Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • कोरोनाभाइरस संक्रमण विश्वभर
कोरोनाभाइरस संक्रमण विश्वभर
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन १६, २०७६
images
Hardik health
कोभिड–२०१९ नाम दिइएको खतरनाक कोरोनाभाइरस सङ्क्रमितहरुको सङ्ख्या चीनमा दिनदिनै घट्दै गइरहेको समाचार आइरहेको छ भने यस भाइरसको सङ्क्रमण विश्वका अरु मुलुकहरुमा चाहिँ खतरनाक ढङ्गले फैलिन थालेको दुःखद् समाचार आइरहेको छ । यस महामारी अहिले अत्यन्तै खतरनाक र अप्रत्यासित रुपमा फैलिँदै छ । यहि रुपमा कोरोनाको सङ्क्रमण फैलिँदै गयो भने यसले विश्वमै ठूलो सङ्कट ल्याउने निश्चित छ । विश्वभरि ८३,३८१ जना सङ्क्रमित छन् भने २,८५८ जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितमध्ये पनि बिहीबारसम्म ३६,५८७ जना निको पनि भएका छन् जसमध्ये ३६,११७ जना चिनियाँ नै छन् । चीनमा हालसम्म सङ्क्रमितको सङ्ख्या ७८,८२४ र मृत्यु हुनेको सङ्ख्या २,७८८ पुगिसकेको छ । चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोनाभाइरस सङ्क्रमण विश्वका थुप्रै मुलुकमा फैलिइसकेको छ । यो सङ्क्रमणले युरोप मध्यपूर्व र संसारका अरु भागलाई पनि भेटिसकेको छ जसमा दक्षिण कोरिया, इरान र इटाली बढि प्रभावित छन् । अन्टार्कटिकाबाहेक ६ वटै महादेशमा यो संक्रमण फैलिइसकेको छ । चीनपछि कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा बढी दक्षिण कोरियामा देखिएको छ जहाँ फेरि थप २५६ कोरोनाभाइरस सङ्क्रमितहरु फेला परेका छन् । तीसमेत कोरियामा जम्मा २,०२२ जना सङ्क्रमित बनेका छन् भने १३ जनाको मृत्यु भइसकेको छ । यस संक्रमणबाट चीनपछि सबैभन्दा बढी मृत्यु इरानमा भएको छ । अहिलेसम्म इरानमा जम्मा २६ जनाको मृत्यु भइसकेको छ भने २४५ जना संक्रमित छन् । उच्च सरकारी अधिकारीहरू समेत संक्रमित भएका छन् । संक्रमित उच्च सरकारी अधिकारीहरूमा उपराष्ट्रपति मसुमेह इब्तेकर जो हाल घरमै क्वारेन्टाइन बसिरहेकी छन्, उपस्वास्थ्य मन्त्री इराज हरिर्ची, सांसद तथा संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख मोज्ताबा जोल्नुर, सांसद मोहम्मद सादेगी, तेहरानका एक मेयर मोर्ताजा रहमानजादा, कोम सहरका स्वास्थ्य विश्वविद्यालयका निर्देशक डाक्टर मोहम्मद रेजा गादिर र भ्याटिकनका लागि पूर्वइरानी राजदूत हादी खोस्रोसाही रहेका छन् जसमध्ये ८१ वर्षीय हादीको ज्यान गइसकेको छ । इरानमा यस भाइरसको संक्रमण सबैभन्दा बढी कोम सहरमा देखिएको छ । संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि शुक्रबारको प्रार्थनाहरू रद्ध गरिएको छ, स्कुल र विश्वविद्यालय मार्च २१ सम्मका लागि बन्द गरिएको छ र सबै सांस्कृतिक र खेलकुद कार्यक्रमहरु पनि रोकिएका छन् । इरानमा कोभिड–१९ चीनबाट पुगेको विश्वास गरिएको छ र इरानले चिनियाँ नागरिकहरुलाई देश प्रवेशमा पनि प्रतिबन्ध लगाएको छ । रुसले इरानसँगको आफ्ना केही हवाइ उडानहरु रद्द गरेको छ र इरानीहरुलाई भिसा जारी गर्न शुक्रबारदेखि नै बन्द गरेको छ । न्युजिल्यान्डले पनि इरानबाट आउने यात्रीहरुलाई अस्थायी रूपमा देश प्रवेशमा रोक लगाएको छ । कोरोनाको उद्गमस्थल चीनमा बिहीबार मात्रैे ४४ जनाको मृत्यु भएको छ । त्यो समेत गरेर चीनभरिमा कोरोनाभाइरसकै कारण २,७८८ जनाको मृत्यु भइसकेको छ । चीनपछि इरानमा र दक्षिण कोरियामा देखापरेको कोरोना सङ्क्रमण विस्तारै युरोपतिर पनि सर्दै र फैलिँदै गएको छ । युरोपमा पनि सबैभन्दा बढी सङ्क्रमण र त्रास इटालीमा देखिएको छ । इटालीमा कोरोनाकै कारण १७ जनाको मृत्यु भइसकेको छ भने ६५० जनामा सङ्क्रमण फेला परिसकेको छ । साथै फ्रान्समा सङ्क्रमितको सङ्ख्या बिहीबारसम्ममा ३८ पुगेको छ । जसमध्ये दुई जनाको मृत्यु भइसकेको छ, १२ जना निको भएका छन् र २४ जना अस्पताल भर्ना भएका छन् । तीमध्ये दुईजना संक्रमितको अवस्था गम्भीर रहेको बताइएको छ । जापानमा पनि सो संक्रमण देखापरेपछि टोकियोस्थित डिज्नी ल्यान्डलाई शनिबारदेखि मार्च १५ सम्म बन्द गरिने भएको छ । जापान सरकारले सबै स्कुलहरु बन्द गरिसकेको छ र कम्तीमा पनि दुई हप्तासम्मका लागि ठूला जमघट, समारोह तथा खेलकुदहरुको आयोजना नगर्न सार्वजनिक आह्वान गरिसकेको छ । अमेरिका पनि कोरोनाको सङ्क्रमणले प्रभावित भएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  १०:२४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा विशाल जनगणना सुरु
भारतमा विशाल जनगणना सुरु मंगलबार, चैत १७, २०८२
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ मंगलबार, चैत १७, २०८२
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत मंगलबार, चैत १७, २०८२
मध्यपूर्व तनाव चर्किंदै
मध्यपूर्व तनाव चर्किंदै मंगलबार, चैत १७, २०८२
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा मंगलबार, चैत १७, २०८२
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार मंगलबार, चैत १७, २०८२
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP