Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • सालिक बन्ने कि मालिक ? 
सालिक बन्ने कि मालिक ? 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ १६, २०८०

बिहान ४ बजे भालेबासेसँगै आँखा खुल्यो । सधैँ झैँ ज¥याक जुरुक्क उठेर झिसमिसे उज्यालोमा फटाफट खुट्टा लम्काउँदै अघि बढ्दै थिएँ । टेकुस्थित खरिबोट नजिक पुगेको थिएँ । एक जना मान्छेले च्याप्प कठालोमा समात्यो । म झसंग भएँ । झिसमिसे उज्यालोमा बिहान मर्निङ वाकमा निस्कने मानिसहरु त्यत्ति धेरै आवतजावत भएको थिएन । हुन त चिसो बढ्दै गएकाले यो माघमा मर्निङ वाकमा निस्कनेहरु पनि अलि ढिलै गर्न थाल्या छन् । जति नै गरे पनि अल्छी भएका हुन् कि भनेजस्तो । पहिले त्यहीबाटो ३ बजेदेखि नै कालीमाटी तरकारी बजार आवतजावत गर्नेहरु प्रशस्तै हुन्थे । आजकल अलि कम हुन थालेको रहेछ । 

म न यता गर्न सकें न उता गर्न ! आँट नै आएन । ती मानिस रिसले चुर थिए । विचरा मैले केही गल्ती गरेको पनि थिइनँ । यसो सम्झिँए कुनै गल्ती मबाट भएको थियो कि त्यही भएर पो मलाई यसरी एक्लै पारेर समाते भन्ने पनि लाग्यो । सम्झिँए त्यस्तो कतैबाट भएको पनि छैन । गरेको पनि छैन । त्यसो भए मैले गल्ती नगरीकन किन सजाय भोग्नुपर्ने ? चिसो हावा चलिरहेको जस्तो बिहानी स्याँठ चलिरहेकै थियो । हातखुट्टा चिसो काँपिरहेको थियो । तर मन ढक्क फुलेर आएको थियो । कान तातेर सायद रातै भएको हुनु पर्छ । मैले त्यहाँ गुहार माग्न आँट गर्न नै सकिने । हुन त गुहार मागेर पनि को आउँथ्यो र ? 

समय परिवर्तन भइसकेको छ नि । निकै परिवर्तन आमूल परिवर्तन नै भइसकेको छ भन्ने कुरा त अस्तिभर्खर विमानस्थलमा प्रहरी र कर्मचारीको लात्तेबाजीले नै देखाइदिएको छ । पहिले जस्तो जमाना छैन नि हजुर ! अन्यायमा परेकालाई सहयोग गर्ने । अहिले त हेरिरहने मात्र हो । मलाई कसले बचाउन सक्थ्यो र ?तैपनि डर नमानीकन सोँधे । हजुर मबाट के गल्ती भएको थियो । यसरी घाँटी नै किकलिक्क हुने गरी कँठालोमा समाउनु भएको ? अध्यारो थियो मान्छे चिन्न नै कठिन । एक छिनसम्म उत्तर आएन । डरले थरथरी भईरहेको थिएँ तर डरायो भने अझै वित्यास पार्छ भन्ने लागेको थियो । खोल्चाखोल्चीमा हिड्दा अप्ठेरो पर्ला भनेर पैतालाको माटोको टिको लगाउन आमाले सिकाउनु भएको थियो । त्यही सम्झिएँ । पैतालाको टिको लगाउने योजना बनाएँ । खुट्टा यसो उठाएँ ती मान्छेले अझै च्यापेर समाते । मलाई लाग्यो अव प्राण पखेरो उडाउने भो । जुत्तामा टाँसिएको धुलो दाहिना हातले यसो तानेर टिको लगाएँ । 

रातविरात हिँड्दा अप्ठेरो प¥यो भने हनुमान चालिसा सम्झनु भनेर बाले भन्नुभएको थियो । अब अझै साहस बढ्यो हनुमान चालिस मनमनै सम्झन थाले । अप्ठेरो परेपछि जति नै नास्तिक भएपनि हे भगवान् भन्ने नेपालीहरुको बानी नै हो । कस्ता कस्ता भगवान् मान्दिन भन्नेहरु त भैँसीको पूजा गरेर आफ्नो ग्रह कटाउन थालिसकेका छन् । म जावो फुच्चे । जय हनुमान मनमनै भन्दै मलाई छाड्नुस् भने । 

Hardik health

उसले बल्ल भन्यो । तँलाई म छाड्दिन । यही अठ्याएर राख्छु । तँ मालिक होस् ? 
कस्तो प्रश्न ? म त तीन छक्क परे । मैले होइन हजुर म त सर्वहारा श्रमिक ।
केरे अझ बढ्ता बोल्छन् । कसरी तँ सर्वहारा ? सर्वहारा भन्नेहरु सबै चोर भए । देश कंगाल बनाउने तँ झोलेले सर्वहारा भन्न सुहाउँछ ? मेरो अझै सातोपुत्लो गयो ।   होइन हजुर मैले कसैको पनि झोले होइन । म साँच्चै नै । श्रमिक हुँ । 
सबैले त्यसै भन्छन् मैले पनि त्यसै भन्थें । मलाई चिनेको छन् । मसँग धेरैले झूठो बोले । झूठ बोल्नेहरुलाई म अब छाड्दिनँ । बुझिस् ! 

लौ मार्ने भो अब । सत्य बोल्दा पनि झूठ बोलेको भनेर मार्ने भो त । चिच्याउँ भने पनि यति बिहानै कसले सुन्ने ? गुहार मागौं कसले गुहार दिने । अब मरिने भो भन्ने लाग्यो । तर सत्य नै बोलेको हो के, सत्यबाहेक केही बोल्दिनँ सत्य बोल्दा अन्याय हुन्छ भने होस् । फेरि मैले भनें, म श्रमिक हो । सत्य बोल्छु श्रम गर्छु । ती मान्छेले भने सवैले यसै भन्छन् । पक्का भन, अहिले सबतिर झूठबाहेक केही हुन्न । अन्यायका विरुद्ध बोल्ने कोही छैन । देखावटी सबले गर्छन् । व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेर बसेका छन् । 

मैले भनें– त्यो त हो । तर हामीले जति सत्य बोले भने केही भएन । तर पनि बोल्न छाडिएको छैन । त्यही भएर त हो नि अहिले हामीले दुःख पाएको । हामीले मात्र होइन पुस्ताले पनि दुःख पाउँदै छ । महँगी, अन्याय, अत्याचार र भ्रष्टाचारले चौपट्ट पारिसक्यो ।  मेरो कुरा सुनेर उनले भने– हो त्यही भएर आज म यहाँ बसेको छु । हामीले सोचेको र भोगेको हाम्रा सपना चकनाचुर पार्नेहरुलाई एक–एक ठेगाना लगाउने बेला भएको छ । ओहो ! अब यहाँबाट उम्कनु नै मेरो लागि उचित हुन्छ । मेरो मनले भन्न थाल्यो– हस हजुर ! बरु मलाई छाडिदिनुस् यस्तो काममा म तपाईंलाई सहयोग गर्न तयार छु । अहिलेलाई छाडिदिनुस् न । 

उनले मानेन– अहँ छाड्दिनँ । त्यसै मैले किन छाड्ने ? म यत्रो वर्षदेखि यसरी बसिरहेको छु । मैले पनि तँ जस्तै नझुकेर सत्य बोलेकै कारण यही खरिको बोटमा मलाई झुण्ड्याइयो । ८३ वर्ष भइसक्यो । हाम्रो सपना चकनाचुर भयो । हामी देश र जनताका लागि लड्ने सत्य बोलेर गोली खाने, फाँसीमा चढनेचाहिँ सालिक बन्नुपर्ने अनि देश लुट्ने सर्वहारा भन्दै जनतालाई कंगाल बनाउनेचाहिँ यो देशको मालिक बन्ने ?उनको कुरा सुनेर म तर्सिएँ । भूतजस्तै लाग्यो । मैले सोधें– तपाईं को हो ?


अझै चिनिनस् ? म ८३ वर्षदेखि प्रजातन्त्रका लागि लडेर यही खरिको बोटमा झण्ड्याइको मान्छे । आजकै दिन मलाई यही रुखमा झुण्ड्याएर मारिएको थियो । देश लुटेर, कंगाल बनाएर दुनियाँसँग झुक्नेहरु अब आज मलाई भेट्न आउँदै छन् त्यही भएर म यहाँ उभिएको छु । देश लुट्ने, देशलाई कंगाल बनाउने अनि युवाहरुलाई विदेश जान बाध्य बनाउनेहरुलाई म पालैपालो सजाय दिने छु । 
आउँछ त्यो दिन आउँछ । 
‘हुँदैन बिहानी मिर्मिरे तारा झरेर नगए, 
बन्दैन मुलुक दुईचार सपुत मरेर नगए’
हामी म¥यौं सालिक बन्यो तर हामीलाई मार्ने र हामीजस्तालाई शहिद बनाउनेहरु आज मालिक भएका छन् । अब सबको पालो आउँछ पर्ख र हेर । ओहो, शुक्रराज शास्त्री ! म झल्याँस्स बुँझिँए । साँच्चै सहिद सालिक भए अरू मालिक भए  


प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP