Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • स्रोत जुटाउन नसक्ने भन्दै सरकारले घटायो बजेट
स्रोत जुटाउन नसक्ने भन्दै सरकारले घटायो बजेट
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन १, २०८०
  •  १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट अब घटेर १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाखमा खुम्चियो
  • पछिल्लो छ महिनामा पाँच खर्ब ७३ अर्ब ६३ करोड २९ लाख रुपैयाँ खर्च भएकोमा राज्य सञ्चालन, दैनिक खर्च, तलब भत्तामै चार खर्ब ४३ अर्ब चार करोड ८७ लाख रुपैयाँ खर्च 
  • धान उत्पादनमा वृद्धि, पर्यटकको संख्या र रेमिट्यान्सलाई देखाउँदै अर्थमन्त्रीद्वारा अर्थतन्त्र सुधारिँदै गएको दाबी

काठमाडौं– स्रोत जुटाउन नसक्ने भएपछि सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटको आकार घटाएको छ । अर्थ मन्त्रालयले सोमबार बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार घटाएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट दुई खर्ब २१ अर्ब रुपैयाँ बराबरले घटाइएको जानकारी दिए । उनले स्रोत सुनिश्चित गर्न नसक्ने निश्चित भएकोले खर्च र राजस्व दुवैको लक्ष्य घटाउनुपरेको बताए । 

‘अर्धवार्षिक मूल्यांकनपछि आम्दानीको लक्ष्य पु¥याउन र खर्चको लक्ष्य पूरा गर्न सक्ने देखिएन । त्यसैले बजेटको आकार घटाइएको छ,’ सोमबार अर्धवार्षिक समीक्षा सार्वजनिक गर्न अर्थ मन्त्रालयमा आयोजित समारोहमा उनले भने ।

यससँगगै १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट १५ खर्ब ३० अर्ब २६ करोडमा खुम्चिएको छ । बजेटको मुख्य स्रोत राजस्व संकलनमा सरकार असफल बन्दा बजेटको आकार घटाउनु परेको हो । जुन कुरा अर्थमन्त्री स्वयंले स्वीकार गरेका छन् । समीक्षा अवधिसम्म लक्ष्यको ७० प्रतिशतमात्र राजस्व संकलन भएको उनले बताए । यद्यपि राजस्व संकलन अघिल्लो वर्षको तुलनामा वृद्धि भएको उनको भनाइ छ ।

बजेटको मध्यावधि समीक्षा गर्दै अर्थमन्त्री डा. महतले चालु आर्थिक वर्षको समाप्तीसम्ममा ८८ प्रतिशत खर्च हुने अनुमान गरेका छन् । ‘हामीले अपेक्षा गरेअनुसार स्रोत उठाउन सकेका छैनौं, खर्चमा पनि छ महिनाको अवधिमा अपेक्षित सुधार नदेखिएको सत्य हो,’ अर्थमन्त्री महतले भने, ‘कानुन सुधारको काम गरिरहेका छौं, अब खर्च गर्ने आधारहरू बढाएका छौं, ८८ प्रतिशत हुने प्रक्षेपण गरेका छौं । यो पनि राम्रै हो ।’

Hardik health

व्यवसायको प्रकृति परिवर्तन हुँदा सरकार राजस्व अनुमानमा चुकेको उनले बताए । ‘नयाँ प्रविधिमा व्यवसाय गएको छ, हाम्रो ट्याक्स पोलिसीलाई सोहीअनुसार ढाल्न नसकेको कारण पनि अपेक्षित राजस्व उठ्न सकेको छैन,’ अर्थमन्त्री महतले भने ।

कहाँ कति कटौती ?
बजेटको अर्धवार्षिक समीक्षासँगै अब चालु खर्चमा एक खर्ब ३४ अर्ब ३३ करोड कटौती हुने भएको छ । चालु खर्चमा ११ खर्ब ४१ अर्ब ७८ करोड बजेट विनियोजन गरिएको थियो । त्यसैगरी पुँजीगत खर्च ४७ अर्ब ९४ करोड रुपैयाँले घटाइएको छ । वित्तीय व्यवस्थपनतर्फ ३८ अर्ब ७८ करोड रुपैयाँ कटौती हुने भएको छ ।

सरकारले चालु आर्थिक वर्ष १४ खर्ब ८८ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा एक खर्ब ७९ अर्ब रुपैयाँले घटाइएको छ । यसैगरी वैदेशिक अनुदानतर्फ ४९ अर्ब ९४ करोड रुपैयाँको लक्ष्य राखिएकोमा ४० अर्ब १२ करोडमा सीमित पारिएको छ । वैदेशिक ऋणतर्फ ३१ अर्ब ९१ करोड रुपैयाँ घटाइएको छ । 

‘चालु वर्षको अन्त्यसम्ममा नेपाल सरकारको स्रोतबाट (राजस्व र आन्तरिक ऋण) १३ खर्ब नौ अर्ब ३० करोड ८६ लाख, वैदेशिक अनुदानतर्फ ४० अर्ब १२ करोड नौ लाख र वैदेशिक ऋणतर्फ एक खर्ब ८० अर्ब ८३ करोड ६७ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान रहेको छ,’ अर्धवार्षिक समीक्षा प्रतिवेदनमा भनिएको छ ।

विकासमा खर्च निराशाजनक
गत पुस मसान्तसम्म सरकारले पाँच खर्ब ७३ अर्ब ६३ करोड २९ लाख रुपैयाँ खर्च गरेको छ । यो कूल विनियोजनको ३२.७५ प्रतिशत हुन आउँछ । जसमा सबैभन्दा बढी खर्च चालु अर्थात् प्रशासन सञ्चालनमै गएको देखिन्छ । यसमा सरकारको नियमित दायित्व राज्य सञ्चालन, दैनिक खर्च, तलब भत्ता तथा सार्वजनिक ऋणको भुक्तानी आउँछ । यो अवधिमा चार खर्ब ४३ अर्ब ४ करोड ८७ लाख चालु शीर्षकमा खर्च भएको देखिन्छ । जबकि विकासतर्फ जम्मा ५० अर्ब ४४ करोड ८८ लाख रुपैयाँमात्र खर्च भएको छ ।

चालु आवका लागि अर्थ मन्त्रालयले १९ वटा राष्ट्रिय गौरवका आयोजनाका लागि ६५ अर्ब ६४ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसमध्ये छ महिनामा १५ अर्ब ५० करोड आठ लाख रुपैयाँमात्रै खर्च भएको छ ।

समीक्षा अवधिमा चालुतर्फ ३८.८० प्रतिशत र पुँजीगततर्फ १६.७० प्रतिशत खर्च भएको छ । यो अवधिमा सरकारको स्रोततर्फ पाँच खर्ब ३९ अर्ब ७७ करोड ९३ लाख रुपैयाँ खर्च भएको छ । यो खर्च गत आर्थिक वर्षको तुलनामा ०.१५ प्रतिशतले न्यून हो । वैदेशिक अनुदानतर्फ पाँच अर्ब ४० करोड ५४ लाख रुपैयाँ खर्च भएको तथ्यांक छ, जुन गत आर्थिक वर्षको तुलनामा २५.१० प्रतिशतले न्यून हो । वैदेशिक ऋण २८ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ परिचालन भएको प्रतिवेदनमा उल्लेख छ ।

धान उत्पादन बढ्यो, पर्यटक पनि बढ्दै
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कूल गाहस्थ्य उत्पादन स्थिर आधारभूत मूल्यमा गत आर्थिक वर्षको यही अवधिको तुलनामा तीन.प्रतिशतले वृद्धि हुने अनुमान छ । चालु आव २०८०/८१ को पहिलो छ महिनामा देशको प्रमुख बाली धानको उत्पादन ४.३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको यसै अवधिमा ६.९ प्रतिशतले बढेको थियो ।

चालु आवमा बैंकिङ क्षेत्रमा देखिएको तरलतामा सुधार, घट्दो ब्याजदर, शोधनान्तर स्थितिमा सुधार, वैदेशिक लगानी प्रतिबद्धतामा भएको वृद्धिले औद्योगिक क्षेत्रको सञ्चालनमा सकारात्मक प्रभाव परेको छ । आव २०८०/८१ को पुस महिनासम्ममा पाँच लाख ६० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत आर्थिक वर्षको यसै अवधिमा यो संख्या तीन लाख ८४ हजारमात्र थियो ।

चालु आर्थिक वर्षको प्रथम छ महिनामा उपभोक्ता मूल्य सूचकांकमा आधारित औसत मुद्रास्फीति (मूल्यवृद्धि) ६.४७ प्रतिशत छ । गत पुसमा उपभोक्ता मूल्य सूचकांकमा आधारित वार्षिक बिन्दुगत मुद्रास्फीति ५.२६ प्रतिशत कायम रहेको छ ।

निजी क्षेत्रमा जाने कर्जा बढ्यो, निक्षेप पनि बढ्दै
समीक्षा अवधिमा कूल आन्तरिक कर्जा दुई प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २.८ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा गत पुस मसान्तमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको छ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा जाने कर्जा चार प्रतिशतले वृद्धि भई ४९ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा तीन प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा गत पुस मसान्तमा यस्तो कर्जा ४.९ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिसम्म बैंक तथा वित्तीय संस्थाहरूले संकलन गर्ने निक्षेप ६.६ प्रतिशतले वृद्धि भई ६० खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म नेपाल राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा र ‘ओभरनाइट’ तरलता सुविधामार्फत कूल पाँच खर्ब १५ अर्ब ११ करोड रुपैयाँ तरलता उपयोग भएको छ भने निक्षेप संकलन बोलकबोलमार्फत तीन खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको छ ।


चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २५.३ प्रतिशतले बढेर सात खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्यामा २४.६ प्रतिशतले घटेर दुई लाख सात हजार ९७० जना कायम भएको तथ्यांक छ ।


अर्थमन्त्री भन्छन्– अर्थतन्त्र सकारात्मक लयमा बढ्दै छ
अर्थमन्त्री डा. प्रकाशशरण महतल मुलुकको अर्थतन्त्रका सूचकहरुमा उल्लेख्य सुधार भएको दाबी गरेका छन् । चालु बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै सोमबार उनले यस्तो दाबी गरेका हुन् । 


मुलुकको आर्थिक सूचकमा उल्लेख्य सुधार देखिएको तथा अर्थतन्त्र विस्तारै सप्रिँदै गएको अर्थमन्त्री महतको भनाइ छ । सरकारले थालेको प्रयासले नतिजा दिन थालेको बताए । ‘कोभिड–१९ को समयमा लिइएको खुकुलो मौद्रिक तथा वित्त नीतिका कारण बढ्दो आयात र उच्च कर्जा प्रवाह हुँदा विदेशी विनिमय सञ्चितिमा परेको चापलाई सम्बोधन गर्न लिइएको कसिलो मौद्रिक नीतिले गर्दा समग्र आर्थिक क्रियाकलापमा सुस्तता देखिएता पनि चालु आर्थिक वर्षको सुरूआतदेखि नै अर्थतन्त्र क्रमशः गतिमा फर्कंदै गरेको अवस्था छ,’ अर्थमन्त्री महतले भने, ‘बजेट वक्तव्यमार्फत सुरुवात गरिएका नीतिगत, प्रणालीगत तथा प्रक्रियागत सुधारका प्रयासबाट सकारात्मक नतिजा देखिन थालेका छन् ।’
अर्थतन्त्र सुधारका लागि हालसम्म गरिएका प्रयासलाई संस्थागत र सुदृढ गर्दै आगामी दिनमा अझ बढी समन्वयात्मक ढंगले काम गर्ने अर्थमन्त्रीले बताए । 


अन्तर्राष्ट्रिय विकास सहायतातर्फ आवश्यकता र औचित्यका आधारमा मात्र ऋण परिचालन गर्न सुरु गरिएको उनले बताए । मौद्रिक नीतिलाई क्रमशः खुकुलो बनाइएको, सार्वजनिक संस्थान सुधारको कार्य अघि बढाइएको, निजीकरण समितिलाई क्रियाशील बनाइएकोलगायत सुधारका काम सरकारले गरिरहेको अर्थमन्त्री महतले बताए । कार्यान्वयनको क्रममा रहेका आयोजनालाई पूर्णता दिने र स्रोत सुनिश्चित गरिएका आयोजनालाई आवश्यक रकम प्रस्ताव गरेर मात्र नयाँ आयोजना तथा कार्यक्रमको थालनी गरिने मन्त्री महतले जानकारी दिए ।
 


प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
पुँजीबजारमा देखिएका समस्या पहिचान गर्न कार्यदल गठन
पुँजीबजारमा देखिएका समस्या पहिचान गर्न कार्यदल गठन शुक्रबार, असोज ३, २०८२
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट बिहीबार, असोज २, २०८२
राष्ट्र बैंकले एक अर्ब रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्दै
राष्ट्र बैंकले एक अर्ब रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्दै बिहीबार, असोज २, २०८२
मर्यादित र उच्च मनोबलका साथ व्यवसाय गर्ने वातावरणका लागि महासंघद्धारा गृहमन्त्रीलाई आग्रह   
मर्यादित र उच्च मनोबलका साथ व्यवसाय गर्ने वातावरणका लागि महासंघद्धारा गृहमन्त्रीलाई आग्रह    बिहीबार, असोज २, २०८२
उच्च मनोबलका साथ काम गर्न गृहमन्त्री अर्यालको निर्देशन
उच्च मनोबलका साथ काम गर्न गृहमन्त्री अर्यालको निर्देशन बिहीबार, असोज २, २०८२
मन्त्री घिसिङको निर्देशनपछि तातोपानी सडक बनाउन तातियो विभाग
मन्त्री घिसिङको निर्देशनपछि तातोपानी सडक बनाउन तातियो विभाग बिहीबार, असोज २, २०८२
केरा आयात नगर्न अनुरोध
केरा आयात नगर्न अनुरोध बुधबार, असोज १, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP