Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आन्तरिक किचलोमा राप्रपा
आन्तरिक किचलोमा राप्रपा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, माघ १८, २०८०

 

  • अध्यक्ष राजेन्द्र लिङ्देन र नेता प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तथा महामन्त्री धवलशमशेर जबरा पक्षबीच किचलो
  • निर्देशन समितिको निर्देशनलाई लिएर लिङ्देन थप आक्रोशित
  • लोहनीसहितका नेताहरूले पार्टीमा अलग्गै शक्तिको खेल खेल्न अभ्यास गरेको लिङ्देनको टिप्पणी

काठमाडौं– राजतन्त्र र हिन्दू राष्ट्र पुनःस्थापनाको एजेण्डा बोकेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र    गम्भीर मतभेद देखिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशमशेर जबरा (लोहनी–जबरा) पक्षबीच पार्टी नै विभाजन हुन सक्नेगरी मतभेद चुलिएको छ । 

आगामी फागुनको पहिलो साता देशव्यापी आन्दोलनमा जाने घोषणा गरेको दलमा उत्पन्न टकरावले आन्दोलन प्रभावित पार्न सक्ने चिन्ता पार्टीकै नेताहरुबाट प्रकट हुन थालेका छन् । पार्टी प्रवक्ता सगुनसुन्दर लावतीले घोषित आन्दोलन नरोकिने तर मतभेद मत्थर नभए आन्दोलनमा त्यसको प्रभाव पर्न सक्ने बताए ।

हिन्दू राष्ट्र पुनःस्थापना, संवैधानिक राजसंस्था र प्रदेश खारेजीको माग राखेर आन्दोलनमा जान्छौं हामी । तयारी पनि भइरहेको छ । तर, अहिले पार्टीमा केही आन्तरिक समस्या देखिएका छन् । यदि, समाधान नभए त आन्दोलनमा असर पुग्न सक्छ ।
सगुनसुन्दर लावती
प्रवक्ता, राप्रपा

Hardik health

‘हिन्दू राष्ट्र पुनःस्थापना, संवैधानिक राजसंस्था र प्रदेश खारेजीको माग राखेर आन्दोलनमा जान्छौं हामी । तयारी पनि भइरहेको छ,’ उनले प्रभावसँग भने, ‘तर, अहिले पार्टीमा केही आन्तरिक समस्या देखिएका छन् । यदि, समाधान नभए त आन्दोलनमा असर पुग्न सक्छ ।’ अध्यक्ष लिङ्देन नेता लोहनी, पार्टी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री जबरासँग रुष्ट छन् ।

कोशी प्रदेशको सभामुखमा पार्टीका सांसद अम्बरबहादुर विष्टले उम्मेदवारी दिएकै दिन लोहनी अध्यक्ष रहेको निर्देशन समितिले उम्मेदवारी फिर्ता गराउन केन्द्रीय समिति र कार्यसम्पादन समितिलाई निर्देशन दिएको थियो । जतिबेला लिङ्देन मलेसियादेखि स्वेदश फर्किंदै थिए । उता कोशीमा विष्ट सभामुख भए ।

तर, आफू अध्यक्ष रहेको केन्द्रीय समिति र कार्यसम्पादन समितिलाई लोहनी नेतृत्वको समितिले निर्देशन दिएको भन्दै लिङ्देन बिच्किएका छन् । उनले भनिसकेका छन्, ‘जुन हिसावले केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिका नाममा निर्देशन जारी गरिएको छ, फेसबुक र पत्रिकाबाट । त्यो कुरा राप्रपा अध्यक्षले मान्दैन ।’

वरिष्ठ उपाध्यक्ष मिश्रलाई त उनले असफल नेता भनेका छन् । उनले भनेको मान्न जरुर नै नभएको बताए । ‘जो पछाडि बसेको छ, आफूलाई ड्राइभर भन्छ तर गाडीचाहिँ जीवनभर ठोकाएर थाङथिलो पारेको मान्छेले भनेको अनुसार त म कुदाउँदिनँ,’ लिङ्देनले मिश्रप्रति कटाक्ष गर्दै भनेका छन्, ‘जसले जीवनमा एउटा स्टेन्टबाट अर्को स्टेन्टसम्म राम्रोसँग गाडी पु¥याएकै छैन तर भन्नचाहिँ सधैँभरि आफूलाई ड्राइभर हुँ भन्छ । त्यस्तो ड्राइभरको कुरा राजेन्द्रले मानोस् त ?’

पछिल्लो समय लोहनी, मिश्र र जबरासहितका नेताहरूले अध्यक्ष लिङ्देनको आलोचना गर्दै आएका छन् । यसअघि सरकारमा गएको, फेरि सरकारमा जान जोडबल गरिरहेको, प्रदेश खारेजीको एजेण्डा बोक्ने दलले प्रदेशकै सभामुख लिएकोदेखि राजनीतिक सौदावाजीका लागि संसद्को पूर्वाधार विकास समितिको नेतृत्व लिएको भन्दै लिङ्देनको आलोचना हुँदै आएको छ । यसपछि लिङ्देन आलोचना गर्ने नेताहरूविरुद्ध खनिएका हुन् ।

उनले नेता लोहनीलाई पार्टी विभाजन गर्न लागेको अर्थ लाग्नेगरिको आरोप लगाएका छन् । ‘निर्देशन समिति अध्यक्ष महाधिवेशनबाट निर्वाचित अध्यक्षभन्दा माथि हो ? होइन तर केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिलाई निर्देशन दिने ? यस्तो हुन सक्दैन । पार्टीभित्रै अलगै शक्तिको खेल सहन सकिँदैन,’ उनले हालै एक टेलिभिजन अन्तर्वार्तामा भनिसकेका छन् ।

नेताहरू लोहनी, मिश्र र जबराले राजसंस्था र हिन्दूराष्ट्र कायम गराउने राजनीतिक आन्दोलनको अगुवा लिङ्देनलाई भन्दा देशको अन्तिम राजा ज्ञानेन्द्र शाहलाई लिने गरेका छन् । लिङ्देननिकट स्रोतका अनुसार यसबाट पनि लिङ्देन असन्तुष्ट बनेका हुन् । तर, राप्रपा महामन्त्री जबरा भने पार्टी नवीन राप्रपाको अवधारणाअनुसार विधिमा सञ्चालन गर्नुपर्ने र त्यसो हुन नसकेको बताउँछन् । जसको जिम्मेवार उनी अध्यक्ष लिङ्देनलाई देख्छन् ।

‘पछिल्लो उदाहरण लिउँ कि कोशीमा सभामुख हाम्रो पार्टीबाट भयो । जुन एकदमै गलत हो । प्रदेश खारेजीको माग राख्ने दलले प्रदेशकै सभामुख लिनु नैतिकरुपमा मिल्छ ? अनि, पार्टी विधिमा चलाउने भनिएको छ, विधिमा चलेको छ त ?,’ उनले भने । लोहनी–जबरा पक्षले निर्देशन समितिको निर्देशन दिने निर्णयलाई केन्द्रीय समिति र कार्यसम्पादन समितिमध्ये कुनै पनि पार्टीको संरचनाबाट खारेज गरेर चुनौती दिएका छन् । जबकि, यी दुवै समितिमा लोहनी–जबरा पक्षको बहुमत छ ।

यसले गर्दा लिङ्देनलाई निर्देशन समितिको निर्देशन खारेज गराउन सहज छैन । पार्टी प्रवक्ता लावतीका अनुसार निर्देशन समिति पार्टीमा नियन्त्रण र सन्तुलन कायम गराउने विधानमा व्यवस्था भएको पार्टीको आन्तरिक संरचना हो । यहाँ लिङ्देन पदेन सदस्य छन् । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसमेत पदेन सदस्य रहेको प्रवक्ता लावतीले बताए । पार्टी नेतृत्व स्वेच्छाचारी हुने सक्ने आधारमा निर्देशन समिति गठन भएको हो । तर, यो समितिले गरेको निर्देशनलाई अध्यक्ष लिङ्देनले लत्याउने भएका हुन् ।

यसरी पार्टीमा उत्पन्न आन्तरिक गतिरोध जारी रहेपछि फागुनमा गर्ने भनिएको आन्दोलनमा असर पर्ने देखिएको छ । लिङ्देन आफैं आन्दोलन मूल आयोजक समिति संयोजक हुन् । आन्दोलन परिचालन समिति संयोजक भने महामन्त्री जबरा हुन् । तर, लिङ्देन नेतृत्वको समितिले आन्दोलन तयारीको कामै नगरेको स्रोतको दाबी छ ।
 


प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP