Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • माओवादी संगठन संरचना ५१/४९, पदाधिकारी हटाउने प्रस्ताव
माओवादी संगठन संरचना ५१/४९, पदाधिकारी हटाउने प्रस्ताव
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, फागुन २, २०८०

केन्द्रीय समिति र विभिन्न स्तरको समितिको निर्वाचन कसरी गर्ने र कस्तो अपनाउने भन्नेमा बहस चलेको छ । अनुभवले के देखायो भने सबै स्तरको निर्वाचन प्रत्यक्ष प्रणालीमार्फत नै गर्नुपर्छ । स्थानीय, प्रदेश र केन्द्रीय तहको पनि प्रत्यक्ष गर्नुपर्ने हुन्छ ।
पुष्पकमल दाहाल
अध्यक्ष, माओवादी केन्द्र
 

 

  •  ५१ प्रतिशत खुला र ४९ प्रतिशत समावेशी संगठन संरचनाको प्रस्ताव
  • केन्द्रीय समिति १५१ सदस्यीय, पदाधिकारी हटाइने
  • ११ वर्षपछि माओवादी एकल पदीय संरचनामा जाने 

काठमाडौं– मुलुकको निर्वाचन प्रणाली मिश्रित भएको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रको रुझान प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ देखिएको छ । 
जारी विधान अधिवेशनमा नेताहरूले प्रत्यक्ष निर्वाचन प्रणाली अँगाल्दा उपयुक्त हुने राय प्रकट गरिरहेका छन् । पार्टी अध्यक्ष दाहालले भने ५१ प्रतिशत खुला र ४९ प्रतिशत समावेशी संगठन संरचनाको प्रस्ताव गरेका छन् । तर, सुझाव १० प्रतिशत मनोनीत गर्नुपर्ने आएको उनले बताए । 

‘नेतृत्वमा १० प्रतिशत मानोनीत गर्नुपर्ने सुझाव आएका छन्,’ जारी विधान अधिवेशनमा मंगलबार विधान मस्यौदा पेस गर्दै दाहालले भने, ‘विगतको अनुभवले सबै तहमा प्रत्यक्ष निर्वाचित हुनुपर्ने हुन्छ ।’

Hardik health

पार्टीका तल्ला कमिटीहरूबाट आएका रायलाई समेटेर अध्यक्ष दाहालले जारी विधान अधिवेशनमा यस्तो प्रस्ताव पेस गरेका हुन् । 

उनले प्रत्यक्ष निर्वाचनको माध्यमबाट नै स्थानीय तहदेखि केन्द्रीय कमिटीसम्म चयन गर्ने विषय उठ्दै आएकाले यसबारे टुंगो लगाउने जिम्मा हललाई नै दिएको पनि बताए । आफू पनि बदलिँदो राजनीतिक परिस्थितिमा प्रत्यक्ष निर्वाचित कमिटीकै पक्षमा रहेको अध्यक्ष दाहालले बताए । तर, जनवादी अभ्यासलाई भने भुल्न नहुने उनको भनाइ छ । 

‘केन्द्रीय समिति र विभिन्न स्तरको समितिको निर्वाचन कसरी गर्ने र कस्तो अपनाउने भन्नेमा बहस चलेको छ । अनुभवले के देखायो भने सबै स्तरको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नै गर्नुपर्छ,’ विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘स्थानीय, प्रदेश र केन्द्रीय तहको पनि प्रत्यक्ष गर्नुपर्ने हुन्छ ।’

प्रत्यक्ष निर्वाचन प्रणाली अँगालिएको अवस्थामा पनि समावेशी प्रतिनिधित्व भने न्यायोचित हुनेगरी गर्नुपर्नेमा उनको जोड छ । यसबारे निर्णय लिने अधिकार भने हललाई दिइएको छ । 

एकल पदीय संरचना प्रस्ताव
संगठन प्रणालीमा यसपटक माओवादीले केही परिवर्तन गर्न लागेको छ । एकल पदीय संरचनामा माओवादी फर्किने भएको छ । ११ वर्षअघि माओवादीको संगठन संरचना एकल पदीय थियो । त्यतै जानेगरी अध्यक्ष दाहालले पदाधिकारी नराख्ने प्रस्ताव अघि सारेका छन् । 
माओवादीकी उपाध्यक्ष पम्फा भुसालका अनुसार जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि मात्रै माओवादी बहुपदीय संरचनामा गएको थियो । तर, मंगलबार भने अध्यक्ष दाहालले एकल पदीय संरचनामा जाने प्रस्ताव पेस गरे । जुन प्रस्ताव पारित हुनेसमेत देखिएको छ । 
नेतृ भुसालले धेरै नेता पदाधिकारी खारेजी प्रस्तावको पक्षमा उभिएको पनि बताइन् । प्रस्तावमा अध्यक्ष र त्यसपछि स्थायी समिति पार्टी संरचनामा राख्ने प्रस्ताव छ । प्रस्तावउपर आज (बुधबार) छलफल हुने अधिवेशनको कार्यसूची छ । 

एक नेताका अनुसार गत महाधिवेशनमा पार्टीको महासचिव बन्न हालका उपमहासचिवहरू वर्षमान पुन र जनार्दन शर्माले अभियान नै चलाएपछि अध्यक्ष दाहाल संकटमा परेका थिए । त्यसपछि उनले देव गुरुङलाई महासचिव बनाए । यसले गर्दा दुवै उपमहासचिवले अध्यक्ष दाहालको आलोचना गर्दै आएका छन् । यही पृष्ठभूमिमा दाहालले एकल पदीय संरचनामा जाने प्रस्ताव ल्याएका हुन् । 

माओवादी २०६९ सालअघि भने एकल पदीय संरचनामै थियो । त्यसपछि भने बहुपदीय प्रणालीमा गएको हो । तर, अब ११ वर्षपछि फेरि माओवादी बहुपदीय प्रणाली हटाएर अध्यक्षलाई थप बलियो बनाउने बाटोमा अघि बढ्ने भएको हो । यसमा अधिकांश नेताहरू सहमत पनि छन् । जारी विधान अधिवेशनको हलबाट भने अनुमोदन हुन बाँकी रहेको नेता हिमाल राईले बताए । 

उनका अनुसार केन्द्रीय समिति घटाएर १५१ सदस्यीय बनाउने निर्णय नै भइसकेको छ । ‘सानो संख्यामा स्थायी समिति राख्ने, पदाधिकारी हटाउने विषयमा छलफल भइरहेको छ,’ उनले प्रभावसँग भने, ‘अध्यक्ष राख्ने र त्यसपछि स्थायी समिति राख्ने कुरा भइरहेको छ । यो पास हुने सम्भावना छ ।’

अध्यक्ष दाहालले प्रस्तुत गरेको विधान मस्यौदामाथि २० समूहमा विभाजित नेताहरूले छलफल गरिरहेका छन् । समूहहरूलाई छलफल गर्ने समय आज दिउँसो २ः०० बजेसम्म निर्धारण गरिएको छ । 

अधिकांश समूहका नेताहरू पार्टीका वडा समितिदेखि केन्द्रीय समितिको हरेक पदपूर्ति प्रत्यक्ष निर्वाचन प्रणालीबाट गर्ने विषयमा करिब सहमतिनजिक छन् । यद्यपि, केही पदमा भने मनोनीत गर्ने विषयसम्बन्धी पनि राय प्रकट भइरहेको नेता राईले बताए । 
उनले भनेजस्तै हलबाट सहमति भए आगामी चैतमा हुने विशेष महाधिवेशनपछि माओवादी नयाँ संगठन संरचनामा जाने छ । हाल माओवादीमा ४०९ सदस्यीय केन्द्रीय समिति र १०९ वैकल्पिक केन्द्रीय सदस्य छन् । यसमध्येबाटै २२ जना पदाधिकारी र ४४ जना स्थायी समिति सदस्य छन् ।

माओवादीको अहिलेको प्रस्तावित विधान मस्यौदामा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था छ । पार्टीका नेता हरिबोल गजुरेल यसअघि नेताहरूको व्यवस्थापनका लागि माओवादी बहुपदीय प्रणालीमा गएको थियो । तर पदमात्रै भएको, भूमिका नभएका कारण पदाधिकारी नै हटाउने प्रस्ताव आएको सञ्चारकर्मीहरूसँग बताए । 

‘नेताहरूको व्यवस्थापन गर्न बहुपदमा जाने निर्णय भएको थियो तर पदमात्रै भयो, भूमिका भएन । जुन पद दिइयो, त्यसको अधिकार प्रयोग गर्न पाइएन । त्यही हुनाले हटाउने प्रस्ताव आयो,’ गजुरेलले भने । माओवादी विधान अधिवेशन बिहीबारसम्म चल्ने छ । 


नेतृत्व छाड्न दाहाल तयार !
साढे तीन दशकयता लगातार पार्टी नेतृत्वमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब पदमा बसिरहने मन नभएको बताएका छन् । कोही नेता तर्क र तथ्यसहित आए नेतृत्व छाड्ने उनले घोषणा गरे ।

मंगलबार विधान अधिवेशनमा उनले भने, ‘कोही कमरेड तर्क र तथ्यसहित आउनुहुन्छ भने मलाई नेतृत्वमा बसिराख्ने लोभ पनि छैन ।’ उनले ‘जनयुद्ध’ लडेका नेता कार्यकर्ताहरूलाई एक जुट हुन पनि अपिल गरे ।

माओवादी जनयुद्ध र त्यसको नेतृत्वलाई अलि बढी हेपाइ हुन थालेको र जनयुद्धका उपलब्धिलाई अपमानित गरिँदै आएकाले एकताबद्ध हुनुपर्ने उनले बताए । ‘माओवादी जनयुद्धमा सहभागी नेता कार्यकर्तालाई अब ढिलो नगरी एउटै मोर्चा र केन्द्रमा एकताबद्ध हुन अपिल गर्न चाहन्छु । जति ढिलो ग¥यो, त्यति ठूलो क्षति हुन्छ,’ उनले भने, ‘आउनुस् बसौं, कहाँ कमी भए समीक्षा गरौं ।’

उनले आफूले जीवनको उत्तराद्र्धमा फेरि एकपटक नयाँ क्रान्तितिर देश लैजाने संकल्प गरेको पनि बताए ।
 


प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP