Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संकट
  • #इयु_चीन
  • #कृषि
  • #एनपिएल
  • #लिम्बु भाषा
  • #छाउगोठ
  • #श्रम_अदालत
  • #‘स्वर्ग मेरो’
  • #ज्यान मुद्दा
Search Here
समाचार
  • Home
  • समाचार
  • जुम्लामा हाइड्रोपोनिक चारा उत्पादन परीक्षण प्रविधि सुरु
जुम्लामा हाइड्रोपोनिक चारा उत्पादन परीक्षण प्रविधि सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ३, २०८०

कर्णाली– हिमाली जिल्ला जुम्लामा हाइड्रोपोनिक चारा उत्पादन परीक्षण प्रविधि सुरु गरिएको छ । युएसएआईडीको आर्थिक तथा वाइन्ड पावर प्रालिको प्राविधिक सहयोगमा तिला गाउँपालिका–३ कुडारीमा महिलाद्वारा सञ्चालित हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा यो प्रविधि सुरु गरिएको हो ।

वाइन्ड पावरले जुम्लामा गत पुसदेखि सुरु गरेको यो प्रविधिअन्तर्गत चिसोमा गाईवस्तुको आहारका लागि हाइड्रोपोनिक चारा उत्पादन लाभदायिक देखिएको छ । बेमौसमी समयमा गाईवस्तुलाई हरियो एवं पौष्टिक आहार दिएर दूध तथा मासुजन्य वस्तु उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले सुरु गरिएको यो प्रविधि जलवायु परिवर्तन अनुकूलनमा पनि सहयोगी रहेको वाइन्ड पावर प्रालि नेपालका निर्देशक कुशल गुरुङले जानकारी दिए। 

“वर्षमा पाँच महिनाभन्दा बढी हरियो आहारा नपाउने सुक्खा क्षेत्रका जिल्लामा  पशुवस्तुको स्वास्थ्य र उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले परीक्षण प्रविधि सुरु गरिएको हो,” उनले भने, “उच्च प्रविधिको प्लास्टिक टनेलभित्र माटोरहित जमरा उत्पादन गरिन्छ ।” यस विषयमा सहकारीमा आबद्ध किसानलाई प्रालिले सैद्धान्तिक तालिम दिएकोे निर्देशक गुरुङको भनाइ थियो । 

प्रालिका व्यवस्थापक सिसन महर्जनले एक दिनमा ५० किलोग्राम हाइड्रोपोनिक चारा उत्पादन गर्न सकिने बताए । “हाइड्रोपोनिक भनेको जमरा उत्पादन गर्ने प्रविधि हो । गाउँघरमा माटो हालेर जमरा उत्पादन गरिन्छ तर यो प्रविधिअनुसार बीउमा पानीमात्र हालिन्छ,” उनले भने, “यसरी उत्पादन हुने जमराको जरामा पोषक तत्व हुने भएकाले पशुवस्तुलाई जरैदेखि खुवाइन्छ ।”

हिमाली जिल्लामा हिउँदको समयमा पशुवस्तुका लागि  पौष्टिक आहार उत्पादन गर्न परीक्षण प्रविधि सुरु गरिएको व्यवस्थापक महर्जनले बताए । यो परीक्षण प्रविधि सफल भएमा अन्य हिमाली जिल्लामा विस्तार गरिने जानकारी दिँदै उनले भने , “यो बाँसमा वा प्लास्टिक ट्रेमा अन्न भिजाई टनेलभित्र राखेर दुई हप्तामा उमार्न सकिन्छ । जौ र गहुँजस्ता अन्न उमारेर हाइड्रोपोनिक चारा उत्पादन गरिन्छ । यो प्रविधि किसान आफैँले गर्न सके अझ बढी लाभदायक हुने देखिन्छ ।”

हिमाली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक मुनिनाथ योगीले एक केजी बीउबाट पाँचदेखि छ केजीसम्म चरा उत्पादन गर्न सकिने बताए । “उत्पादित चारा हामीले प्रतिकेजी रु ५५ मा बेच्न खोज्यौँ तर यहाँ अहिलेसम्म किसानले किनेर पशुवस्तुलाई खुवाउने संस्कार नभएकाले खपत गर्न समस्या भयो,” उनले भने।  

व्यवस्थापक योगीका अनुसार प्रालिले चारा उत्पादनका लागि आवश्यक समान र प्लास्टिक सहयोग गरेको छ । जौ र गहुँको बीउ सहकारी सदस्यहरुले जोहो गरेका छन् । रु एक हजार पाँच सयको ३० केजी बीउ संस्थाले किनिदिएको हो । जमरा बहुउपयोगी भएकाले यसबाट जुस निकाल्ने उपकरण  र प्रशोधित जुस नेपाली बजारमा निर्यात गर्नका लागि सहयोगी संस्थालाई समन्वय गरिदिन उनले अनुरोध गरे । 

युएसएआईडी कर्णाली जलपरियोजनाअन्तर्गत तिला जलाधार परियोजनाका जलाधार सल्लाहकार नरवीर ऐडीले हाइड्रोपोनिक चारा उत्पादन प्रविधि परीक्षण अवस्थामै रहेको बताए । माटो नराखी बीउलाई पानीमा भिजाएर उत्पादन गर्ने प्रविधि सरल र छरितो नै देखिन्छ,” उनले भने, “मूलतः यसबाट उत्पादन हुने जमरा बहुउपयोगी छ जसलाई चाराका लागिमात्र प्रयोग नगरी जुस बनाएर बजारमा बेच्न सकिन्छ ।” 

जमराको जुस ठूलो परिमाणमा उत्पादन हुन सक्ने भएमा स्थानीय बजारदेखि बाहिर पनि बेच्न सकिनेबारे सोच्न सकिने सल्लाहकार ऐडीको भनाइ थियो । यता तिला गाउँपालिका–३ कुडारी गाउँमा दुईवटा भैँसी पाल्दै आएका सहकारी सदस्य कल्पना हमालले चारा खुवाउँदा सुरुमा केही असर गरे पनि अहिले दूधमा सुधार आएको बताए । पहिलो पटक भैँसीलाई यसरी हिउँदमा हरियो चारा खुवाइएकाले यसको वास्तविक परिणाम आउन एक÷दुई महिना पर्खनुपर्ने उनको भनाइ थियो । 

हाल रु ६८ लाख ८६ हजार दुई सय ७८ सम्पत्ति रहेको सहकारी संस्थामा एक जनजाति, दुई सय १५ दलित, चार सय १३ अन्य सदस्य गरी छ सय १९ महिला आबद्ध छन् । सहकारी सदस्य गोरीकला कामी, बिजुली योगी, कल्पना हमाल, मञ्जु बोहोरा र संस्था बाहिरको किसाना रामबहादुर रावलले १०/१० केजी चारा उत्पादन गर्दै आएका छन् । 


प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विपद् प्रभावितलाई अस्थायी आवास निर्माण गर्न सरकार लागिपरेको छः गृहमन्त्री लेखक
विपद् प्रभावितलाई अस्थायी आवास निर्माण गर्न सरकार लागिपरेको छः गृहमन्त्री लेखक मंगलबार, साउन ६, २०८२
आफैमाथि प्रश्न : शर्मा
आफैमाथि प्रश्न : शर्मा मंगलबार, साउन ६, २०८२
मधेशमा खानेपानी अभाव समाधान गर्न सांसदहरुको ध्यानाकर्षण
मधेशमा खानेपानी अभाव समाधान गर्न सांसदहरुको ध्यानाकर्षण मंगलबार, साउन ६, २०८२
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौँः ऊर्जामन्त्री खड्का
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौँः ऊर्जामन्त्री खड्का मंगलबार, साउन ६, २०८२
राष्ट्रपतिबाट भू–ढकान नक्सा सार्वजनिकीकरण
राष्ट्रपतिबाट भू–ढकान नक्सा सार्वजनिकीकरण मंगलबार, साउन ६, २०८२
एक वर्ष यही मन्त्रिपरिषद् जान्छः  मन्त्री पाण्डे
एक वर्ष यही मन्त्रिपरिषद् जान्छः मन्त्री पाण्डे मंगलबार, साउन ६, २०८२
भक्तपुरबाट नयाँ प्रजातिको चरा अभिलेख
भक्तपुरबाट नयाँ प्रजातिको चरा अभिलेख मंगलबार, साउन ६, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP