Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘यौन विचलन’ले राजनीतिक करिअरमा धक्का
‘यौन विचलन’ले राजनीतिक करिअरमा धक्का
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, फागुन ६, २०८०

काठमाडौं– यौन विचलनको गम्भीर आरोपमा मुछिएसँगै एकपछि अर्को नेताको राजनीतिक ‘करिअर ड्यामेज्ड’ भएको छ । पार्टी राजनीतिमा प्रभावशाली देखिएका युवादेखि ज्येष्ठ भइसकेका केही नेताहरू यौन विचलनकै कारण राजनीतिक जिम्मेवारीबाट अलग हुनुपरेको छ । कोही त राजनीतिबाट पलायन नै भएका छन् ।

पछिल्लोपटक यौन विचलनको आरोपमा मुछिएसँगै राजनीतिक संकटमा परेका छन्, एमाले नेता ऐन महर । उनी पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वासिला नेता हुन् । यौन विचलनमा परेको पुष्टि हुने भिडियो सार्वजनिक भएपछि पार्टी केन्द्रीय सदस्यबाट राजीनामा दिन उनी बाध्य भए । र, उनले दिएको राजीनामा बिहीबार स्वीकृत भएको छ । यससँगै महर एमालेमा जिम्मेवारीविहीन भएका छन् । उनको राजनीतिक यात्रामा ‘ब्रेक’ लागेको छ ।

उहाँ (महर)ले केही दिनअघि राजीनामा दिनुभएको थियो । पार्टी सचिवालय बैठकले स्वीकृत गर्‍यो । अहिलेलाई यत्ति बुझौं । अरू मलाई थाहा छैन । 
राजेन्द्र गौतम
प्रमुख, एमाले प्रचार विभाग


एक महिलासँग विवाहेत्तर सम्बन्ध देखाउने दुई घण्टा लामो श्रव्यदृश्य सामग्री गत पुसमा भाइरल भएको थियो । उक्त सामग्रीमा ती महिलाले शारीरिक सम्पर्कपछि महरले आवश्यक औषधि नकिनेको र बेवास्ता गरेको भन्दै आक्रोश पोखेकी थिइन् । महरले पनि शारीरिक सम्बन्ध भएको स्वीकार गर्दै परिवारसँग मिलेर बस्न सुझाएका थिए । त्यसपछि महिलाले महरलाई चेतावनी दिँदै भनेकी थिइन्, ‘बर्बाद पारिदिन्छु ।’

Hardik health

उक्त प्रकरण बाहिरिएपछि महरको पार्टीवृत्तमै आलोचना भएको थियो । आलोचनालाई थेग्न नसकेर उनले पार्टी केन्द्रीय सदस्यबाट राजीनामा दिएको एक जना नेताले बताए । तर, पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महरले राजीनामा दिनु र पार्टी सचिवालय बैठकले स्वीकृत गर्न जायज ठान्नुको कारण स्पष्ट बताएनन् ।

‘उहाँ (महर)ले केही दिनअघि राजीनामा दिनुभएको थियो । पार्टी सचिवालय बैठकले स्वीकृत गर्‍यो । अहिलेलाई यत्ति बुझौं । अरू मलाई थाहा छैन,’ उनले प्रभावसँग भने ।महर गत वर्षको मंसिरमा भएको चुनावमा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीसँग ९९८ मतले पराजित भए ।

नेकपाकालमा अनेरास्ववियु केन्द्रीय अध्यक्ष थिए । अध्यक्ष ओलीको साथ पाएका उनले छलाङी शैलीमा राजनीतिक उचाइ लिएका थिए । तर, यौन विचलन झल्किने एउटा श्रव्यदृश्य सागम्री सार्वजनिक भएपछि अन्ततः महरको राजनीति करिअरमा धक्का लागेको छ ।


यसअघि एमालेकै पूर्वसांसद मोहन बानियाँ पनि यौन विचलनमा परेका थिए । जुम्ला घर भएकी ४० वर्षीया एक शिक्षिकाले नेपालगञ्जस्थित होटल अप्सरामा लगेर बानियाँले डर त्रास देखाई दुईपटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उक्त उजुरीका आधारमा पक्राउ परेर थुनामा बसे । त्यहीबेला उनलाई संसद् सचिवालयले सांसद पदबाट मुक्त गरिदियो । तर, बानियाँ केही दिनमै धरौटीमा रिहा भए । मुद्दाको भने किनारा लागेको छैन । बाँके जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । तर, गम्भीर यौन विचलनले बानियाँको राजनीति संकटमा पर्‍यो । हाल बानियाँ गुमनाम छन् । त्यसअघि उनी एमालेभित्र हक्की र कडा स्वभावका नेताका रूपमा चिनिन्थे ।

बानियाँजस्तै यौन विचलनले राजनीतिक भविष्य संकटमा पर्ने नेतामा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पनि पर्छन् । १९ असोज २०७६ मा सभामुख पदमा बहाल रहँदा नै महरा यौन दुव्र्यवहारको आरोपमा पक्राउ परे । उनी महिनौं थुनामा रहे । संसद् सचिवालयकी एक महिला कर्मचारीमाथि यौनदुव्र्यवहार गरेको उनीमाथि आरोप लागेको थियो । तर, काठमाडौं जिल्ला अदालतले उनलाई स फाइ दियो । माओवादी नेता महराले सफाइ पाए पनि राष्ट्रिय राजनीतिमा किनाराकृत भए । भलै उनलाई माओवादीले उपाध्यक्ष बनायो । तर, उनी छायाँमा परेका छन् । 

माओवादी जनयुद्धकालमा उनी चर्चित नेता थिए । शान्ति प्रक्रियामा आउन लाग्दा पनि उनी माओवादीबाट पटक–पटक वार्ता समिति संयोजक भए । शान्तिपूर्ण राजनीतिमा आएपछि कांग्रेस नेता गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा सञ्चारमन्त्री बनेका थिए । राष्ट्रिय राजनीतिमा निकै प्रभावशाली भूमिकामा रहेका उनको अन्ततः यौन विचलनकै कारण राजनीतिक करिअर धराशायी बन्यो ।

नेताहरू यौन विचलनमा फसेका एकदम कम घटनामात्रै बाहिर आउँछन् । कारण, उनीहरू राजनीतिक शक्तिका आधारमा पीडितलाई दबाब र प्रभावमा राख्छन् । तर, प्रहरीमा उजुरी परेर घटना सार्वजनिक भएपछि भने राजनीतिक जीवन तहसनहस हुने गरेको छ ।
हेमन्त मल्ल
पूर्वडिआइजी

अझ पछिल्लो समय उनी नौ किलो सुनकाण्डमा पनि मुछिए । यसले गर्दा अझै उनको राजनीतिक भविष्य संकटमा परेको छ । माओवादीबाट नेताहरू मोहन वैद्य र डा. बाबुराम भट्टराई अलग भएपछि उनलाई अध्यक्ष पुष्पकमल दाहालका उत्तराधिकारीका रूपमा पनि हेरिन्थ्यो । 

जनयुद्धकै बेला नेता रामबहादुर थापामाथि पनि यौन (सांस्कृतिक) विचलनको आरोप लागेको थियो । जुन आरोपपछि उनी कारबाहीमा परेका थिए । गएको १ पुसमा माओवादीकै गोरखाका नेता भूमिनन्द देवकोटा बलात्कारसम्बन्धी मुद्दामा काठमाडौंको पेप्सीकोलास्थित घरबाट पक्राउ परे ।

१७ वर्षीया किशोरीले एक वर्षदेखि आफूलाई बलात्कार गरेको भन्दै दिएको जाहेरीका आधारमा देवकोटा पक्राउ परेका थिए । हाल उनी थुनामा छन् । राष्ट्रिय राजनीतिमा गोरखाबाट उदाउन सक्ने सम्भावनाका नेता देवकोटाको पनि अन्ततः यौन विचलनले राजनीतिक भविष्य समाप्त पार्‍यो ।

यौन विचलनमा पर्नेमा कांग्रेस नेता पनि छन् । नेपाली कांग्रेस सप्तरीका नेता दीपेन्द्र चौधरी गत मंसिर ९ गतेदेखि बलात्कारसम्बन्धी मुद्दाले थुनामा पुगेका छन् । ३५ वर्षीया महिलालाई बलात्कार गरेको आ  रोप उनीमाथि छ । 

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लका अनुसार नेताहरू यौन विचलनमा फसेका एकदम कम घटनामात्रै बाहिर आउँछन् । कारण, उनीहरू राजनीतिक शक्तिका आधारमा पीडितलाई दबाब र प्रभावमा राख्छन् । यदि, पीडित केही गरेर प्रहरीकहाँ पुगे पनि उजुरी दर्ता नगराउन चर्को दबाब दिन्छन् । तर, यसरी प्रहरीमा उजुरी परेर घटना सार्वजनिक भएपछि भने आरोपी नेताको राजनीतिक जीवन तहसनहस हुने गरेको पूर्वडिआइजी मल्लले बताए ।


प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP