Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • बा ? लेन–देन !
बा ? लेन–देन !
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २३, २०८०

यो पैसा पनि चिज पनि अचम्मै रैछ बा ! भए पनि पिर नभए पनि पिर । अझ लेन–देनमा त कुरै नगरौं । पैसाको रातो मुख भन्ने चलन नै छ । पैसाका लागि मानिसहरुले जे पनि गर्छन् भन्ने कुरा त हाम्रा गाउँका तर्फबाट विश्वकै धनीका लिस्टाँ परेका दाजुभाइ कालो कोठरीमा छिरेपछि पो थाऽ भो त ।

यता झिरिप्प पारेर पो श्रीलंकातिर पनि तुरुप हान्न भ्याका रे । कति टाठा रैछन् । दलेदाइ झोला फेरि फेरि नेपालाँ मात्र होइन नेपालभन्दा सानादेखि आफूलाई ठूला भन्ने देशसम्म पनि उस्तै रैछ । त्यही भएर नै हाम्रा गाउँका डिठ्ठा साहेवहरुले सरकारी जल, जमिन जंगल त देख्दै नहुने रे । किस्ता–किस्ता छिमेकीलाई बेचिदिएका छन् अरे, काइँला बाले भनेको !
कामभन्दा बढी गफ गरेर खाने भनेकै बाऽहरुले हो भन्दै थिए काइँला बा । बाऽ हरुले ‘लेन’ बिगार्दा तीन पुस्तादेखिको भविष्य अन्धकारमय नै देखिएको छ । ए ऽ मालेका बा, नानीका बा, छोरीका बा अनि देउ ऽबा हरुले त यो देश आफ्नै बाउको बिर्ता नै बनाए पनि भन्छन् काइँला बा । 

सात सालदेखि न्यायका लागि लड्दै आएका काइँला बाले अहिलेसम्म पनि न्याय पाएका छैनन् रे । ‘न्याय माग्दा माग्दै नपाएपछि माग्नै छाडिदिएँ । खोसेरै पो लिन थालेँ त,’ अगाडिका फुक्लिएका दाँत देखाउँदै खितित्त हाँस्दै काइँला बाले भनेको ।

बाहरुलाई अहिले लेन–देनको चक्रव्युहले फसायो रे । त्यही भएर जता हेर्‍यो उतै टावर नै टावर । अझ काठमाडौंको झिल्के टावरले गर्नु गर्‍या छ, बाबु भो भन्छन् काइँला बा ! भित्तामा नाम लगाउन सबलाई हतारो ! मेलम्ची पानी आओस् नओस् धाराको मुनि नाम लेखाउन हतारो । टावर बनोस् नबनोस् उद्घाटन गरेर नाम लेखाउनै हतारो । बाटो बनोस् कि नबनोस् रिवन काटेर बोर्ड टाँग्नै हतारो ! तर यो हतारो हैन बाबु यो त लेन–देनको लतारो हो भन्छन् थप्दै काइँला बा ! 

Hardik health

आखिर जे रैछ बा मै रैछन् ? देश बेचेर खाने बा । नदी बेचेर खाने बा । डाँडापाखा बेचेर खाने बा । युवा पुस्ता बेचेर खाने बा । सुन गलाउने बा । नेपालीलाई विदेशी बनाएरै रकम झ्वाम पार्ने पनि बा । फिरंगीहरुको इशारामा देश चलाउने पनि बा । गनऽतन्त्रका नाममा जनतालाई रित्तो पार्ने पनि बा नै बा । मै मोरो सत्य बोल्ने, न्याय खोज्ने, कहीँ नबिक्ने किन रै छ भनेको त काइँला बा भएर पो रैछ !

जे होस् अहिले बाऽहरुको लेन–देन फस्टाउने देखिएन त्यसमै खुसी छ अरे । लेन हल्लाउन र भत्काउने भएपछि बाहरुको पनि मुटुमा ढ्यांग्रो ठोकिएको छ रे ! हुन त काइँला बा पनि कम हो र ! सात सालदेखि ७० सालसम्म पनि उस्तै तगडा न्याय नदिने भन्दै मुठ्ठी बटारेर ठोक्ने बानी परेको । त्यो बेला दाहिने हातको मुड्की देखाउँदै ‘अञ्चलाधीशलाई एक दिएर पुक्लुकै पारेको पो त मैले’ । काइँला बा अझै उही जोशले कुर्लिन्छन् ।

संघी ऽ यता न उता आएपछि त बाहरुको ताण्डव नृत्य नै भइरहेको छ त । लुट्न सके लुट कान्छा लुट्न सके लुट अरू देशमा पाइँदैन । नेपालमै छुट भन्दै गाइने गीत गाको जस्तै भा छ । त्यो सेतो झिल्के टावरमा पनि कति लुट लुट ! उद्घाटन हुँदै बन्दै, उद्घाटन हुँदै बन्दै । त्यस्तो पनि हुन्छ कतै ? त्यही भएर लेन हल्लिएको बाहरु चल्मलाएकै हुन् । 

जनताले तिरेको पैसाले बनेको टावरमा लेन–देन गरेरै फेरि असुल्न योजना बनाइरहेकाहरुलाई बालेनले बाजा बजाइदिए । ऊ बेला त आफ्नो ठेकेदार लगाएर पैसा असुल्नेहरुले अहिले पनि त्यसलाई ठेक्का लगाएर लुट्ने तयारी गरिरहँदा बाऽहरुको लेन भत्काउँदै बालेनले निःशुल्क गरिदिएपछि यिनका निद हराम भयो । काइँला बा खित्का छाडेर हाँस्छन् । 

ठीक्क पर्‍यो । हन कति लुट्नु हो लुट्न पनि रैतीहरुलाई । झोला बोक्ने झोलेहरुले जे गरे पनि दाइ र कमाउरेड भन्दै उकास्ने अनि तिनका बाऽ हरुले देउ ऽ बा, देउ ऽ बा भन्दै माग्ने अनि मान्छे, देश नबेचेर, नदी नबेचेर, बालुवा बेचुन् त ? 

लेन–देन नगरी पनि त रैतीहरुले काम होस् न ! ३० वर्ष पञ्चेले लुटे भन्नेहरुले ३४ वर्षदेखि जनतालाई लुटेको छ लुटेको छ । फेरि लुट्न नपाइने भो भन्दै तगारो ताक्दै पो छन् त । काँठले जे गरेको छ ठीक गरेको हो नि । उद्घाटन भइसकेको ठाउँ पनि बन्दै गरेको हुन्छ त ? हुन पनि हो । कति ढाँट्नु हो जनतालाई । कहिलेसम्म झुक्याउने हो झुक्याउन पनि । काइँला बा तातेको तातै । 

काइँला बाको तातेको रिस सेलाउने छाँटकाँट नै छैन । बाऽहरुका लेन– देन उजाड हुने भए पनि बालेनको देन म बूढाले मन पराएँ त । मन पराएँ भने पनि मन पराएँ । हाम्रा पाला नारान गाइनेले गाको जस्तै हो–
‘मैले पुण्य मन पराएँ या पाप मन पराएँ 
जे होस् मैले उनको काम मन पराएँ’

जनजनको मनमा बसेपछि टावरलाई कुनै पावरले पनि काम गर्दैन । बाहरुको लेन भत्काउने काम नै जनताले न्याय पाउनु हो । मैले ७० वर्षदेखि खोजेको न्याय पनि यस्तै हो काइँला बा खुसीले उन्मत्त भाका छन् । विद्रोही माइला पनि बुरुक्क–बुरुक्क उफ्रेर अब देखाइदिन्छु भन्दै छन् । 

बा–हरुका लेन–देनले देश सक्कियो । यता बेच्यो उता बेच्यो सबै रित्तियो । युवा बेच्यो, नदी बेच्यो सब सकियो । जे होस् अब त लाग्छ लेन–देन पनि सक्किएला । हाम्रा पुराना घर नभत्किएला । न्याय दिने त देखिएला ! कोही न कोही त भेटिएला । आउँछ एक दिन आउँछ । 
‘एक युगमा एक दिन एक फेरि आउँछ । 
उलटपुलट उथलपुथल एकचोटी ल्याउँछ ।’

 


प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP