Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • माओवादीमा दाहालकै मनोमानी
माओवादीमा दाहालकै मनोमानी
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, फागुन ४, २०८०

काठमाडौं– सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्रमा फेरि पनि अध्यक्ष पुष्पकमल दाहालकै मनोमानी देखिएको छ । पार्टी नेतृत्व प्रत्यक्ष निर्वाचनबाट चुन्ने विषयमा तीन दिन छलफल चलाएर अध्यक्ष दाहालले आफ्नै मनोमानीअनुसार विधान पारित गरेका छन् ।

उपमहासचिव जनार्दन शर्माले विधान अधिवेशनबाट पदाधिकारीसहितको प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने पुरक प्रस्ताव राखेका थिए । तर उनको प्रस्ताव अस्विकृत भयो ।अध्यक्ष दाहालले पार्टी केन्द्रीय समिति भने प्रत्यक्ष निर्वाचित गरिन बताए । 

‘२० वटा समूहका कमरेडहरूबाट आएका सुझावहरूलाई आधार मान्दै पदाधिकारी बैठकले अब विधानमै प्रत्यक्ष चुनाव प्रणालीको अभ्यास गर्ने निर्णय भएको छ । यो केन्द्रीय समितिमा हुन्छ’, विधान अधिवेशनको समापनलाई सम्बोधनमा दाहालको भनाइ उद्धृत गर्दै पोलिटब्युरो सदस्य इन्द्र आङ्बोले भने, ‘पदाधिकारी चाहिँ केन्द्रीय समितिले निर्वाचित गर्ने ।’

माओवादीका दोस्रो र तेस्रो पुस्ताका नेताहरूले पार्टीलाई प्रत्यक्ष चुनाव प्रणालीमा लानुपर्ने सुझाएका थिए । सर्वसम्मतको नाममा गरिने मनोनीतले पदको गरिमासमेत कायम नभएको भन्दै प्रत्यक्ष चुनाव नै उपयुक्त हुने बताएका थिए । विधान अधिवेशनअघि पार्टीको तल्ला कमिटीबाट राय लिँदा उनीहरूले पनि प्रत्यक्ष चुनाव प्रणालीको औचित्य रहेको सुझाएका थिए । पार्टीका उपमहासचिव जनार्दन शर्माले २ माघमा फरक मतसहितको दस्तावेज पेस गरेका थिए । 

Hardik health

विधान अधिवेशनमा पार्टीको नाम फेर्ने बहस पनि उठेको थियो । वाम मोर्चा वा अन्य कुनै शब्द नामको रुपमा प्रयोग गर्ने भएको छ । ‘नेपाल कम्युनिस्ट पार्टी कहिले पनि छाड्न सकिन्नँ । वाम मोर्चा समाजवादी मोर्चा, एकता इत्यादि हुँदा पछाडि पुच्छरबारे छलफल गर्ने विकल्प खुला राख्न सकिन्छ’, अध्यक्ष दाहालले भने, ‘हाल पार्टीको चुनाव चिह्न कायम राखिने छ ।’

माओवादीको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा हो । यो नामलाई माओवादी नेताहरूले लामो भएको विधान अधिवेशनमा बताएका थिए । केन्द्रीय सदस्य हिमाल शर्माका अनुसार नाम लामो हुँदा भद्दा लागेको बताए । ‘कम्तीमा तीन अक्षरको एक शब्दको चुनाव चिह्न कायम गरौं भन्ने छलफलमा उठ्यो’, उनले प्रभावसँग भने ।

चुनाव चिह्नमा मतदाताले मतदान गर्ने हुन् । २०६४ मा भएको संविधानसभा चुनावमा अभूतपूर्व मत माओवादीको पाएको भनेको गोलाकारभित्रको हँसिया हथौडामै हो । त्यसबेला माओवादीले प्रत्यक्षतर्फ एकल बहुमत पाएको थियो । त्यसयता भएका हरेक चुनावमा भने माओवादीको हँसिया हथौडामा मत खस्ने क्रम घटेकोघटेकै छ । यसबाट माओवादी खुम्चिँदो छ । यहीबेला पार्टीको चुनाव चिह्न फेर्ने प्रस्ताव अधिवेशनमा आएको हो । 


माओवादी पोलिटब्युरो सदस्य आङ्बोले मत घट्दो क्रममा रहेकै कारण चुनाव चिह्न फर्ने कुरा भने नभएको बताए । उनका अनुसार चुनाव चिह्नको नाम लामो र भद्दा भएकै कारण फिर्ने सवाल उठेको हो । ‘एमालेको छरितो छ । कांग्रेसको पनि त्यस्तै छ । हाम्रो चाहिँ गोलाकारभित्रको हँसिया हथौडा भन्नुपर्छ’, उनले भने, ‘हाम्रो नाम त्यति आकर्षक पनि भएन । जनताले सम्झिरहने खालको पनि भएन । त्यही भएर छरितो र सम्झिरहने खालको चुनाव चिह्न राख्नुपर्ने माग उठेको हो ।’

अधिवेशनमा केन्द्रीय समिति सानो आकारको बनाउने सुझाव प्राप्त भएको थियो । सोहीअनुसार केन्द्रीय समिति १५१ सदस्यीय हुनुपर्ने सुझाव समूहहरूले राय दिएको थियो । त्यसविपरीपत १९९ जना सदस्य नै केन्द्रीय सदस्य कायम गरिएको छ । पदाधिकारीको संख्या घटाएर ११ रहने प्रावधान विधानमा राखिएको छ । तर, योग्यता र कार्याअवधिलाई पदाधिकारी रहन अत्यावश्यक आधार तय गरिने भएको छ । पार्टी सदस्यता पनि प्रत्येक दुई वर्षमा मात्रै नवीकरण गर्ने अधिवेशनलाई निर्णय गरेको छ । 

प्रदेशलाई बलियो बनाउने विषयलाई पनि उच्च प्राथमिकतामा राख्ने र संघीयता र समानुपातिक प्रणालीको प्रभावकारी कार्यान्वयन गर्ने पनि अधिवेशनको निर्णय छ । अनुशासन, लेखा परीक्षण र निर्वाचन आयोग केन्द्रमा बढीमा १५ सदस्यीय, प्रदेशमा ९ सदस्यीय र तल ५ सदस्यीय बनाउने भएको छ ।

उपत्यका विशेष प्रदेश समिति र सम्पर्क समिति यथावत रहने, सदस्य र पदाधिकारीको योग्यता र कार्यवधिबारे नियमावलीमा व्यवस्था गर्ने, जिल्ला समन्वय समिति नै यथावत राख्ने, जसबारे विचार स्वीकार गर्ने गरी स्वायत्त ढंगले सञ्चालन हुन दिने प्रावधान विधानमै उल्लेख गरिने भएको छ । माओवादीले १८ वर्ष पूरा नभएकालाई पार्टी सदस्यता नदिने भएको छ । यसअघि हलबाट भने पार्टी साधारण सदस्यता र संगठित सदस्यता १८ वर्ष पुगेपछि मात्रै दिने निष्कर्ष निस्किएको थियो । 


प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १०:१३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP