Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #एनसेल
  • #मेटलाइफ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • गृहमन्त्रीको स्वागतयोग्य कदम
गृहमन्त्रीको स्वागतयोग्य कदम
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १९, २०८०

६१ किलो सुन प्रकरणपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मौन थिए । केही समय बिरामी पनि भएकाले गृहमन्त्री श्रेष्ठ बोलेका पनि थिएनन् । बिहीबार भने उच्च घरानाका व्यवसायीलाई कानुनी दायरामा ल्याउने प्रयास गर्दै गृहमन्त्री पुन चर्चामा छाएका छन् ।

डलर अर्बपतिका रुपमा परिचित विनोद चौधरीका भाइ अरुण चौधरी उच्च घरानाका व्यवसायी हुन् । सरकारी जग्गा हडपेर अकुत सम्पत्ति कमाउनेमा नेपाली व्यवसायीको नाम पहिलो सूचीमै आउँछ । तर व्यवसायीलाई छुने आँट कसले गर्ने ? राजनीतिमा उपल्लो कनेक्सन बनाएकै कारण उनीहरु जोगिन्छन् । डलर अर्बपति विनोद चौधरी पनि एमाले हुँदै अहिले कांग्रेस सांसद बनेका छन् । यस्तो शक्तिशाली व्यक्तिलाई प्रहरीले कानुनी घेरामा ल्याउने घटना विरलै हुन्छ नेपालमा । जुन गृहमन्त्री श्रेष्ठको नेतृत्वमा भएको छ ।

गृहमन्त्री बनेपछि नारायणकाजीले एकपछि अर्को सुधारको शुरूआत गरे । गृहमन्त्रीको रूपमा नारायणकाजीले रवि लामिछानेले गृहमन्त्री बनेको समयमा कानून मिचेर लगाएको राष्ट्रिय परिचयपत्रको ठेक्का र हतारमा बनाएको कार्यविधि खारेज गरेका थिए ।राष्ट्रिय परिचयपत्रमा उल्लेख भएका नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्ने अधिकार र पहुँच विदेशी कम्पनीलाई दिने गरी ३२ दिने गृहमन्त्री लामिछानेले हतारमा ठेक्का लगाएका थिए । लामिछानेले ७ दिनको बोलपत्र जारी गरी एउटा मात्रै कम्पनी छनोट गरेको ठेक्कालाई श्रेष्ठले नै खारेजीसम्म पुर्‍याएका हुन् । 

Hardik health

त्यसैगरी श्रेष्ठले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने धन्दाको पर्दाफास गरे । यो प्रकरणमा बहालवाला सांसद टोपबहादुर रायमाझी, बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री बालकृष्ण खाँणलगायत प्रभावशाली व्यक्तिहरू जेल पुगे । यस प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा र एमाले अध्यक्ष केपी ओली शर्माका स्वकीय सचिव राजेशकाजी शाक्यको नामसमेत जोडिएको थियो । यी दुई व्यक्तिलाई पक्राउ नगरेकोमा भने श्रेष्ठको आलोचना हुने गर्छ । यद्यपि गृहमन्त्री बनेपछि नारायणकाजीले देखाएको तदरुकता र भ्रष्टचारीमाथि बोलेको धावालाई मान्नैपर्ने हुन्छ ।

यसको पछिल्लो उदाहरण हो अरुण चौधरी पक्राउ प्रकरण । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेर मोटाएका व्यवसायी चौधरीलाई छुने आँट कसैको थिएन । नाफामा चलिरहेको सरकारी उद्योग बन्द गराएर चौधरीहरुले उक्त उद्योगको जग्गा किन्ने नाटक गरी चाँदबाग स्कुल सञ्चालन गरेका थिए । चर्को शुल्क लिने चाँदबाग राजधानीको महँगो स्कुलहरुमा पर्छ । चौधरी ग्रुपको नेटवर्क यति फैलिएको छ कि शीर्ष दलका नेताहरु कसैले पनि उनीहरुमाथि प्रश्न उठाउन सक्दैनन् । राज्यलाई धमिराले झैं खोक्रो पार्ने व्यवसायी पक्राउ गर्न लगाएर गृहमन्त्री श्रेष्ठले स्वागतयोग्य कदम चालेका छन् । 


प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP