Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मधेस सरकारबाट बाहिरियो जनमत, संघमा कायमै
उपेन्द्र–सिके टकराव मधेस सरकारबाट बाहिरियो जनमत, संघमा कायमै
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, माघ १०, २०८०
  • मधेस सरकारलाई जनमत पार्टीले दिएको समर्थन फिर्ता 
  • जनमतका दुई मन्त्रीले मुख्यमन्त्रीलाई बुझाए राजीनामा
  • यी घटनाक्रम मधेस कृषि विश्वविद्यालय शिलान्यासको ‘साइड इफेक्ट’ 

अहिलेलाई हामी मधेस सरकारबाट अलग भयौं । त्यहाँको सरकारलाई दिएको समर्थन पनि फिर्ता लियौं । अब संघीय सरकारबाट के गर्ने ? सचिवालय बैठकबाट निचोड निकाल्छौं ।
डा. चन्दन सिंह
महासचिव, जनमत पार्टी


राजनीति गर्ने व्यक्तिले सरकारमा रहँदाको भूमिका र नरहँदाको भूमिकाबारे जान्न सक्नुपर्छ । आफैं सरकारमा बस्ने अनि त्यही सरकार मुर्दावाद पनि भन्ने अनि आफूचाहिँ को त ? 
उपेन्द्र यादव 

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीबीचको बढ्दो टकराव छताछुल्ल भएको छ । जनमतले मंगलबार जसपा नेतृत्वको मधेस सरकारबाट समर्थन फिर्ता लिएको छ । सरकारबाट पनि बाहिरिएको छ ।
शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री डा. चन्दन सिंहले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामापत्र बुझाएका हुन् । जनमतले चालेको यो कदमले कतै केन्द्रीय गठबन्धनमा असर गर्दैन ? प्रश्न उब्जेको छ । 
जनमतको प्रतिनिधिसभामा छ सिट छ । सुरूदेखि नै जनमत केन्द्रीय गठबन्धनमा छ । जनमतका महासचिव डा. चन्दन सिंहले पार्टी सचिवालय बैठकबाट केन्द्र थप कदम चालिने बताए । 

‘अहिलेलाई हामी मधेस सरकारबाट अलग भयौं । त्यहाँको सरकारलाई दिएको समर्थन पनि फिर्ता लियौं । अब संघीय सरकारबाट के गर्ने ? केन्द्रीय गठबन्धनबाट अलग हुने कि नहुने ? सचिवालय बैठकबाट निचोड निकाल्छौं,’ महासचिव सिंहले प्रभावसँग भने । 

Hardik health

जसपा र जनमतबीच चुनावअघिदेखि नै मधेसमा एकअर्काबीच वर्चश्वको लडाइँ जारी छ । तर, सोमबार डा. चन्द्रकान्त (सिके) राउत नेतृत्वको दल जनमतको विरोधका बाबजुद मधेस कृषि विश्वविद्यालयको शिलान्यास जसपा अध्यक्ष उपेन्द्र यादवले गरेपछि टकराव झनै चुलिएको हो । यादवले शिलान्यास गर्ने कार्यक्रमलाई बिथोल्न मधेस सरकारकै शिक्षामन्त्री रहेका महेशप्रसाद यादव नेतृत्वमा प्रदर्शन भएको थियो । त्यसक्रममा प्रहरीले लाठीचार्ज गर्दा मन्त्री यादव घाइते भएका थिए । जनमतका केही सांसद पनि घाइते भए । घटनाको भोलिपल्टै मंगलबार जनमतले मधेस प्रदेश सरकारबाट अलग हुने कदम चालेको हो ।

महासचिव सिंहले भने, ‘अरु मन्त्रीकै अगाडि हाम्रा मन्त्रीको टाउको फुटाइयो । यसलाई हामीले गम्भीर रुपमा लियौं । अन्ततः हामीले सरकारमा बसिरहन उचित ठानेनौं ।’
गठबन्धनमा रहेर पनि जनमत घरिघरि सरकारकै कडा आलोचक बन्ने गरेको छ । गठबन्धनकै विरुद्धमासमेत उभिने गरेको थुप्रै दृष्टान्त छन् । तर, यो दलले यदि केन्द्रीय गठबन्धनबाट अलग हुने निर्णय गरे पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको संघीय सरकारलाई कुनै असर नपर्ने देखिएको छ । किनभने बहुमतका लागि १३७ सांसद आवश्यक हुनेमा गठबन्धनबाट जनमत अलग भए पनि १४० सांसद हुने छन् । यो सरकार टिकाउन आवश्यकभन्दा बढी सांसद संख्या हो । 

जनमत मधेस सरकारबाट अलग भएपछि जसपा अध्यक्ष यादवले जनमतलाई विचार र सिद्धान्तविहीनहरुको जमात भएको टिप्पणी गरेका छन् । जनमतले पटक–पटक निकै अशोभनीय कार्यहरु गरिरहेको उनको आरोप छ । सप्तरी सदरमुकाम राजविराजमा मंगलबार पत्रकारहरुसँग उनले आफैं सहभागी सरकारलाई मुर्दावाद भनिएको भन्दै जनमतविरुद्ध आक्रोश पोखे ।

‘राजनीति गर्ने व्यक्तिले सरकारमा रहँदाको भूमिका र नरहँदाको भूमिकाबारे जान्न सक्नुपर्छ । आफैं सरकारमा बस्ने अनि त्यही सरकार मुर्दावाद पनि भन्ने अनि आफूचाहिँ को त ? यो नैतिक प्रश्न हो,’ उनले भने, ‘कि सुध्रिनुप¥यो कि सुधार्नुप¥यो । उहाँहरु जुन बाटो हिँड्नुभएको छ, जुन हर्कत गरिरहनुभएको छ यो अशोभनीय हो ।’

जनमतलाई अब गठबन्धनमा बोक्नसक्ने अवस्था नरहेको पनि यादवले बताए । ‘संस्कार सिकोस्, सुधारियोस् भन्ने हाम्रो चाहना हो तर सुध्रिएन भने कसले कसलाई बोक्छ र ?,’ यादवले भने ।

के हो शिलान्यास काण्ड ?
जसपा नेता तथा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री मोहम्मद लालबाबु राउत नेतृत्वको तत्कालीन सरकारले सप्तरी–२ मा मधेस कृषि विश्वविद्यालय घोषणा गरेको थियो । जतिबेला यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य जसपा अध्यक्ष उपेन्द्र यादव थिए । गएको निर्वाचनमा यहाँ जनमतका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतसँग पराजित भए । 

यसपछि राउतले मधेस कृषि विश्वविद्यालय आफ्नो चुनावमा क्षेत्रमा रहेको र उक्त विश्वविद्यालय बचाउन ३० करोड रुपैयाँ बजेट सुनिश्चित गरेको बताउँथे । तर, उक्त विश्वविद्यालयको कुलपति रहेका जसपाबाट मुख्यमन्त्री भएका सरोजकुमार यादवले विश्वविद्यालय शिलान्यास गर्न यादवलाई प्रमुख अतिथिको रुपमा निम्त्याए । त्यसपछि राउत रिसाए । अर्को चुनाव क्षेत्रको सांसदलाई आफ्नो क्षेत्रको कृषि विश्वविद्यालयको शिलान्यासमा प्रमुख अतिथि बनाएको भन्दै राउतको दल जनमतले प्रदर्शन ग¥यो । त्यसअघि भने गृह मन्त्रालयलाई पत्र पठाउँदै सुरक्षा चुनौती निम्तिनसक्ने भनी शिलान्यास स्थगित गर्न राउतले आग्रह गरे । राउतको दलबाट मधेस सरकारमा शिक्षामन्त्री रहेका कृषि विश्वविद्यालयका सहकुलपति महेशप्रसाद यादवले पनि स्थगित गर्न आग्रह गरे । जनमतका कार्यकर्ताले विश्वविद्यालयमा तालासमेत लगाए । त्यति हुँदाहुँदै पनि मंगलबार शिलान्यास भयो । यसपछि जनमत असन्तुष्ट बन्दै समर्थन फिर्ता लिँदै सरकारदेखि बाहिरिएको हो । 


उपेन्द्र–सिके आपसमा कठोर 
जसपा अध्यक्ष उपेन्द्र यादव मधेस आन्दोलनबाट स्थापित नेता हुन् । लगातार उनी डेढ दशकयता संसद्मा छन् । अर्कोतर्फ डा. सिके राउत गत चुनावबाट राष्ट्रिय राजनीतिमा उदाएका नेता हुन् । जनमत पार्टीका अध्यक्ष राउत शान्तिपूर्ण राजनीतिमा आउनुअघि स्वतन्त्र मधेस गठबन्धनको विखण्डनकारी नारा लगाउँथे । 

तर, गत निर्वाचनपछि राजनीतिमा स्थापित राउतको दल जनमत र पुराना मधेसका दल जसपा बारम्बार प्रतिस्पर्धी पार्टी भएको छ । अर्थात् अर्को शब्दमा भन्दा मधेसका यी दुई दलले एकअर्कालाई दुष्मन शक्ति ठानेको छ । सोहीअनुसार एकअर्काबीच छेकाछेकको स्थितिमा दुई दल पुग्ने गरेका छन् । त्यसका केही दृष्टान्त छन् । 

पहिलो, गत चुनावमा जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष राउतबीच प्रतिनिधिसभा चुनावमा प्रतिस्पर्धा भयो । त्यहाँ राउतले यादवलाई पराजित गरे । चुनावअघि नै राउतको दल जनमतले जसपा र उक्त दलका अध्यक्ष यादवविरुद्ध मधेसमा अभियान छेडेका थिए । 

गत वर्ष नै भएको उपराष्ट्रपति चुनावमा पनि जनमतले जसपाका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध ममता झालाई उम्मेदवार बनायो । यादवले चुनाव जिते । हाल उपराष्ट्रपति छन् । त्यसपछि बारा–२ मा उपनिर्वाचन हुँदा गठबन्धनले साझा उम्मेदवार जसपा अध्यक्ष यादवलाई बनाएको अवस्थामा जनमतले गठबन्धनमै बसेर शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाए । यादव निर्वाचित हुँदा कुशवाहा पराजित भए ।  

भोलि (११ माघमा) हुने राष्ट्रिय सभा चुनावमा पनि मधेसमा जनमतले जसपा उम्मेदवारविरुद्ध उम्मेदवार खडा गरेको छ । यी परिदृश्यले मधेसमा राजनीतिक स्पेस लिन जसपा–जनमत नेतृत्वबीच प्रतिशोधपूर्ण लडाइँ जारी रहेको देखाउँछ ।
 


प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP