Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • विश्वमै फैलिँदै कोरोनाको त्रास
विश्वमै फैलिँदै कोरोनाको त्रास
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १८, २०७६
korona
Hardik health
काठमाडौं–वैज्ञानिकहरूले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसबाट विश्वमा शुक्रबार मध्याह्न सम्ममा दुई हजार ८७३ व्यक्तिको मृत्यु भएको समाचार आएको छ । विश्व स्वास्थ्य सङ्गठनले यस कोभिड–१९ भाइरसको सङ्क्रमण विश्वका ५६ देशमा फैलिएको जनाएको छ । विश्वभर कूल ८३ हजार ८५३ व्यक्तिमा यस भाइरसको सङ्क्रमण भएको बताएको छ । शुरुमा चीनमा मात्र सीमित रहेको यो सङ्क्रमण दक्षिण कोरिया र इरान हुँदै विश्वमा नै फैलिन थालेकाले यस अवस्थालाई विश्व स्वास्थ्य सङ्गठनले नै चिन्तापूर्ण अवस्थाका रूपमा लिएको जनाएको छ । कोभिड–१९ को सङ्क्रमण विश्वका विभिन्न मुलुकमा फैलिने क्रम तीव्र हुन थालेपछि यो सङ्क्रमण फैलिएका देशबाट आफ्ना देशमा प्रवेश गर्ने तथा फर्किने नागरिकलाई विश्वका सबै देशले विमानास्थलहरूमा नै व्यापक मात्रामा निगरानी बढाएका छन् । यसबाट विश्वको बाह्य तथा आन्तरिक पर्यटकीय गतिविधिहरू प्रभावित हुनेमात्र होइन कि खासमा पर्यटन कार्यक्रमहरूलाई नै उनीहरूले रोकेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार मात्रै विभिन्न सात देशमा कोभिड–१९ को सङ्क्रमणको चिन्ताजनक अवस्था देखिएको पुष्टि गरेको छ । ती बाहेकका पनि विश्वका अरू कैयौँ देशमा यो भाइरस देखिएको छ । ती देशलाई सतर्क रहन उसले चेतावनी पनि दिएको छ । ती देशबाट स्वदेश भित्रिनेलाई रोक लगाउने वा विमानस्थलमा परीक्षणमा कडाइ गर्ने सम्बन्धमा आवश्यक तयारीहरू गर्न र स्वास्थ्यका कार्यक्रमहरूमा कोरोना रोकथामका कार्यक्रमहरू पनि राख्न उक्त सङ्गठनले सम्बद्ध देशका अधिकारीहरूलाई आग्रह पनि गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले जेनेभामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक ट्रेडोसमा एडानोम गेहब्रेयससले कुनै पनि मुलुक कोभिड–१९ को खतराबाट मुक्त रहने अवस्था नरहेको खुलासा गर्नुभयो । उहाँले यो भाइरस आफ्नो देशमा भित्रिँदैन भनेर कोही पनि बस्न नहुने सुझाव पनि दिनुभयो । सोही खतरा बमोजिमको कार्यक्रम र कारवाहीलाई अघि सार्न उहाँले विश्वका सबै देशलाई आग्रह पनि गर्नुभयो । उहाँले बिहीबारसम्म दक्षिण कोरियामा दुई हजारभन्दा धेरै र जापानमा सात सयभन्दा धेरैमा यो भाइरसको सङ्क्रमण देखिएको पनि पुष्टि गर्नुभएको थियो । त्यसैगरी इटालीमा ६५० जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको समाचार प्राप्त भएको पनि सो अवसरमा उहाँले खुलासा गर्नुभएको थियो । विश्व स्वास्थ्य सङ्गठनले बेलायतलगायत युरोपका जर्मनी, फ्रान्स, इटाली र स्पेनमा यसको सङ्क्रमण देखिएको जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चीनका अतिरिक्त दक्षिण कोरिया, इटाली, इरान र जापानमा यो सङ्क्रमण हजारौँ बिरामी रहेका छन् । साथै उक्त सङ्गठनले दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान र श्रीलङ्कामा पनि यसको खतरा रहेको बताएको थियो । ती देशलाई पनि उच्च जोखिमको व्यवस्थापनमा लाग्न आग्रह गरिएको छ । उक्त भाइरसको उत्पत्ति भएको भनिएको मुख्य भूमि चीनमा कोरोना भाइरसका कारण शुक्रबारसम्म दुई हजार ७८८ व्यक्तिको मृत्यु भएको छ भने ७८ हजार ८२४ जनालाई सङ्क्रमण पुष्टि भइसकेको छ । बिहीबार साँझ ५ बजेपछि शुक्रबार दिउँसो १ बजेसम्म चीनमा थप ४१ जनाको मृत्यु भएको छ भने ३२७ जना नयाँ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका अन्य मुलुकहरूमा कूल पाँच हजार २९ व्यक्तिमा सङ्क्रमण भएको छ भने चीनबाहेक अन्य मुलुकमा कूल ८५ जनाको मृत्यु भएको छ । विश्वभर यो अवधिमा थप ९६६ जनामा सङ्क्रमण पुष्टि भएको छ । चीनपछि सबैभन्दा बढी सङ्क्रमण देखिएका मुलुकहरूमा दक्षिण कोरिया पहिलो हो । दक्षिण कोरियामा शुक्रबार मध्याह्नसम्म दुई हजार ३३७ जनालाई यो भाइरसको पुष्टि भएको छ । दक्षिण कोरियामा थप ५७१ जनामा त गएको २४ घण्टाभित्र सङ्क्रमित भएका छन् । दक्षिण कोरियामा उपचारका क्रममा १३ व्यक्तिको मृत्यु भएको छ । त्यस्तै इटलीमा यस भाइरसका कारण १७ जनाको मृत्यु भइसकेको छ । उता इरानमा पनि शुक्रबारसम्म ३४ जनाको मृत्यु भएको सरकारी स्रोतले बताएको थियो । यद्यपि स्वास्थ्य अधिकारीहरूले भने शनिबारसम्म २१० जनाको मृत्यु भएको बताएका छन् । जापानको योकोहामास्थित एक पानीजहाजमा ७०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । जापानका अन्य स्थानमा कूल २१० व्यक्तिमा कोरोना भाइरस देखिएको छ । जापानमा यसबाट आठ जनाको मृत्यु भएको बताइएको छ । जापानले आगामी मार्च २ देखि देशैभरिका सार्वजनिक विद्यालयहरू बन्द गर्ने जनाएको छ । प्रधानमन्त्री सिन्जो आबेले त्यहाँका सार्वजनिक विद्यालयहरूलाई अस्थायी रूपमा केही समयका लागि बन्द गर्ने घोषणा गर्नुभएको छ । आगामी सोमबारदेखि मार्च महिनाको अन्त्यसम्म ती विद्यालयहरू बन्द रहनेछन् । सो कार्यक्रममा सहयोग गर्न जापानका शिक्षामन्त्रीले पनि आग्रह गर्नुभएको छ । उहाँले विद्यालय बन्द गरिएका कारण घरमा रहने बालबालिकालाई बाहिर निस्किन नदिन र घरैमा बस्न लगाउन अभिभावकहरूलाई आग्रह गर्नुभएको हो । जापानले यसै वर्ष ओलिम्पिक खेलकूद प्रतियोगिताको आयोजना गरेको छ । उक्त प्रतियोगिताको आयोजानाका लागि आवश्यक पर्ने विभिन्न ओलिम्पिक मसाल रिले आदि कार्यक्रमहरूमा उसले कटौती गरेको जनाएको छ । ती सबै कार्यक्रममा थोरै मात्र सहभागिता गराइने जापान सरकारले जनाएको छ । उता साउदी अरेयिबा सरकारले इस्लाम धर्मावलम्बीको पवित्रस्थल मक्का र मदिना तथा अन्य धार्मिकस्थलको भ्रमणमा पनि रोक लगाएको जनाएको छ । यस्ता स्थलहरूमा विदेशी नागरिकको आगमनमा प्रतिबन्ध लगाउने निर्णय सरकारले गरेको समाचारमा जनाइएको छ । आगामी जुलाईको अन्त्यतिर शुरु हुने हजको तयारी पूर्वका यस्ता भ्रमणहरू रोक लगाइएको जनाइएको छ । साउदी अरेबिया सरकारले नयाँ कोरोना भाइरस फैलिएका देशबाट आउने पर्यटकहरूलाई पनि प्रतिबन्ध लगाएको छ । तर साउदी अरेबियामा हालसम्म कोरोना भाइरसको सङ्क्रमण भने देखिएको छैन । यता विश्वका देशहरूले यो सङ्क्रमणका विरुद्धमा व्यापक मात्रामा लडिरहेका बेला चिकित्सकहरूले यो सङ्क्रमण फर्किन पनि सक्ने बताएका छन् । निको भएर घर फर्किएका यसका बिरामीमा पुनः यसको सङ्क्रमण देखिएको जापान र चीनबाट प्राप्त केही समाचार विवरणहरूमा जनाइएको छ । मानिसहरू निको भइसकेको भनेर घर गएपछि पनि केही सातापछि पुनः सङ्क्रमित भएर अस्पताल आएका उनीहरूको भनाइ छ । चिनियाँ स्वास्थ्य अधिकारीहरूले करिब १४ प्रतिशत बिरामी निको भइसकेपछि पनि फेरि सङ्क्रमणमा परेको पाइएको बताएका हुन् । निको भएका भनिएका ती मानिसको शरीरमा भाइरस पूर्णरूपमा नष्ट नभइसकेको र यससम्बन्धी परीक्षणहरू पनि सधैँ सही नहुने भएकाले पनि सङ्क्रमितलाई फेरि दोहोरिएको अनुमान चिकित्सकहरूले जनाएका छन् । तर पनि घटनाबारे थप जानकारी लिएर अनुसन्धानमा वैज्ञानिकहरू लागेका बताइएको छ । वैज्ञानिकहरू यस प्राणघातक सङ्क्रमणको औषधिको खोजीमा लागेका छन् । तर अहिलेसम्म सम्भव भएको छैन । उता विश्वका कैयौँ देशमा यसको सङ्क्रमण फैलिइरहेको छ र यसबाट विश्व नै त्रसित बनेको छ । (रासस÷एएफपी)
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  ०७:१०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा विशाल जनगणना सुरु
भारतमा विशाल जनगणना सुरु मंगलबार, चैत १७, २०८२
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ मंगलबार, चैत १७, २०८२
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत मंगलबार, चैत १७, २०८२
मध्यपूर्व तनाव चर्किंदै
मध्यपूर्व तनाव चर्किंदै मंगलबार, चैत १७, २०८२
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा मंगलबार, चैत १७, २०८२
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार मंगलबार, चैत १७, २०८२
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP