Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संकट
  • #इयु_चीन
  • #कृषि
  • #एनपिएल
  • #लिम्बु भाषा
  • #छाउगोठ
  • #श्रम_अदालत
  • #‘स्वर्ग मेरो’
  • #ज्यान मुद्दा
Search Here
समाचार
  • Home
  • समाचार
  • आरन चलाएर जीविकोपार्जन
आरन चलाएर जीविकोपार्जन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ ४, २०८०

घोराहीदाङ– घोराही उपमहानगरपालिका–१ रामपुरका जीतबहादुर टमटा दम्पतीले तीन दशकदेखि आरन चलाएर जीविकोपार्जन गर्दै आएका छन् । सन्ताउन्न वर्षीय जीतबहादुरले ३० वर्षदेखि आरन चलाउन थाल्नु भएको हो । उनले घोराही–१४ मा आरन पेसा गर्दै आएका छन् । 

जीतबहादुरले भने, “यो बाबुबाजेको पेसा भएकाले अन्य कामको विकल्प देखिएन् । आफूले जानेको सीप तथा पुख्र्यौली पेसा पनि भएकाले बाध्य भएर यसलाई नै निरन्तरता दिएका छौँ ।” पहिले उमेरमा अरु पेसा गर्न आर्थिक समस्या भएको भन्दै अहिले अरु काम गर्न आफूसँग सीप नभएको उनको भनाइ थियो ।

फलामबाट बन्ने विभिन्न किसिमका खुकुरी, हँसिया, फरुवा, कोदालोलगायत सामग्री निर्माण गरेर आउने ज्यालाले आफूहरुसहित पाँच जनाको परिवारको जीविकोपार्जन भइरहेको टमटा दम्पतीले जानकारी दिए । यो पेसामा श्रीमती सुन्तलीले सधैँ साथ दिएको उनले भने ।

तातेका फलामबाट कुटोकोदालो तथा हँसिया हतौडासम्म उनले बताउँछन् भने श्रीमतीले आगो फुक्ने तथा आवश्यक सामग्रीको व्यवस्था गरेर सहयोग गर्दै आएका छन् । दुवै मिलेर काम गर्दा व्यवसायमा सहज भएको सुन्तलीले बताए । आम्दानी प्रशस्त भइरहेकाले पनि उहाँहरु यो पेसाबाट सन्तुष्ट देखिन्छन् । कहिलेकाहीँ ग्राहक टमटाको व्यवसाय खोज्दै आउँदा गर्व लाग्ने गरेको सुनाए । 

जीतबहादुरले घरेलु तथा साना उद्योगको आयोजनामा केही वर्ष पहिले आधुनिक प्रविधिका सामग्री निर्माण गर्ने तालिम लिएको बताए । यसलाई निरन्तरता दिन आवश्यक रहेको उनको भनाइ थियो । 

टमटा दम्पतीले आरन पेसाबाट दैनिक रू दुई हजार पाँच सयसम्म आम्दानी गर्दै आएका जानकारी दिए । पुराना सामग्री मर्मत गर्ने र केही नयाँ बिक्री गर्दा प्रशस्त आम्दानी हुने गरेको जीतबहादुरको भनाइ थियो । 

टमटा दम्पतीले जस्तै नेपालगञ्ज स्थायी घर भएका मुसीर जसगरले पनि घोराही–१४ मा आरन पेसा गर्दै आएका छन् । तेइस वर्षीय मुसीरले विगत आठ वर्षदेखि फलामबाट बन्ने विभिन्न सामग्री उत्पादन गरेर बिक्रीवितरण गर्दै आएका छन् । उनले हँसिया, खुकुरी, खुर्पा सबैभन्दा बढी बिक्री हुने गरेको बताए ।

मुसीरलाई उनको भाइले सहयोग गर्दै आएका छन् । यही पेसाबाट वार्षिक रू ३०/४० हजारसम्म बचत गर्न सफल भएको उनले भने । “आरन व्यवसायलाई बढाउँदै लैजाने मन छ । बाबुबाजेले गर्दै आएको पेसालाई निरन्तरता दिँदा खुसी छु । उत्पादित सामग्री बिक्री भइरहेको छ”, जसगरले भने, “सरकारीस्तरबाट पनि हाम्रो व्यवसायीलाई सहजताका लागि नयाँ सामग्री निर्माणमा सहयोग पु¥याउन तालिमको आवश्यकता छ । स्थानीय सरकारबाट पनि थप सीपका लागि तालिम दिए सहयोग पुग्ने थियो ।” पछिल्लो समय धेरैजसो युवापुस्ताले चासो नदिँदा यो पेसा पुस्तान्तरण  हुन नसकेको उनको अनुभव छ । 


प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आफैमाथि प्रश्न : शर्मा
आफैमाथि प्रश्न : शर्मा मंगलबार, साउन ६, २०८२
मधेशमा खानेपानी अभाव समाधान गर्न सांसदहरुको ध्यानाकर्षण
मधेशमा खानेपानी अभाव समाधान गर्न सांसदहरुको ध्यानाकर्षण मंगलबार, साउन ६, २०८२
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौँः ऊर्जामन्त्री खड्का
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौँः ऊर्जामन्त्री खड्का मंगलबार, साउन ६, २०८२
राष्ट्रपतिबाट भू–ढकान नक्सा सार्वजनिकीकरण
राष्ट्रपतिबाट भू–ढकान नक्सा सार्वजनिकीकरण मंगलबार, साउन ६, २०८२
एक वर्ष यही मन्त्रिपरिषद् जान्छः  मन्त्री पाण्डे
एक वर्ष यही मन्त्रिपरिषद् जान्छः मन्त्री पाण्डे मंगलबार, साउन ६, २०८२
भक्तपुरबाट नयाँ प्रजातिको चरा अभिलेख
भक्तपुरबाट नयाँ प्रजातिको चरा अभिलेख मंगलबार, साउन ६, २०८२
पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल
पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल मंगलबार, साउन ६, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP