Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भव्य नगर
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #भूमि विधेयक
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
अपराध-सुरक्षा
  • Home
  • अपराध-सुरक्षा
  • भ्रामक भिडियो फेसबुकमा पोष्ट गर्ने दुई ताइवानीलाई जेल सजाय
भ्रामक भिडियो फेसबुकमा पोष्ट गर्ने दुई ताइवानीलाई जेल सजाय
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन ४, २०८०

एजेन्सी - कम्बोडियालीसमुद्री किनारको एक रिसोर्टबाट नक्कली अपहरणको योजना बनाएको र त्यसको भिडियो फेसबुकको अनलाइनमा पोस्ट गरेको आरोपमा ताइवानका दुई जनालाई दुई–दुई वर्षको जेल सजाय सुनाइएको छ ।

प्रिह सिहानोक प्रान्तीय अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “३१ वर्षीय चेन नेङ–चुआन र ३४ वर्षीय लु सु–सिएनले सिहानोकभिलको एक भवनमा सुरक्षा गार्डले आफूलाई हिरासतमा लिएको र कुटपिट गरेको भिडियो फेसबुकमा पोस्ट गरेपछि पक्राउ गरिएको हो ।”

“दुवै जना मानव बेचबिखन, यातनासहित हिरासतमा राख्ने, बलात्कार गर्ने र मानव अङ्ग बेचबिखनसम्बन्धी निन्दनीय भिडियो तयार पार्न कम्बोडिया प्रवेश गरेका देखिएको छ,” अदालतले भनेको छ ।

अदालतले उनीहरूलाई ‘सामाजिक सुरक्षामा खलल पु¥याउन उक्साएको’ अभियोगमा बिहीबार एक सुनुवाइमा दोषी ठहर गरेको हो ।अदालतले उनीहरूलाई जनही दुई वर्षको जेल सजाय सुनाएको छ र झण्डै दुई हजार अमेरिकी डलर जरिबाना तिर्न आदेश दिएको छ ।

प्रान्तीय सरकारले ती व्यक्तिहरूले प्रान्तको इज्जत, सुव्यवस्था र सुरक्षामा असर पार्ने गरी ‘फेक कन्टेन्ट’ सहितको भिडियो बनाएको बताएको छ ।अधिकांश ताइवानी र अन्य देशका केहीले अनलाइनमार्फत् भ्रामक सामग्री सम्प्रेषण गरी मानिसहरूलाई प्रलोभनमा पारेर पीडितहरूलाई ठूलो रकम ठग्ने गरेका पाइएको कम्बोडियाली प्रशासनले जनाएको छ । 

ताइवानको केन्द्रीय समाचार संस्था (सीएनए) का अनुसार ती मध्ये एक व्यक्तिले सोमबार राति एक भिडियोको प्रत्यक्ष प्रशारण गरेका थिए । भिडियोमा उनलाई अदृश्य आक्रमणकारीहरूले लखेटेको र पिटेको देखिन्छ भने दोस्रो भिडियोमा उनी भागेको दाबी गरिएको देखिन्छ ।

सीएनएका अनुसार दोस्रो भिडियोमा उनले आफू घाइते भएको र लुटिएको, बाँधेको, पिटेको र स्टन गनले आक्रमण गरेको वर्णन गरेका छन् ।गत अगष्टमा संयुक्त राष्ट्रसंघले दक्षिणपूर्वी एसियामा आपराधिक गिरोहहरूले लाखौं मानिसहरूलाई यातनाको धम्की दिएर अनलाइन ‘स्क्याम’हरू गर्न बाध्य पारिरहेको चेतावनी दिएको थियो ।

संयुक्त राष्ट्रसंघले एक रिपोर्टमा भनेको छ, “अनलाइन अपराधमा काम गर्न धेरैलाई तस्करी गरिएको छ र यातना वा यौन हिंसाजस्ता गम्भीर उल्लंघनको सामना गर्नुपरेको छ ।
---


प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्
थप अपराध-सुरक्षा
सप्तरीको सुरुङ्गाबाट ९८ किलो ग्राम गाँजा बरामद
सप्तरीको सुरुङ्गाबाट ९८ किलो ग्राम गाँजा बरामद शुक्रबार, साउन ३०, २०८२
वैदेशिक रोजगार ठगी कसूरको मुद्दाका फरार प्रतिवादी पक्राउ
वैदेशिक रोजगार ठगी कसूरको मुद्दाका फरार प्रतिवादी पक्राउ बिहीबार, साउन २९, २०८२
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ सोमबार, साउन २६, २०८२
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप आइतबार, साउन २५, २०८२
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन जना पक्राउ
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन जना पक्राउ शुक्रबार, साउन २३, २०८२
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ बुधबार, साउन १४, २०८२
कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, साउन १३, २०८२
लोकप्रिय
  • Week
  • Month
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP