Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
Search Here
अर्थ समाचार
  • Home
  • अर्थ समाचार
  • पहिलाको व्यापारिक केन्द्र त्रिवेणी सुनसान
पहिलाको व्यापारिक केन्द्र त्रिवेणी सुनसान
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ १५, २०८०

नवलपरासी- तीसको दशक उत्तराद्र्धसम्म व्यापारिक केन्द्रका रूपमा स्थापित त्रिवेणी हिजोआज सुनसान छ । त्रिवेणीघाट नजिकको त्रिवेणी बजारमा चहलपहल घट्दो छ । केही धार्मिक सामग्रीका पसल र खाजाघर छन् । व्यापारिक केन्द्रको साख गुमाएको त्रिवेणीले धार्मिक क्षेत्रको पहिचान भने कायम राखेकाले हिजोआज धार्मिक यात्रामा निस्कनेहरू केहीमात्रामा भेटिन्छन् । 

“तीसको दशकको अन्त्यसम्ममा त्रिवेणीमा खुब चहलपहल थियो, यो राजमार्गमा जस्तो चहलपहल थियो, त्यस्तै नारायणी नदीमा डुङ्गा ओहोरदोहोर गर्थे, बजार ठूलो थियो, अहिले सबै जिरोजस्तो भयो”, त्रिवेणीका सन्तोष पुनले भने, “त्रिवेणी कुनामा रहे पनि त्योबेला धेरै चहलपहल हुन्थ्यो । पहिला त्रिवेणीमा बजार थियो र पारी भारत सुनसान थियो तर हिजोआज ठिक उल्टो भएको छ ।” ऊबेला त्रिवेणीमा पहाडी भेगबाट सामान किनबेचका लागि मानिसहरू आउने गरेको उहाँले जानकारी दिए ।। 

नारायणघाटदेखि त्रिवेणीसम्म पहिला डुङ्गामा सामान ओसारपसार गर्नुभएका डुङ्गा चालक रामवृष सहानीका अनुसार तोरी, मकै, सुठो, सुन्तला, धान, मुसुरो, अमिलो, फापरलगायत सामग्री त्रिवेणी हुँदै भारततर्फ जाने गर्दथ्यो । त्रिवेणीमा ठूलाठूला व्यापारी बस्थे । कपडा, फलाम, रासनका गल्ला थिए । नारायणघाट, गोलाघाट, सिख्रौलीघाट, पितौजीघाट, पिठौलीघाट, अमलटारीघाटलगायत स्थानमा डुङ्गा रोकिन्थे । वरपरबाट व्यापारीले ल्याएका सामान डुङ्गामा सङ्कलन गर्दै तीन÷चार दिनमा त्रिवेणी आइन्थ्यो । 
    
राजमार्ग बनेपछि र नारायणीमा विसं २०३८ मा पुल बनेपछि क्रमशः तीसको  दशक अन्त्य र चालिसको दशक प्रारम्भ हुँदै गर्दा त्रिवेणीमा चहलपहल घट्दै गएको चालक शहानीले बताउनुभयो । राजमार्ग बनेपछि यहाँ कुनै बाटोले जोडिएन, व्यापारी कोही बुटवल, भैरहवा, कोही काठमाडौँ फर्किए, अहिले पनि यो ठाउँ सुनसानजस्तो छ । 

Sonam Lhosar
Hardik health

त्रिवेणीका ८७ वर्षीय भैरवप्रसाद शर्माका अनुसार चितवन, नवलपुरसहित पहाडतर्फका सामान त्रिवेणीमा ल्याएर भारत र नेपालको पश्चिमतर्फ पठाउने गरिनथ्यो । भारतमा नहर नबन्दा त्यहाँ उब्जाउ केही नहुने भएकाले त्रिवेणी हुँदै धेरै रासन उता पठाउने गरिन्थ्यो । “भारतमा नहर नबन्दासम्म खराब स्थिति थियो, भोकमरी हुन्थ्यो, गल्ला हुन्थेनन्, जब नहर बनेर यहाँबाट नारायणीको पानी लगेपछि त्यहाँ खेतीपाती हुन थाल्यो । पछि त महेन्द्र राजमार्ग बन्यो, यताबाट सामान जान छाड्यो, अहिले त झन् उताबाट ल्याएर यहाँ खानुपर्ने अवस्था बन्यो, त्रिवेणी सुनसान हुँदै गयो”, उहाँले भने, “त्रिवेणीमा आएका सामान गोरुगाडामार्फत नेपालको पश्चिमतर्फ  पठाउने गरिन्थ्यो । 

त्रिवेणीमा डुङ्गा घाटको ठेक्का लिनुभएका शर्माका अनुसार राजमार्ग खोलेपछि त्रिवेणीलाई जोड्ने छोटो बाटो नबन्दा व्यापारी यहाँबाट पलायन भएका हुन् । पूर्व–पश्चिम राजमार्ग बन्यो, उता ट्रक बस चल्न थाले, यता कुनै बाटोले जोडिएन, डुङ्गाहरू चल्न छाडे, विस्तारै यहाँको रमझम  हराउँदै गयो । पहिला जुन रस थियो, त्यो फर्किन सकेको छैन, ऊबेला झुपडी थिए अहिले ठूला ठूला घर बने फरक त्यति हो । 

त्रिवेणीभन्दा पछि परेका हिजोको ठाउँ अहिले धेरै विकास भए पनि त्रिवेणी पछि पर्दै गएको छ । पहिल नै सहजरुपमा राजमार्गसँग जोड्न सकेको भए त्रिवेणी, व्यापारिक केन्द्रकैरुपमा आज पनि रहन्थ्यो होला तर आज गुमनाम भएको छ । 

त्रिवेणीले ऊ बेला भोगेको नियति आज पनि कायमै रहेको विनयी त्रिवेणी गाउँपालिका–६, का वडाध्यक्ष नुरेन्द्र शाहको गुनासो थियो । अहिले गण्डकी प्रदेशमा राखिएको त्रिवेणीलाई जिल्ला पुग्न सकस हुनाका साथै छोटोरुपमा राजमार्गसँग जोड्ने दुम्कीबास–त्रिवेणी सडक नखोल्दासम्म त्रिवेणी पछाडि परिरहने उनले बताए । 

चालिस वर्षअघि त्रिवेणीमा चलहपहल हुँदा सिमानामा रहेको भारतीय टङ्की बजारमा केही नहुने गरेकामा अहिले त्यहाँको बजार बढेर गएको र त्रिवेणीको बजार खुम्चिँदै जानाका साथै गण्डकी प्रदेशलाई भारतसँग जोड्ने त्रिवेणी नाकासमेत सुनसानजस्तै हुने गरेको अध्यक्ष शाहले बताए । 


प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
थप अर्थ समाचार
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नागरिक लगानी कोषद्वारा ५१ लाख सहयोग
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नागरिक लगानी कोषद्वारा ५१ लाख सहयोग शुक्रबार, माघ २, २०८२
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋणपत्र बिक्री गर्दै
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋणपत्र बिक्री गर्दै मंगलबार, पुस २९, २०८२
भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लड्र्सलाई
भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लड्र्सलाई मंगलबार, पुस २९, २०८२
नौ वर्षपछि भद्रपुरमा औद्योगिक महोत्सव हुँदै
नौ वर्षपछि भद्रपुरमा औद्योगिक महोत्सव हुँदै मंगलबार, पुस २२, २०८२
स्वदेशी उत्पादनको उपभोगमा जोड दिएका छौँः मुख्यमन्त्री आचार्य
स्वदेशी उत्पादनको उपभोगमा जोड दिएका छौँः मुख्यमन्त्री आचार्य आइतबार, पुस २०, २०८२
चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित
चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित शुक्रबार, पुस १८, २०८२
साना तथा मझौला उद्योगको समृद्धि र संरक्षणका निम्ति नीतिगत सुधार र सहज लगानीमा जोड
साना तथा मझौला उद्योगको समृद्धि र संरक्षणका निम्ति नीतिगत सुधार र सहज लगानीमा जोड मंगलबार, पुस १५, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP