Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • बेथितिको कारक ९० थरी कानुन 
त्रिविको प्रतिष्ठा जोगाउने चिन्ता बेथितिको कारक ९० थरी कानुन 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ ४, २०८०
  • अहिलेको मुख्य समस्या राजनीतिकरण । प्राध्यापक संघ, कर्मचारी संघ, विद्यार्थीको राजनीति छ । अर्को समस्या बजेटको हो । 
  • अहिले त्रिविसँग एक हजार २१ वटा क्याम्पस रहेका छन् । त्यसलाई व्यवस्थापनमा समस्या रहेकोले संघीयताको ढाँचामा जानुपर्ने आवश्यकता ।
  • त्रिविको क्यालेन्डर भद्रगोल भएकोप्रति सांसदहरुको चिन्ता

काठमाडौं– बुधबार राष्ट्रिय सभाका सांसदहरुले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का क्याम्पसहरुमा विद्यार्थी घट्न लागेको भन्दै निमित्त कुलपति प्रा.डा. शिवलाल भुसालसँग गुनासो गरे । तर भुसालले भने त्रिविमा विद्यार्थी नघटेको दाबी गरे । ‘विश्वविद्यालयमा विद्यार्थी घटेको छैन । नेगेटिभ भाष्य सुरु भएको छ । यसलाई नखुइल्याएसम्म अरु विश्वविद्यालय खुल्न मिल्दैन भनेर लागिरहेकाहरुले यसो गरेका हुन्,’ भुसालले भने ।

\राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी सञ्चालन समितिको बैठकमा भुसालले त्रिविमा अहिले पनि ३० हजार विद्यार्थी रहेको तर्क गरे । उनले त्रिविअन्तर्गत एक हजार २१ क्याम्पसले सम्बन्धन लिएको र विषय छनोटका कारण केही संकायमा विद्यार्थी घटेको स्वीकार गरे । यद्यपि वैदेशिक शिक्षाका लागि ‘नो अब्जेक्सन लेटर (एनओसी)’ लिने विद्यार्थीको संख्या ठूलो छ । साथै, रोजगारीको अभावका कारण बीचमै पढाइ छाड्ने (ड्रप आउट) हुनेको संख्या पनि बढ्दो छ ।

त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी घटेको छैन । ‘नेगेटिभ’ भाष्य सुरु भएको छ । यसलाई नखुइल्याएसम्म अरु विश्वविद्यालय खुल्न मिल्दैन भनेर लागिरहेकाहरुले यसो गरेका हुन् ।
प्रा.डा. शिवलाल भुसाल
निमित्त कुलपति, त्रिवि

तर विषयगत अवसरका कारण विद्यार्थी एउटा विषय छाडेर अर्को विषयमा जाने गरेको भुसालको तर्क रह्यो । ‘पहिले शिक्षा संकायमा टन्नै थिए, जागिर पाइने आशमा । अहिले त्यता धेरै भएपछि बढी विद्यार्थी व्यवस्थापनमा पुगे,’ उनले भने । पछिल्लोपटक भने विद्यार्थीहरु आइटी (सूचना प्रविधि) तर्फ  मोडिएको उनको भनाइ थियो । 

Hardik health

त्रिवि बिग्रेको राजनीति र बजेट अभावले
बैठकमा सांसदहरुले त्रिविको प्रतिष्ठा खस्केकोमा चिन्ता गरेका थिए । सांसद मोहम्मद खालिदले त्रिविको वार्षिक क्यालेन्डर अस्तव्यस्त भएको कुरा उठाए । उनले समयमा रिजल्ट (नतिजा) नआउँदा विद्यार्थीहरू विदेश जानुपर्ने अवस्था रहेको बताए ।सांसद नरबहादुर विष्टले संविधानसापेक्ष ढंगले विश्वविद्यालय चल्न नसकेको र त्यहाँबाट उत्पादन भएका विज्ञहरूले संविधानविपरीत धारणा दिने गरेको उल्लेख गरे । सांसद सुमित्रा बिसीले त्रिविको क्यालेन्डर भद्रगोल रहेको बताइन् । सांसद गोमा तिमिल्सिनाले त्रिभुवन विश्वविद्यालयका कर्मचारीले मार्कसिटलगायतमा नाम बिगारिदिने समस्या रहेको उल्लेख गरिन् ।

‘त्रिविमा सधैं ढिलासुस्ती हुने गरेको छ । सरकारले बजेट दिए पनि किन समयमा काम हुन नसकेको हो ?,’ समिति सदस्य तुलसा दाहालले प्रश्न गरेकी थिइन् । समितिमा सदस्यहरूले कर्मचारी गैरजिम्मेवार भएका कारण विद्यार्थीले हैरानी पाएको गुनासो गरेका थिए ।तर निमित्त उपकुलपति प्रा.डा. भुसालले भने बजेट नहुँदा र चरम राजनीतिका कारण त्रिवि क्यालेन्डरअनुसार चल्न नसकेको उल्टै गुनासो गरे । ‘अहिलेको मुख्य समस्या राजनीतिकरण नै हो । प्राध्यापक संघ, कर्मचारी संघ, विद्यार्थीको राजनीति छ । अर्को समस्या बजेट अभाव हो,’ भुसालले भने, ‘पार्लियामेन्ट (संसद्) चलाउनुभन्दा गाह्रो छ ।’

त्रिविका ९० थरी कानुन
संसदीय समितिमा भुसालले सुरुमै त्रिविका ९० कानुनी व्यवस्था प्रस्तुत गरेका थिए । त्यसपछि सांसदहरुले यो विषयमा उपकुलपति भुसाललाई प्रश्न राखे । ‘एउटा विश्वविद्यालयका लागि ९० वटा कानुन बनाउनु नै बेथितिको सुरुआत हो,’ समिति सदस्य गरिमा शाहले भनिन् । सदस्य गोमा तिमिल्सिनाले पनि असंख्य विनियमावली रहेको बताइन् । धेरै कानुन रहेको स्वीकार गर्दै उपकुलपति भुसाल त्यसलाई एकीकृत गर्नुपर्ने बताउँछन् ।

‘त्रिवि स्थापनाकालमा बनेको पुरानो कानुन हो । आवश्यकताका आधारमा नियम विनियम बनाएर काम गर्दै आएका छौं, एकीकृत गर्नुपर्ने छ,’ उनले भने, ‘छाता ऐन आउने भनेर रोकिएको हो ।’अहिले देश संघीयतामा गएकोले त्रिविको ऐन र व्यवहार नमिलिरहेको प्रा.डा. भुसालले बताए । उनले ऐनलाई समयानुकूल बनाउनुपर्नेमा जोड दिए । आफ्नै अध्यक्षतामा अब संघीयतामा त्रिभुवन विश्वविद्यालयलाई कसरी लैजाने भनेर धेरै विश्लेषण गरेकोसमेत उनले सुनाए । 
 
संघीयतामा भूगोलअनुसारको पाठ्यक्रम
बैठकमा सांसदहरुले संघीयताअनुसार प्रदेशमा विश्वविद्यालय भए पनि भूगोलअनुसारको पाठ्यक्रम बनाउनुपर्ने प्रस्ताव राखे । उनीहरुले तराईको भूगोल र पहाडको भूगोलको कृषि प्रणाली फरक हुने हुँदा कृषि विद्यालयमा एउटै खाले पढाइ हुन नहुने बताएका थिए ।

संघीयताअनुसार विद्यार्थीहरु विकेन्द्रीकृत नहुँदा त्रिविमा अर्को समस्या देखिएको भुसालको भनाइ थियो । ‘संघीयता आएपछि धेरै विश्वविद्यालय खुले तर विद्यार्थी गएनन् । १७ वटा विश्वविद्यालय हुँदा पनि ८० प्रतिशत फेरि त्रिविले नै बोकिरहनुपर्ने ? भनेपछि अरूमा विद्यार्थी जान चाहेन । त्यसकारण प्रत्येक प्रदेशमा त्रिविलाई पठाइदिउँ भनेर हामीले एउटा योजना बनाएका छौं,’ उनले भने, ‘एकपटक हामीले सरकारसँग सहकार्य गर्‍यौं । अर्को सरकार आएपछि फेरि कुरा गर्दा–गर्दा हैरान भयौं । प्रदेशका मुख्यमन्त्रीको पनि स्वीकृति चाहियो । पार्टीका सबै शिक्षा हेर्ने मान्छेहरूको पनि सहमति चाहियो । त्यसलाई समन्वय गर्न नसकेर हामीले अगाडि बढाउन सकेका छैनौं ।’

संघमा अनुसन्धानमूलक सबैलाई गाइड गर्ने विश्वविद्यालय बनाउने र प्रत्येक प्रदेशमा त्रिभुवन विश्वविद्यालय पठाइदिने खाका बनिसकेको भुसालले बताए । अहिले त्रिविसँग अनुबन्धित रहेका एक हजार २१ वटा कलेज व्यवस्थापनमा समस्या रहेकोले संघीयताको ढाँचामा जान आवश्यक रहेको उनको भनाइ थियो । 
 


प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
झापामा सात जनालाई एमबिबिएस पढ्ने अवसर
झापामा सात जनालाई एमबिबिएस पढ्ने अवसर बुधबार, माघ १४, २०८२
पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी
पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी मंगलबार, माघ १३, २०८२
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग सोमबार, माघ १२, २०८२
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु बिहीबार, माघ ८, २०८२
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण बिहीबार, माघ ८, २०८२
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’ सोमबार, माघ ५, २०८२
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP