Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
विश्व
  • Home
  • विश्व
  • अमेरिकासँग चिनियाँ विद्यार्थीको ‘उत्पीडन’ अन्त्य गर्न बेइजिङको आग्रह
अमेरिकासँग चिनियाँ विद्यार्थीको ‘उत्पीडन’ अन्त्य गर्न बेइजिङको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ७, २०८०

एजेन्सी -   चिनियाँ विद्यार्थीको ‘उत्पीडन’ अन्त्य गर्नअमेरिकासँग बेइजिङले आग्रह गरेकाे छ । चीनका सार्वजनिक सुरक्षामन्त्रीले भियनामा भएको भेटमा अमेरिका प्रवेश गर्ने चिनियाँ विद्यार्थीमाथिको ‘अपमानजनक व्यवहार’ रोक्न अमेरिकी गृहसुरक्षा मन्त्रीलाई आग्रह गरेका हुन् ।

यात्राका लागि वैध कागजात भएका चिनियाँ नागरिकलाई अमेरिकी विमानस्थलमा कडाइका साथ अनावश्यक सोधपुछ गर्ने गरेको र निर्वासनको सामना गर्नुपरेको बेइजिङले बारम्बार आरोप लगाउँदै आएको छ ।

गत महिना वासिङ्टनस्थित दूतावासले चिनियाँ यात्रुलाई राजधानीको डुलेस विमानस्थलबाट टाढै रहन भनेको थियो ।चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार वाङ सियाओहोङ र अलेजान्ड्रो मेयरकासबीच आइतबार भएको वार्ताको पूर्वसन्ध्यामा वासिङ्टनले ‘कुनै स्पष्ट कारणबिना चिनियाँ विद्यार्थीलाई अपमानजनक व्यवहार र जाँच गर्न बन्द गर्नुपर्ने’ बेइजिङले बताएको छ ।

Hardik health

मेयरकाससँगको भेटमा वाङले संयुक्त राज्य अमेरिकालाई ‘चिनियाँ नागरिकहरूले उचित प्रवेश व्यवहार र पूर्ण सम्मानको आनन्द लिने सुनिश्चित गर्न’ आग्रह गरेका थिए । वाङले चीनलाई लागुऔषध ओसारपसार गर्ने वा उत्पादन गर्ने प्रमुख देशको सूचीमा राख्ने अमेरिकी निर्णयलाई ‘सच्याउन’ मेयरकासलाई दबाब दिए ।हेरोइनभन्दा कैयौं गुणा शक्तिशाली र संयुक्त राज्य अमेरिकामा वर्षेनी ७० हजारभन्दा बढी मानिसको मृत्यु हुने फेन्टानिलको व्यापारमा चीनको संलग्नता रहेको अमेरिकी अधिकारीहरूले आरोप लगाउँदै आएका छन् ।

गत महिना बेइजिङमा अमेरिकी र चिनियाँ अधिकारीहरूले फेन्टानिल बनाउने सामग्रीको उत्पादन रोक्न सहकार्य गर्न सहमत भएका थिए । आइतबारको वार्ताको एक अमेरिकी विज्ञप्तिमा भनिएको छ, “वाङ र मेयरकासले पूर्ववर्ती रसायनहरूको फैलावट रोक्न आवश्यक कदमहरूबारे स्पष्ट र रचनात्मक छलफल गरेका थिए ।”दुवै पक्षले कानून कार्यान्वयन सहयोग, वैज्ञानिक र अन्य विशेषज्ञहरूबीच प्राविधिक द्विपक्षीय आदानप्रदान, अग्रगामी रसायनहरूको तालिका र बहुपक्षीय सहयोगलाई अगाडि बढाउने सम्बन्धमा पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

वासिङ्टन र बेइजिङले बालबालिकालाई अनलाइन बाल यौन शोषण र दुव्र्यवहारबाट जोगाउने लडाइँमा सहयोग विस्तार गर्ने विषयमा पनि छलफल गरेका छन् ।वासिङ्टनले बेइजिङसँग वार्तालाई अघि बढाएपछि चीन र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्ध विगत एक वर्षमा गहिरो भएको छ ।तर चीन सरकार अझै पनि उन्नत सेमीकन्डक्टरको निर्यातमा प्रतिबन्ध र चिनियाँ फर्म र व्यक्तिहरूमाथि प्रतिबन्धसहित अमेरिकी उपायहरूको विरोध गर्दछ ।

गत साता म्युनिखमा भएको वार्तामा विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई अमेरिकाले ‘गैरकानुनी एकतर्फी प्रतिबन्ध हटाउनुपर्ने’ बताएका थिए । चिनियाँ विदेशमन्त्री वाङले अमेरिकालाई चिनियाँ नागरिकमाथि अवाञ्छित उत्पीडन र सोधपुछ बन्द गर्न पनि आग्रह गरेका छन् ।


प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु बिहीबार, माघ ८, २०८२
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण बिहीबार, माघ ८, २०८२
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’ सोमबार, माघ ५, २०८२
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख सोमबार, पुस २८, २०८२
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’ सोमबार, पुस २८, २०८२
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’ सोमबार, पुस २८, २०८२
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द मंगलबार, पुस २२, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP