Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संकट
  • #भिनेता_धीरज_कुमार
  • #इयु_चीन
  • #बाँझोपना
  • #एनआरएनए_जापान
  • #छाउगोठ
  • #धुलिखेल-खावा_सडक
  • #सांसद
  • #मौद्रिक नीति
Search Here
समाचार
  • Home
  • समाचार
  • सहकारी प्रकरणमा रविमाथि कारबाहीको तयारी
सहकारी प्रकरणमा रविमाथि कारबाहीको तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ ८, २०८०
  • ग्यालेक्सी फोरके टेलिभिजनमा रहँदा लामिछानेले सर्वसाधारणको बचत रकम हिनामिना गरेको आरोपमा रवि लामिछानेलाई प्रहरीले अनुसन्धान अघि बढाइसकेको छ
  • पुस २५ गते गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित गृहसचिव, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव, सिआइबीका एआइजी, सहकारी विभागका रजिष्ट्रार, गृह र अर्थ मन्त्रालयका सहसचिवलगायतको सहभागिता थियो
  • साधारणलाई पक्राउ गर्ने तर राष्ट्रिय पार्टीको सभापतिलाई सामान्य सोधपुछ पनि नगर्ने भन्दै संसदीय समितिमा लामिछानेमाथि प्रश्न उठेको छ


काठमाडौं– सरकारले सहकारीको रकम हिनामिनाको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि कारबाही गर्ने तयारी थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालकै निर्देशनमा सभापति लामिछानेलाई कारबाही हुन लागेको सरकारी स्रोतको दाबी छ ।


ग्यालेक्सी फोरके टेलिभिजनमा रहँदा लामिछानेले सर्वसाधारणको बचत रकम हिनामिना गरेको आरोपमा उनलाई प्रहरीले अनुसन्धान अघि बढाइसकेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले लामिछाने जोडिएको भनिएको सहकारी घोटाला प्रकरणको अनुसन्धान सुरु गरेको हो ।


आइतबार सहकारी विभागबाट पत्र पाउनसाथ अनुसन्धान अघि बढेको सिआइबी प्रमुख किरण बज्राचार्यले बताइन् । ‘सहकारी विभागबाट अनुसन्धानको पत्र आइसकेको छ । अब प्रक्रिया अघि बढ्छ,’ बज्राचार्यले भनिन् । सहकारी विभागको पत्रविना प्रहरीलाई अनुसन्धानको अधिकार नरहेको सिआइबीले जनाएको छ ।

पुस २५ मै तयारी
गृहमन्त्री श्रेष्ठले यो प्रकरणमा कारबाही गर्न गत पुस २५ गते नै तयारी बैठक राखेको गृह स्रोतले जनाएको छ । गृह मन्त्रालयमा डाकिएको बैठकमा गृहसचिव दिनेश भट्टराई, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, सिआइबीका एआइजी बज्राचार्य, एसएसपी दिनेश आचार्य, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे, गृह र अर्थ मन्त्रालयका सहसचिवलगायत सहभागी दिए । उक्त बैठकमा सहकारी घोटाला प्रकरणमा लामिछानेलाई पक्राउ गर्दा अपनाउन सकिने कानुनी विषयहरुमासमेत छलफल भएको बताइएको छ ।


बैठकमा सहकारी विभागको तर्फबाट लामिछानेलाई पक्राउ गर्न ‘ग्रिन सिग्नल’ मिलेको थियो । लगत्तै गृहमन्त्री श्रेष्ठले सिआइबीका निर्देशक तथा एआइजी बज्राचार्य, एसएसपी आचार्यलाई लामिछाने जोडिएको सहकारी घोटालाबारे अनुसन्धान गर्न निर्देशन दिएका थिए । 


पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड रुपैयाँभन्दा बढी, चितवनको साहारा सहकारीबाट ११ करोड रुपैयाँभन्दा बढी, बुटवलको सुप्रिम सहकारीबाट १० करोड रुपैयाँभन्दा बढी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा गएको देखिएको छ । गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत नै ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालनमा आएको थियो । त्यसका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई थिए भने ग्यालेक्सी टिभीका प्रबन्ध निर्देशक लामिछाने थिए । यस विषयमा लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । तर बचतकर्ताले रवि पनि दोषी भएको दाबी गरेका छन् । यो विषयमा लामिछानेमाथि कारबाही गर्न प्रधानमन्त्री दाहालसमेत सकारात्मक रहेको बताइएको छ ।

संसदीय समितिमा उठ्यो प्रश्न
सहकारीसम्बन्धी समस्या समाधान गर्नका लागि सहकारी ऐन नै परिमार्जन गर्न सांसदहरुले जोड दिएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतबारको बैठकमा उपस्थित अधिकांश सदस्यले सहकारीमा देखिएको कानुनी समस्या समाधान गर्न सहकारी ऐनलाई संशोधन गर्नुपर्नेमा जोड दिए । 


समिति सदस्य अशोककुमार चौधरीले सहरकारीको समस्या समाधान गर्न कानुनमै हेरफेर आवश्यक रहेको बताए । चौधरीले सहकारी कसका लागि हो भनेर जनतालाई बुझाउँदै सहकारी नियमन गर्न उचित मापदण्ड तयार गरेर अगाडि बढ्नुपर्नेमा सुझाव दिए । 


समिति सदस्य मानवीर राईले सहकारीको समस्या समाधान गर्नमा सरकार अपरिपक्व देखिएको आरोप लगाए । सरकार पक्ष र मन्त्रालय पक्षबीच कमजोरी कसको भएको यकीन हुन जरुरी रहेको बताए ।  समिति सदस्य सूर्यप्रसाद ढकालले सहकारी सञ्चालक समितिमा एउटै घरपरिवारबाट एकभन्दा धेरै सदस्य हुन नपाउने नियम बनाउनुपर्ने धारणा राखे । समिति सदस्य वीरबहादुर बलायरले सहकारी पीडकको संरक्षण कुनै सांसदले गर्न नहुने भन्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका लागि आवश्यक जनशक्तिसँगै सुरक्षाको व्यवस्था गरिदिनुपर्नेमा जोड दिए ।


समिति सभापति डा. आरजु राणाले सहकारीका समस्या समाधान गर्न प्रधानमन्त्रीलाई चिठ्ठी लेखेर अनुरोध गर्नुपर्ने बताइन् । उनले सहकारीको समस्या पछिल्लो समय डरलाग्दो बन्दै गएको भन्दै डुबेका सहकारीले ठगी गरेको रकम सरकारले कुनै पनि हालत बेहोर्न नहुने धारणा राखिन् ।


समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले जनशक्तिको अभावले गर्दा परिणाममुखी काम गर्न नसकेको बताए । देशभर ३१ हजार सहकारीमध्ये ५०० वटा सहकारी अति समस्यामा रहेको उनको भनाइ थियो । अध्यक्ष दाहालले भने, ‘समितिका लागि आवश्यकताअनुसार दक्ष जनशक्तिसहित सरकारले सुरक्षाको व्यवस्था गरिदिए छिटो गरी काम हुन सक्थ्यो । हस्ताक्षर गर्नका लागि एकजना कर्मचारीबाहेक कोही छैन । कसरी काम हुन्छ ?’


सहकारीले सुरुआती चरणमा राम्रो गरे पनि पछिल्लो समय अनुत्पादक क्षेत्रमा बढी लगानी गर्दा डुबेको अध्यक्ष दाहालको भनाइ थियो । ‘सहकारीले उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्नेमा अनुत्पादक क्षेत्रमा बढी लगानी गर्दा समस्या देखियो । कृषि सहकारीभन्दा बचत तथा क्रण सहकारी बढी समस्यामा परेको छ,’ दाहालले भने ।


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीको समस्या कसले हेर्ने भन्नेबारे अन्योलता भएकाले समस्या गर्न बाधा भइरहेको बताए । दुवाडीले भने, ‘सहकारीलाई कारबाही गर्न खोज्दा कानुनी बाधा आइपर्छ । सङ्घ, प्रदेश तथा स्थानीय तहले वर्गीकरण गरेर अनुगमनलाई तीव्रता दिनुपर्छ । बाझिएको कानुन तथा ऐनलाई छलफल गरेर छिटो टुङ्ग्याउनुपर्छ ।’

सुब्बा बोलेपछि बल्ल कानुनी कुरा
समितिको बैठकमा एकजना सांसदलेमात्र सहकारीमा लामिछानेको संलग्नताबारे पनि प्रश्न उठाए । अन्तिममा बोलेकी एमाले सांसद सरस्वती सुब्बाले यसबारे प्रश्न गरेकी थिइन् । ‘राष्ट्रिय पार्टीको अध्यक्षले सहकारीको पैसा सरकारले तिर्नुपर्छ भन्नु ठीक होइन । साधारणलाई समात्ने राष्ट्रिय पार्टीको अध्यक्षलाई सामान्य सोधपुछ पनि नगर्ने किन ? उनको नाम सधैं समाचारमा आएको आएकै छ,’ सुब्बाले जिज्ञासा राखिन् ।


समस्याग्रस्त सहकारी छानबिन समितिका अध्यक्ष दाहालले यसबारे कारबाही गर्न कानुन ल्याउने तयारी भइरहेको जवाफ दिए । ‘यो कानुनलाई अहिलेको समस्यालाई एड्रेस गर्नेगरी विशेषगरी संसद्बाट सम्भव छ भने संसद्बाट नभए अध्यादेशबाटै तत्काल पास गर्नुपर्ने के के विषय छन्, यसमा गृहकार्य भइरहेको छ,’ दाहालले भने ।


उनीलगत्तै भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले कारबाहीका लागि नियम नै तयारी अवस्थामा रहेको बताए । ’नियामक निकाय गठन हुनुपर्छ । सहकारी अनुगमन र सुपरिवेक्षण लेखा जाँचका लागि ऐनको मस्यौदा तयार गरेका छौ। छिट्टै नै हामी सदनमा पेश गर्ने तयारीमा छौं,’ सचिव दुवाडीले भने । 
 


प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १०:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता
चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता सोमबार, साउन ५, २०८२
चितवन निकुञ्ज घुम्ने पर्यटक घटे
चितवन निकुञ्ज घुम्ने पर्यटक घटे सोमबार, साउन ५, २०८२
चार वटा परियोजनाको समझदारी पत्रमा अर्थमन्त्री पौडेल र चीनको सियाओदोङ्गको   हस्ताक्षर
चार वटा परियोजनाको समझदारी पत्रमा अर्थमन्त्री पौडेल र चीनको सियाओदोङ्गको हस्ताक्षर सोमबार, साउन ५, २०८२
नेपालमा ‘हरर चलचित्र महोत्सव’ हुँदै
नेपालमा ‘हरर चलचित्र महोत्सव’ हुँदै सोमबार, साउन ५, २०८२
महँगी र अमेरिकी कर नियन्त्रणका लागि आफू पदमै रहने जापानका प्रधानमन्त्री इशिबाको चाहना
महँगी र अमेरिकी कर नियन्त्रणका लागि आफू पदमै रहने जापानका प्रधानमन्त्री इशिबाको चाहना सोमबार, साउन ५, २०८२
पाकिस्तानमा मनसुनी प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या २१६ पुग्यो
पाकिस्तानमा मनसुनी प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या २१६ पुग्यो सोमबार, साउन ५, २०८२
श्रम अदालतमा एक वर्ष नाघेका मुद्दा शून्य
श्रम अदालतमा एक वर्ष नाघेका मुद्दा शून्य सोमबार, साउन ५, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP