Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • उपेन्द्र–सिकेबीच टकराव
उपेन्द्र–सिकेबीच टकराव
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, माघ ८, २०८०
  •  कृषि विश्वविद्यालयको शिलान्यासलाई लिएर उपेन्द्र र सिकेबीचको टकराव छताछुल्ल
  •   एकअर्काबीच देखादेख पर्नै नहुने स्थिति
  •  हरेक मोर्चामा जसपालाई जनमतको टक्कर

उपेन्द्रजी र सिके राउतजीबाट कृषि विश्वविद्यालयको नगराउँ शिलान्यास, शिक्षामन्त्रीबाट गराउँदा के हुन्छ ? अथवा, जसपाकै मुख्यमन्त्री हुनुहुन्छ । उहाँले शिलान्यास गरे भयो त । तर, हारेका उपेन्द्र यादवलाई ल्याएर विवाद खडा गर्न खोज्ने जसपाको प्रवृृत्ति निन्दनीय छ । 
डा. शरदसिंह यादव
प्रवक्ता, जनमत


उहाँ (राउत)को मुद्दा के–के छन् थाहा छैन कसैलाई । तर, हामी दुईवटै दल संघीय गठबन्धनमा छौं । प्रदेश सरकारमा छौं । संघीय सरकारमा छौं । संघीय पार्टीले यस्तो व्यवहार गर्नु निच कार्य हो ।
मनिष सुमन
प्रवक्ता, जसपा 


काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतबीचको राजनीतिक सम्बन्ध तीक्ततापूर्ण देखिएको छ । मधेस जनाधार रहेका दुवै दलका अध्यक्ष यादव र राउत एकअर्कालाई देखिनसहने अवस्थामा पुगेका छन् । यतिसम्मकी विकासे संरचनाको शिलान्यासमै उनीहरुबीचको लफडाले उग्र रुप लिनसक्ने देखिएको छ । 


गृह मन्त्रालय स्रोतका अनुसार जनमत अध्यक्ष राउतले जसपा अध्यक्ष यादवले सप्तरीको राजविराजमा आज सोमबार कृषि विश्वविद्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम स्थगित गर्न गृह मन्त्रालयलाई पत्र लेखेका छन् । जिल्लाको शान्ति सुरक्षा कायम राख्न शिलान्यास स्थगित गर्नुपर्ने राउतले लेखेको पत्रमा छ । 

Hardik health


जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार अध्यक्ष राउतले उक्त कृषि विश्वविद्यालयका लागि छ महिना खटेर ३० करोड रुपैयाँ बजेट निकासा गराएका छन् । तर, पनि जसपा अध्यक्ष यादवबाट शिलान्यास गराएर जसपाले सप्तरीमा विवाद सिर्जना गर्न खोजेको प्रवक्ता यादवले बताए । उनले जसपाले अर्को ‘गौर हत्याकाण्ड’ मच्चाउन खोजेको आरोपसमेत लगाए । 


‘मधेसको शिक्षामन्त्री हाम्रो पार्टीबाट महेश यादव हुनुहुन्छ । उहाँलाई समेत जानकारी गराइएन । ल ठीक छ, उपेन्द्रजी र सिके राउतजीबाट नगराउँ शिलान्यास, शिक्षामन्त्रीबाट गराउँदा के हुन्छ ? अथवा जसपाकै मुख्यमन्त्री हुनुहुन्छ । उहाँले शिलान्यास गरे भयो त,’ जनमतका प्रवक्ता यादवले प्रभावसँग भने, ‘तर, चुनाव हारेका उपेन्द्र यादवलाई ल्याएर विवाद खडा गर्न खोज्ने जसपाको प्रवृृत्ति निन्दनीय छ । यहाँ गौर हत्याकाण्डजस्तै केही घटना घटाउन खोजेको देखिएको छ ।’


उनले जसपा अध्यक्ष यादव कृषि विश्वविद्यालयको शिलान्यास गर्न पुगे सुरक्षा चुनौती हुने चेतावनी दिए । ‘बजेट पार्ने माननीय राउत हुनुहुन्छ, विश्वविद्यालय बचाउनलाई । त्यो कुरालाई नजरअन्दाज गरिएको छ,’ उनले भने, ‘त्यहाँ द्वन्द्व मच्चाउने र हारको बदला लिने प्रयास हुँदै छ । त्यसले उहाँमाथि नै सुरक्षा चुनौती बढ्छ ।’


जनमतबाट मधेस सरकारको शिक्षा तथा संस्कृतिमन्त्री बनेका महेशप्रसाद यादवले पनि राजविराजमा आज हुने कृषि विश्वविद्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम रोक्न भन्दै वक्तव्य जारी गरेका छन् । यदि, शिलान्यास गरिए अप्रिय घटना हुन सक्ने उनको पनि चेतावनी छ । 


‘कार्यक्रम नरोकेर कुनै किसिमको अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी मन्त्रालय नहुने विश्वविद्यालयको भिसी, रजिस्ट्रार हुने जानकारीसमेत गराउन चाहन्छु,’ मन्त्री यादवले वक्तव्यमा भनेका छन् । 


यसअघि आइतबार नै शिलान्यास रोक्नुपर्ने मागसहित विश्वविद्यालयमा जनमतका कार्यकर्ताले ताला लगाएका छन् । 


तर, जसपा अध्यक्ष यादव भने कृषि विश्वविद्यालयको शिलान्यास गर्न जाँदै छन् । विश्वविद्यालय हाल जनमत अध्यक्ष राउत सांसद रहेको सप्तरी–२ मा पर्छ । जहाँ उपेन्द्र गत निर्वाचनमा राउतसँग पराजित भएका थिए । तर, गत वैशाख १० गते बारा–२ मा भएको उपनिर्वाचनबाट चुनाव जितेर यादव सांसद छन् । उनै यादवमार्फत विश्वविद्यालयको शिलान्यास गर्ने भएपछि विवाद चर्किने देखिएको हो । 


जसपा प्रवक्ता मनिष सुमनले अध्यक्ष उपेन्द्र यादवले कृषि विश्वविद्यालयको शिलान्यास गरिछाड्ने बताए । तर, जनमत अध्यक्षले शिलान्यास रोक्नका लागि गरेको प्रयत्नलाई ‘निच कार्य’ भनेका छन् । ‘उहाँ (राउत)को मुद्दा के–के छन् थाहा छैन कसैलाई । तर, हामी दुईवटै दल संघीय गठबन्धनमा छौं । प्रदेश सरकारमा छौं । संघीय सरकारमा छौं । संघीय पार्टीले यस्तो व्यवहार गर्नु निच कार्य हो,’ उनले भने ।


राजनीतिक विश्लेषकहरुका अनुसार भने कृषि विश्वविद्यालयको शिलान्यासको विषयले दुई पार्टीका नेतृत्वबीचको विवाद थप छरपस्ट भए पनि खासमा मधेसको नेता को बन्ने ? भन्ने लडाइँ चलेको प्रस्ट हुन्छ । त्यसकै लागि उनीहरु प्रतिशोधपूर्ण राजनीति गर्दै आएका छन् । 
हुन पनि यादव र राउतबीच प्रतिनिधिसभा चुनावमा प्रतिस्पर्धा भयो । त्यहाँ राउतले यादवलाई पराजित गरे । चुनावअघि नै राउतको दल जनमतले जसपा र उक्त दलका अध्यक्ष यादवविरुद्ध मधेसमा अभियान छेडेका थिए । नेपाली राजनीतिको मुख्य दुश्मन जसपा भएजसरी जनमत प्रस्तुत भयो । 


गत वर्ष भएको उपराष्ट्रपति चुनावमा पनि जनमतले जसपाका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध ममता झालाई उम्मेदवार बनायो । यादवले चुनाव जिते । हाल उपराष्ट्रपति छन् । फेरि, जसपा र जनमत दुवै सत्ता गठबन्धनमा छन् । गठबन्धनकै आधिकारिक उम्मेदवारविरुद्ध जसपाले त्यसबेला झालाई उम्मेदवार बनायो । त्यसपछि बारा–२ मा उपनिर्वाचन हुँदा गठबन्धनले साझा उम्मेदवार जसपा अध्यक्ष यादवलाई बनाएको अवस्थामा जनमतले गठबन्धनमै बसेर शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाए । यादव निर्वाचित हुँदा कुशवाहा पराजित भए ।  


यही ११ माघमा हुने राष्ट्रिय सभा चुनावमा पनि मधेसमा जनमतले जसपा उम्मेदवारविरुद्ध उम्मेदवार खडा गरेको छ । यी परिदृश्यले मधेसमा राजनीतिक स्पेस लिन जसपा–जनमत नेतृत्वबीच प्रतिरोधी लडाइँ जारी छ । तर, त्यस्तो सम्बन्ध राजनीतिक रुपमा मात्रै भएको जनमत प्रवक्ता यादव बताउँछन् । 


‘डा. राउतले संसद्मा पहिलो दिन नै उपेन्द्र यादवको योगदानको चर्चा गर्नुभएको थियो र अबका दिनमा सप्तरीको विकासका लागि सल्लाह गर्छु भन्नुभएको थियो,’ उनले भने, ‘अनि कहीँ हुन्छ प्रतिशोधपूर्ण राजनीति ? राजनीतिक मतभिन्नता होलान् । तर, व्यक्तिगत कटुता छैन । जहाँ भेट्यो, सौहार्दैपूर्ण कुरा गर्छौं ।’ 


मधेसमा गत चुनावबाट राउतको दल जनमत उदाएको हो । यो दलले जसपालाई ‘मिनिमाइज’ गरेर मधेसको राजनीतिक मैदान कब्जा गर्ने चाहना राखेको छ । 
 


प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP