Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संकट
  • #इयु_चीन
  • #कृषि
  • #एनपिएल
  • #लिम्बु भाषा
  • #छाउगोठ
  • #श्रम_अदालत
  • #‘स्वर्ग मेरो’
  • #ज्यान मुद्दा
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रहरीको बाध्यता कि लापारवाही
घातक हतियारको प्रयोग प्रहरीको बाध्यता कि लापारवाही
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ ४, २०८०

 

  • शान्तिपूर्ण प्रदर्शन, भीड र दंगाहरुमा घातक हतियार प्रयोग
  • निहत्था नागरिकको ज्यान जाँदै
  • घातक हतियारमा प्रतिबन्ध लगाउन माग गर्दै सर्वोच्चमा रिट
  • पर्याप्त मात्रामा हेल्मेट, सुरक्षा ज्याकेट, बुलेट प्रुफ साधन, रबरको गोली, अश्रुग्यासलगायत अभाव

काठमाडौं– नेपाल प्रहरीले भीड तथा दंगा नियन्त्रणमा घातक हतियारको प्रयोग बारम्बार गर्दै आएको छ । जसबाट निहत्था नागरिकले ज्यान गुमाउनुपरेको छ । पछिल्लोपटक २० पुसमा प्रहरीको गोली लागेर सर्लाहीको बरहथवामा ३० वर्षीय जयशंकर साहको मृत्यु भयो । आठ जना घाइते भए । नगर अस्पताललाई प्रादेशिक बनाउने कि नबनाउने भन्ने विषयमा उत्पन्न तनावले झडपको रुप लिँदा झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा साहको मृत्यु भएको हो ।

त्यसको एक साताअघि १३ पुसमा ललितपुरको बालकुमारीमा दक्षिण कोरिया जानका लागि आवश्यक रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो । प्रदर्शनले उग्ररुप लिएपछि भीड नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा वीरेन्द्र शाह र सुजन राउतको मृत्यु भएको थियो । उक्त घटनामा १० जनाभन्दा बढी घाइते भए ।

आफ्ना माग स्वतन्त्ररुपमा राख्न पाउने संवैधानिक अधिकार प्रयोग गर्दा घातक हतियार प्रयोग गरेर ज्यान लिनु मानवअधिकार विरुद्धमा छ । यो संविधानविरोधी पनि हो । 
दिनेश त्रिपाठी
वरिष्ठ अधिवक्ता

यी त भए प्रहरीले भीड नियन्त्रण गर्ने नाममा प्रयोग गरेको घातक हतियारले निहत्था नागरिकको ज्यान गएको पछिल्ला प्रतिनिधिमूलक दुई घटना । यसअघि पनि यस्ता घटना बारम्बार भएका थिए । यस्तो कार्यले नागरिकको अभिव्यक्ति स्वतन्त्रतादेखि बाँच्न पाउनेसम्मको हकको हनन् भएको कानुनीवृत्तमा टिप्पणी हुँदै आएको छ ।

 यहीबीच शान्तिपूर्ण रुपमा हुने प्रदर्शन, भीड र दंगामा सुरक्षाकर्मीले घातक हतियार प्रयोग गरी नागरिकको ज्यान गएको भन्दै घातक हतियारमा रोक लगाउन आदेशको मागसहित सर्वोच्च अदालतमा बुधबार रिट निवेदन दर्ता भएको छ । शान्तिपूर्ण प्रदर्शनमा धातुको गोली (मेटल बुलेट) प्रयोगमा रोक लगाउनुपर्ने माग रिटमा छ । रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी हुन् । 

रिटमा उनले प्रहरीलाई दिइने भीड नियन्त्रणको तालिमका क्रममा नै अहिंसात्मक तौरतरिका सिकाउनुपर्ने माग गरेका छन् । त्यो विषयलाई अनिवार्य तालिममा समावेश हुनुपर्ने पनि रिटमा भनिएको छ । रिट निवेदनको टुंगो नलाग्दासम्म प्राणघातक हतियारको प्रयोग नगर्नू र नगराउनू भनी अन्तरिम आदेश जारी गर्न माग गरेका छन् । 

भीड नियन्त्रण गर्ने सामग्रीहरु हामीसँग नभएको त होइन । छन् तर परिवर्तित परिस्थितिमा केही अपुग छ । चाहिएको छ र जसको खरिद प्रक्रिया अघि बढाइएको छ ।
भीमप्रसाद ढकाल
प्रवक्ता, नेपाल प्रहरी


‘आफ्ना माग स्वतन्त्ररुपमा राख्न पाउने संवैधानिक अधिकार प्रयोग गर्दा घातक हतियार प्रयोग गरेर ज्यान लिनु मानवअधिकार विरुद्धमा छ । यो संविधानविरोधी पनि हो । किनभने जीवनको अधिकार संविधानमा छ,’ उनले प्रभावसँग भने, ‘तर, प्रहरीको सिपाहीलेचाहिँ ड्याङड्याङ गोली ठोकेर मार्न पाउने ? यो भन्दा अर्को नाजायज कुरा के हुन्छ ? त्यसकारण प्रतिबन्धित गर्नुप¥यो भनेर माग गरेको हुँ ।’

प्रहरीसँग आत्मसुरक्षाको साधन अभाव भएको भन्दै उनले त्यसले गर्दा पनि अत्यधिक बल प्रयोग भएको दाबी गरेका छन् । प्रहरीलाई पर्याप्त मात्रामा हेल्मेट, सुरक्षा ज्याकेट, बुलेट प्रुफ साधन उपलब्ध गराउनुपर्ने उनको माग छ । प्रहरीलाई मानव अधिकार र लोकतन्त्रमैत्री बनाउनु आवश्यक रहेको पनि त्रिपाठी बताउँछन् । ‘पञ्चायतकालमा जस्तो दमन गर्ने प्रहरी होइन । अहिले त नागरिक अधिकार रक्षाको प्रहरी हुनुप¥यो । मानवअधिकारमैत्री ढंगले भीड नियन्त्रण गरिनुपर्छ,’ त्रिपाठीले भने । 

निहत्था नागरिकमाथि घातक हतियारको प्रयोग गर्ने एव जीवन अपहरणमा संलग्न जो कोहीलाई ‘कमान्ड रेस्पोन्सिबिलिटी’अन्तर्गत गैरकानुनी आदेश दिने वा सो आदेशको कार्यान्वयन गर्नेलाई पनि ज्यानसम्बन्धी कसूरमा मुद्दाको अभियोजन गर्ने मार्गप्रशस्त गर्नेगरी आदेश माग भएको छ ।

नेपाल प्रहरीका नवनियुक्त प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले भने भीड नियन्त्रणका लागि आवश्यक केही सामग्री खरिद गर्ने प्रक्रिया सुरु भएको दाबी गरे । उनले भीड नियन्त्रणका सामग्री केही भएको तर परिवर्तित परिस्थितिमा थप सामग्री चाहिएको बताए । ‘भीड नियन्त्रण गर्ने सामग्रीहरु हामीसँग नभएको त होइन । छन् तर परिवर्तित परिस्थितिमा केही अपुग छ,’ उनले भने, ‘चाहिएको छ र जसको खरिद प्रक्रिया अघि बढाइएको छ ।’

भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रयोग गर्दै आएको छ । तर, म्याद गुज्रिसकेको मात्रै रहेको यसअघि नै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले संसदीय समिति बैठकमा बताएका थिए । प्रहरी अधिकारीहरुका अनुसार म्याद गुज्रिएको हुनाले त्यहाँबाट आँखा पोल्नेगरी धुवाँ आउँदैन । भीड नियन्त्रणमै प्रयोग गरिने लचकदार लाठी प्रहरीसँग छैन । कडा खालको काठको लाठी छ । जुन लाठीको प्रहार टाउकोमा परे मृत्यु हुने सम्भावना हुन्छ । रबर बुलेट पनि छैन । जसले गर्दा मेटल बुलेट प्रयोग गर्दा ज्यान जाने गरेको छ । तर, अहिले भने खरिद प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता ढकालले बताए । 

भीड नियन्त्रणको सिद्धान्तले भने बल प्रयोग गर्दा संयम अपनाएर सकेसम्म कम क्षतिमा नियन्त्रण गर्नुपर्ने भन्छ । यससम्बन्धी ऐनको दफा (६) को उपदफा (ख) मा ‘भीड हटेन र गोली चलाउनुपर्ने नै भयो भने घुँडामुनि पारी गोली चलाउनका लागि आदेश लेखी सही गरेर दिने,’ उल्लेख छ । 

ललितपुरको बालकुमारी र सर्लाहीको बरहथवामा यो प्रक्रियासमेत फिल्डमा खटिएका प्रहरी अधिकारीले अवलम्बन गरेनन् । यो छानबिन समितिको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सीधै गोली प्रहार गरेर ज्यान लिएको देखिएको उल्लेख छ । यो भनेको स्थानीय प्रशासन ऐन, २०२८ ले शान्ति सुरक्षा कायम हुन नसक्ने अन्तिम विकल्पमामात्रै सुरक्षाकर्मीले गोली चलाउन सक्ने भन्ने प्रावधानविपरीत पनि हो ।

गत मंसिरको २७ गते बाराको सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने दुई पक्षबीच झडप हुँदा नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा २५ वर्षीय लक्ष्मी मुखियाको मृत्यु भयो । यसअघि प्रहरीले भीड नियन्त्रणका लागि भन्दै हानेको गोली लागेर २४ जेठ २०७९ मा बर्दियाको ओराली बजारमा १८ वर्षीया नवीना थारुको मृत्यु भएको थियो । त्यसबेला स्थानीयवासी बाघ स्थानान्तरणको माग गर्दै आन्दोलित भएका थिए । आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाउँदा थारुको मृत्यु भएको थियो । भीड नियन्त्रणका लागि भन्दै प्रहरीले मेटल बुलेट चलाउने गरेको छ । जसबाट निहत्था नागरिकले ज्यान गुमाउनुपरेको छ । 
 


प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आफैमाथि प्रश्न : शर्मा
आफैमाथि प्रश्न : शर्मा मंगलबार, साउन ६, २०८२
मधेशमा खानेपानी अभाव समाधान गर्न सांसदहरुको ध्यानाकर्षण
मधेशमा खानेपानी अभाव समाधान गर्न सांसदहरुको ध्यानाकर्षण मंगलबार, साउन ६, २०८२
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौँः ऊर्जामन्त्री खड्का
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौँः ऊर्जामन्त्री खड्का मंगलबार, साउन ६, २०८२
राष्ट्रपतिबाट भू–ढकान नक्सा सार्वजनिकीकरण
राष्ट्रपतिबाट भू–ढकान नक्सा सार्वजनिकीकरण मंगलबार, साउन ६, २०८२
एक वर्ष यही मन्त्रिपरिषद् जान्छः  मन्त्री पाण्डे
एक वर्ष यही मन्त्रिपरिषद् जान्छः मन्त्री पाण्डे मंगलबार, साउन ६, २०८२
भक्तपुरबाट नयाँ प्रजातिको चरा अभिलेख
भक्तपुरबाट नयाँ प्रजातिको चरा अभिलेख मंगलबार, साउन ६, २०८२
पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल
पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल मंगलबार, साउन ६, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP