको संस्थापनइतर खेमा सरकारविरुद्धमा उभिँदै आएको छ । सरकारको सक्दो आलोचना गरेर प्रतिपक्षी दलजस्तो संस्थापनइतर समूह भएको छ । 

गठबन्धनको एउटा घटक नेकपा एकीकृत समाजवादीका नेताहरूले पनि राष्ट्रिय सभा अध्यक्ष नपाए गठबन्धनबारे पुनर्विचार गर्ने चेतावनी दिँदै आएका छन् । कांग्रेसको पनि राष्ट्रिय सभा अध्यक्षमा दाबी रहँदै आएको छ । यसले पनि गठबन्धनमा संकट निम्तिने देखिएको छ । विपक्षी दलहरू सदनसँगै सडकको मोर्चामा देखिन लागेको बेला गठबन्धनमा क्रमशः खटपट बढ्दै गए गठबन्धन भत्किन सक्ने विश्लेषण पनि हुँदै आएको छ । तर, प्रधानमन्त्री दाहालले भने कुर्सीको माया आफूलाई नभएको भन्न थालेका छन् । 
 


प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP